लूका २: ४१-५२
मण्डली जानुपर्छ ( पद – ४९ )
येशू मन्दिरबाट हराउनु भएको घटनालाई अनौठो प्रकारले बुझिएको छ । मन्दिरका शिक्षकहरूसँग सवाल जवाफ गर्न सक्ने बालक १२ वर्षको उमेर अनौठो प्रकारले हेरीएको छ ।
येशू आफ्ना बुबाआमासँग १२ वर्षको उमेरका हुनुहुन्थ्यो । निस्तार चाडको समयमा यरुशलेम जानुभयो । चाड सिद्धियो वा येशू चाहि यरुशलेममा रहनुभयो । बुबाआमाले सोचे कि उहाँ पनि समुहमा हिडिरहनु भएको छ । तर पछि थाहा पाए कि एक दिनपछि येशू त्यहाँ भेटिनु भएन । आमा बुबालाई बालक नदेख्दा चिन्ता पर्यो होला । आफन्तहरू चिनजानहरू सँग सोधपुछ गरे तर भेट्टाएनन् । अन्तमा मन्दिरमा भेटाए । त्यसकारण आमा बुबाले हैरान परेको भनि सोध्दा खेरी येशूले उत्तर दिनुभयो । तपाईहरूले किन खोज्नु भएको हो तर मत पिताको घरमा हुनुपर्छ । मण्डलीमा रहनुपर्छ, मण्डलीका क्रियाकलापमा सहभागी हुनुपर्छ । वचनको शिक्षामा हाम्रो चासो बढी रहनुपर्छ । तपाई र म संसारका कुराहरूतिर लागे पनि मण्डलीमा रहने कुरा महत्वपूर्ण हुन्छ । पिताको घर चाहि अनन्तको घरको तयारी हो ।
प्रार्थना : हे येशू मलाई पिताको घरको सबै सेवामा सहभागी रहन सिकाउनुहोस् ।
-हर्क खडका, ललितपुर
हिमालय टेक्नोलोजी सोलुसन्स् प्रालि
Discussion about this post