इम्मानुएल एक्लेसियाले आयोजना गरेको रजत महोत्सव २०७४, फाल्गुन, १६–१८ Feb, 28- March, 2, 2018 सम्म इम्मानुएल एक्लेसिया टिकापुरमा भव्यरूपमा सम्पन्न भयो । समारोहका मुख्य अतिथि रेभ्.थोमस भर्गीस, रेभ्. पी.चाल्र्स र पा. हर्क खड्का हुनुहुन्थ्यो । यस २५ औं वार्षिकउत्सवको विषय (God is faithful: Let’s take the mission) “परमेश्वर विश्वास योग्य हुनुहुन्छ अब मिशन लिएर जाऊ” भन्ने विषयमा अब्राहामले विश्वासयोग्यता, जसद्धारा परमेश्वरको प्रतिज्ञा (मिशन) पूरा गर्ने काम गरे ।
मिशन भनेको ख्रीष्टको मुटु र संसारभरी हराएकाहरूको आशा र मण्डलीको स्वस्थ्य हो । मण्डलीहरू मिशनबिना जीवन्त हुँदैन । भजनसंग्रह ३३ः४, मिशनका सरल स्वभाव एफिसी ५ः१५–१६ आराधना, सेवकाइ, सुसमाचार, सङ्कति, चेलापन(मत्ती २८ः१९) हुन् । यिनै कुरा लिएर जाने समय हो । यो प्रभुको आज्ञा हो, वैकल्पिक होइन–यो बाध्यकारी हो । चूनौति अवश्य छन् तर नाघेर जाने हिम्मत गर्ने चेला नै वास्तविक चेला हो । यस कार्यक्रममा इम्मानुएल एक्लेसियाको स्मारिका जो आत्मिकी सन्देशले पनि भरिपूर्ण छ – विमोचन गरियो साथै सोनाहा भाषाको नयाँ करार बाइबल पनि यसै अवसरमा प्रथम पटक विमोचन गरियो ।
इम्मानुएल एक्लेसियालाई स्थापना कालदेखि नै आत्मिक, भौतिक, आर्थीक वा हरप्रकारले सहयोगी बन्नुहुने परमेश्वरका दासहरूलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरियो । स्थापनाकालको सदस्यहरूलाई पनि सम्मान दिनुका साथै हाल कार्यरत पाष्टर र एल्डरहरू जो कोरियामा मलेसियामा मिशनरीका रूपमा कार्यरत हुनुहुन्छ र कैलाली, वर्दिया, बाँके, सुर्खेत र काठमाण्डौंमा काम गरिरहनुभएका सेवकहरूलाई पनि कदरपत्रले प्रोत्साहन गरियो ।
पा. फिलिप सुवेदी
Discussion about this post