• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 3, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

के हो प्रेम दिवस अर्थात भ्यालेनटाइन डे?

by Rev. Dr. Bal Krishna Sharma
February 14, 2018
in Articles

डा बाल कृष्ण शर्मा

आज फेब्रुवरी १४ तारिखलाई मानिसहरुले भ्यालेनटाइन डे अर्थात् प्रेम दिवस भनी मानिरहेका देखियो । यसका पक्ष र विपक्षमा टिका टिप्पणी पनि प्रशस्तै पढियो । वास्तवमा यो भ्यालेन्टाइन भनेको के हो त । भ्यालेनटाइन भनिने एक व्यक्ति थिए र जस्लाई रोममा सन्त भनी पछि स्वीकार गरियो । उनी एक पूजाहारी थिए र त्यस बेलामा उनले निषेध गरिएका सेनाहरुको विवाह गरिदिए । त्यस बेलामा सेनामा काम गर्नेहरुले विवाह गर्न पाउँदैनथे । रोमी साम्राज्यले ख्रीष्टियानहरुमाथि गरेको सतावटलाई उनले विरोध गरी तिनीहरुलाई सेवा गरेका थिए । यही आरोपमा उनले गरेको यो कामको कारण उनलाई झ्यालखानमा हालियो र अन्त्यमा उनलाई मृत्यु दण्ड दिइयो । उनले गरेको सेवाको बदलामा उनलाई अमानवीय व्यवहार गरिएको थियो । उनको मृत्युभन्दा पहिले उनले न्यायाधीशकी छोरीको अन्धो आँखा खोलिदिएका थिए र उनलाई मार्नुभन्दा पहिले उनले ती न्यायाधीशकी छोरीलाई तिम्रो भ्यालेनटाइन भनी चिट्ठी लेखेर सही गरेका थिए ।
आज यो दिवस जति नै खुशीका साथ मनाइए पनि यसको पछाडि पीडा छ र मृत्यु छ । अन्याय छ । उनले अन्याय सहेर पनि अरुलाई जीवन दिए । उनले न्यायाधीशकी छोरीलाई लेखेको पत्र प्रेम पत्र नभएर उनको आफ्नो अडान र सत्यताको लागि मृत्यु सामना गर्ने दृढता थियो ।
इस्वी सम्बत चौधौँ शताब्दीमा आएर भ्यालेनटाइन सन्तको नाउँमा प्रेम दिवस मनाउने चलनको शुरूवात गरियो र १८‍‍‌ ‌औँ शतब्दीमा बेलायतमा यसलाई प्रेमीलाई फूल उपहार दिने चलन चल्यो र आज त्यही चलनमा अडिएर प्रेम दिवसको नाउँबाट प्रचलित हुन पुग्यो । अहिले यसले जस्तो विकृत रूप धारण गरेको छ यो सन्त भ्यालेन्टाइनका लागि अनादर हो भन्ने मलाई लाग्छ । प्रेम आत्मिय हुन्छ र यदि त्यो प्रेममा पीडा र आनन्द मिसिएको छ भने त्यो साँचो प्रेम हो । यस दिनलाई सम्झिए पनि यसलाई विकृत रुपचाहिँ नदि‍औँ । यसो गर्नचाहिँ वलिदानिक जीवन जिएर अरुको सेवागर्ने सन्त भ्यालेन्टाइनप्रति अनादर हुनजान्छ । हामी विवेकशील मानव हौँ र हामीले ठीक र वेठीकका बीचमा छुट्टाउन सक्नुपर्छ । मानवजातिलाई सम्मान गर्न जान्नुपर्छ र अनर्थ प्रस्तुत गर्नु हुँदैन । धन्यवाद ।

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In