• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशूमा विश्वास गर्नेहरू डराउन नपर्ने कारण

by Sarju Rijal
November 11, 2017
in Bible Study & Teaching, NC Photos
This picture was taken from Thini nearby Jomsom, Mustang. Photo by Sarju Rijal

यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई समाल्‍नेछु। यशैया ४१:१०

अचम्मको कुरा मानिस जतिसुकै अनुभवि र दक्ष भएपनि आफूले गर्दै गरेको काम, पेशा, अनुभव, ख्याती, व्यापार, राजनीति, सेवाकाई आदिमा कतिपटक डराउनुपर्ने अवस्था आउँछ। मानिस आफ्नो कार्यक्षेत्रमा जतिसुकै दक्ष भएपनि भोलि के हुने हो भन्नेबारेमा कसैलाई पनि थाह छैन। विभिन्न परिस्थितले मानिसलाई अन्यौल र डर त्रासमा पार्दछन्।

बाइबलको उक्त खण्डअनुसार हामी येशू ख्रीष्‍टमा विश्वास गरेकाहरू डराउन पर्दैन भनि प्रतिज्ञा गरिएको छ। मानिस शरिरमा रहुन्जेल वा पृथ्वीमा वास गरून्जेल हरेक कुरामा आफूले सोचेको जस्तो होस भन्ने चाहना हुन्छ। कुनै अवस्थामा नसोचेका परिस्थितिहरूको सामना गर्नुपर्ने अवस्था पनि आउन सक्छ। कतिलाई यस्ता समस्याहरुले आज सताइराखेका हुन सक्छन्। परमेश्वर भएको भए सायद मैले यस्तो दु:ख, कष्ट भोग्‍नु पर्नेथिएन होला भनेर धेरै चिन्तित बनाउन पनि सक्छ। विश्वासमा अझै कमजोर बनाएर डर, त्रास र चिन्ताले अड्डा जमाउन सक्छन्। कतिपटक दैनिक जीवनको भोगाई र बाइबलका पदहरूको वा वचनको भनाईलाई सान्दर्भिक नलाग्‍न पनि सक्छ। किनकि मानिसको जीवनमा जब समस्या आउँछ तब समस्या ठूलो भएर परमेश्वरको वचनलाई बुझ्‍न सक्ने क्षमतामा ह्रास आउँछ। अनि विश्वासमा निश्चयता पाउन सकिदैन।
यस खण्डमा भएका प्रतिज्ञाअनुसार, हामी आफ्नो जीवनमा पनि दावी गर्न सक्छौं। हामी कुनै पनि आउन लागेका समस्याहरूबाट, आक्रमणहरूबाट, चिन्ता आदिबाट डराउन नपर्ने कारण भनेको परमेश्वर हामीसँग हुनुहुन्छ। जसले येशू ख्रीष्‍टको नाउँमा विश्वास गरेको छ आफ्नो जीवनमा मुक्तिदाताको रूपमा ग्रहण गरेको छ भने निम्‍नानुसारका कारणले डराउनुपर्दैन।
१. जीवनका सबै परिस्थितिहरू सामना गर्न आवश्यक अनुग्रह र सामर्थ्य प्रदान गर्न।
२. सङ्‍कटको समयमा शान्तिको श्रोतको रूपमा हामीलाई सहायता गर्न।
३. हामीलाई बलियो वा स्थिर बनाउन।
४. हाम्रो मध्यस्थकर्ता हुन।
परमेश्वर हामीसँग हुनुहुन्छ । हाम्रो लागि परमेश्वरले आफ्नो एकमात्र पुत्र येशू ख्रीष्टबाट के के गर्नुभएको छ त ? मानिसको लागि परमेश्वरको महान योजना बाइबलमा एफिसी १:३-१२ मा हेर्‍यौं भने स्पष्टरुपमा उल्लेख गरिकएको छ।

३ हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्‌, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ।
४ उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो।
५ उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो,
६ यस हेतुले कि उहाँले हामीलाई आफ्‍ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्‍नो महिमामय अनुग्रहको प्रशंसा होस्‌।
७ उहाँको अपार अनुग्रहअनुसार ख्रीष्‍टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा, पाउँछौं,
८ जुन अनुग्रह उहाँले हामीलाई प्रशस्‍त मात्रामा दिनुभयो।
९ किनकि सम्‍पूर्ण बुद्धि र आन्‍तरिक समझमा ख्रीष्‍टमा राख्‍नुभएको उद्देश्‍यअनुसार उहाँले आफ्‍नो इच्‍छाको रहस्‍य हामीलाई जान्‍न दिनुभएको छ,
१० ताकि समय पूरा भएपछि स्‍वर्ग र पृथ्‍वीमा भएका सबै थोकहरू ख्रीष्‍टको अधीनमा आऊन्‌।
११ उहाँमा, जसले सबै कुरा आफ्‍नो इच्‍छाको योजनाअनुसार पूरा गर्नुहुन्‍छ, आफ्‍नो अभिप्रायअनुसार
१२ हामी ख्रीष्‍टमा पहिलेदेखि आशा राख्‍नेहरूलाई उहाँले आफ्‍नो महिमाको प्रशंसाको निम्‍ति जिउन सकौं भनेर उहाँमा नै नियुक्त गर्नुभएको छ र छान्‍नुभएको छ। 
तसर्थ हामी डराउन पर्दैन। जस्तोसुकै परिस्थितिमा पनि धन्यवादी भएर निरन्तर प्रार्थना गरौं। हरेक परिस्थति र अप्ठ्यारा कठिनाइहरूले आश्चार्यका कामहरू देखाउँछन ताकि उहाँको महिमा र प्रशंसा गर्नलाई। परमेश्वरले हरेक समस्यामा लड्न दिनुहुँदैन। ताकि उहाँको आश्चार्यको घोषणा गर्न सक भनि उठाउनुहुन्छ।  किनकि हामीलाई अन्धकारबाट उज्यालोमा ल्याइसक्नुभएको छ।

तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक। १ पत्रुस २:९

Related Posts

मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026
New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In