• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टियान र राजनीति

by Rev. Dr. Bal Krishna Sharma
October 25, 2017
in Articles
Rev. Dr. Bal Krishna Sharma
रेभ. डा. बाल कृष्ण शर्मा, पिएचडी

(नेपालको राजनीतिक अवस्थामा स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात राजनैतिक दलहरू अब हुने प्रादेशिक सभा र प्रतिनिधि सभाका निर्वाचनको लागि निकै कसरत भैरहेको अवस्था छ। राजनीतिमा चासो राख्‍ने वा आवद्ध ख्रीष्टियानहरूलागि भने ख्रीष्टियनहरूको हक हितको लागि कसले आवाज उठाउँने ? ख्रीष्ट्रियानहरूले राजनीति गर्नु हुन्छ कि हुँदैन ? र ख्रीष्ट्रियन धर्मको राजनैतिक दल हुनुहुन्छ कि हुँदैन भन्ने प्रश्‍न धेरैको मनमा उब्जेको छ। नेपाल ख्रीष्टियान समाजको वार्षिक सभामा  रेभ डा बाल कृष्ण शर्माले ‘ख्रीष्टियान र राजनीति’ विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रले उक्त विषयमा उब्जेका प्रश्‍नहरुलाई बाइबलिय आधारमा चित्त बुझ्दो उत्तर दिएको छ। ख्रीष्टियन समाजको राष्ट्रिय भेला २०७४ मा प्रस्तुत गर्नुभएको कार्य पत्रलाई जस्ताकोतस्तै यहाँ राखिएको छ। उक्त विषयमा राष्ट्रिय भेलामा छोटो समयमा डा शर्माले अन्तरक्रिया पनि गराउनु भएको थियो। )
-रेभ डा बाल कृष्ण शर्मा,  ख्रीष्टियान र राजनीति एक महत्वपूर्ण विषयका रूपमा यसले विश्वभरिनै चर्चा पाएको छ । हामीले ख्रीष्टियान र राजनीतिलाई बुझ्नका लागि यी शब्दहरूका परिभाषाहरू जान्नुका साथै यिनीहरूका क्षेत्र र उद्देश्यलाई पनि थाहा गर्नुपर्ने हुन्छ । ख्रीष्टियान र राजनीति पूर्ण अलग विषय हुन् र तिनीहरूका बीचमा कुनै किसिमको सम्बन्ध हुन सक्दैन वा ती अलग विषय भए पनि तिनीहरूका बीचमा सम्बन्ध कायम गर्नसकिन्छ भन्ने विषयमा धेरै बहस भएका उदाहरणहरू विश्वभरि छन् । राजनीति एक गतिशील क्रियाकलाप हो र यसले धेरै अलमल पनि छर्छ । नेपालको सन्दर्भमा ख्रीष्टियान र राजनीति एक नयाँ अवधारणा भएको हुनाले नेपालको चर्च वा मण्डलीले यस विषयमा घनीभूत छलफल गर्नु अति आवश्यक देखिन्छ । यस विषयमा एक सामान्य अवधारणा विकास गर्नु सम्पूर्ण मण्डलीको निम्ति लाभदायक हुनेछ । यस लेखमा म ख्रीष्टियान र राजनीतिको परिभाषा, राजनीतिका सकारात्मक र नकारात्मक गुणहरू, ख्रीष्टियानले राजनीति गर्नु उपयुक्त वा अनुपयुक्त के हुन्छ, राजनीतिका सकारात्मक र नकारात्मक प्रभावहरू के के हुनेछन् र अन्त्यमा मण्डलीलाई कस्तो खालको राजनीति प्रशिक्षणको आवश्यकता पर्छ भन्ने बारेमा छलफल गर्ने प्रयास गर्नेछु । यो एक अवधारणाको लेख भएको हुनाले विशेष गरी छलफलको उद्देश्यको लागि पनि यो तयार गरिएको छ ।
ख्रीष्टियानःख्रीष्टियान शब्द ख्रीष्टसँग जोडिएको शब्द हो । ख्रीष्टियान भन्नाले ख्रीष्टको अनुयायी वा चेला भन्ने बुझिन्छ । ख्रीष्टियान एक मण्डली वा चर्चसँग पनि जोडिएको हुन्छ किनकि मण्डली वा एकलेसिया भनेको पनि संसारबाट बोलाइएको व्यक्ति भन्ने हुन्छ र त्यो बोलाइएको व्यक्तिचाहिँ ख्रीष्टियान हो । त्यसैले मण्डली भनेको कुनै मानव निर्मित भवन नभएर त्यस भवनमा बसी जीवित परमेश्वरलाई आराधना गर्ने व्यक्ति नै मण्डली हो । यस परिभाषाबाट मैले अवगत गराउन खोजेको कुराचाहिँ ख्रीष्टियान वा मण्डली एक व्यक्तिको ख्रीष्टसँग भएको पहिचान हो । ऊ संसारबाट अलग भई परमेश्वरको महिमाको निम्ति बोलाइएको हुन्छ । ख्रीष्टियान भन्ने बित्तिकै उसको साक्षी महत्वपूर्ण हुन्छ ।
राजनीतिः राजनीति शब्दलाई बृहत् नेपाली शब्दकोशमा यसरी परिभाषित गरिएको छः प्रजाको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय नीतिको उपयुक्त सन्तुलन गर्ने, यस्तै अन्य कार्यगर्ने नीति, राज्यको शासन व्यवस्था सम्बन्धी नीति, राज्य सञ्चालन प्रणाली, राज्य प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त।
माथि उल्लिखित परिभाषाले राजनीति एक असल कार्य हो भन्ने देखाउँछ । यसले राष्ट्रका जनताहरूलाई शान्ति सुरक्षा दिन्छ, मौलिक अधिकार प्रदान गर्छ । परिभाषामा राजनीतिमा कुनै समस्या देखिँदैन । यदि यसो हो भने किन धेरै मानिसहरूको राजनीतिमा रूचि छैन र यसलाई हाम्रो समाजका मानिसहरूले किन नकारात्मक रूपमा बुझ्छन् र यसको आलोचना गर्छन् ।
राजनीति शब्दको अर्थ र परिभाषा सकारात्मक भए पनि राजनीतिमा विकास भएको कुसंस्कारले यसको रूप विकृत भएको छ । यो विकृत रूप विकासशील देशहरूमाभन्दा विकासोन्मुख देशहरूमा बढी छ । सबै राजनीतिज्ञहरू खराब नभए पनि उनीहरू खराब हुन्छन् भन्ने मनस्थिति जन मानसमा विकास भएको हुनाले यसलाई सजिलैसँग चिर्न कठिन छ । राजनीति धेरैपल्ट कुशासन र भ्रष्टाचारसँग जोडिएको हुनाले नेताहरूलाई सामान्य मानिसहरूले त्यति रूचाउँदैनन् । सैद्धान्तिक रूपमा राजनीति असल नै भए पनि व्यावहारिक रूपमा यसले खराब नाउँ कमाएको छ । राजनीतिका यी नकारात्मक पक्षहरू हुँदाहुँदै पनि राजनीति एक सकारात्मक प्रणाली हुनुपर्छ । शासकहरू देशमा शान्ति र समृद्धि स्थापना गर्नका लागि दिइएका हुन्छन् । राजनीतिमा संलग्न व्यक्तिहरूले नै देशका नियम कानूनहरू बनाउँछन् र राज्य सञ्चालनका लागि यी नियम कानूनहरूको आवश्यकता पर्छ । कुसल राजनीतिले देशलाई उन्नतितर्फ लैजान्छ र मानिसहरूलाई सुख प्रदान गर्छ । राजनीतिक नेतृत्व विना राष्ट्रमा अराजकता हुन्छ जसले अन्योल सृजना गर्छ । सफल देशहरू सफल नेतृत्वबाट नै सफल भएका हुन् । यसैले राष्ट्र सञ्चालनका लागि राजनीति अपरिहार्य छ ।
ख्रीष्टियानले राजनीति गर्नु उपयुक्त छ वा अनुपयुक्त छ भन्ने सम्बन्धमा चर्चा गर्दा यसको सजिलो र सीधा उत्तर छैन । ख्रीष्टियानले राजनीति गर्नसक्छन् वा सक्दैनन् भन्ने सम्बन्धमा यसको जवाफचाहिँ सक्छन् र सक्दैनन् भन्ने दुवै हुनसक्छ र राजनीतिलाई एक ख्रीष्टियानले कसरी प्रयोग गर्छ भन्ने आधारमा यसको निर्णय गरिनुपर्ने हुन्छ । राजनीति गर्ने व्यक्तिहरूलाई राजनीतिको दबाब थाहा हुन्छ । उनीहरूप्रति धेरै ठूला आशा राखिन्छ । राजनीतिज्ञहरूले पनि आफ्नो राजनीतिको जीवनको निरन्तरता दिनका लागि देशका जनताहरूलाई ठूला ठूला प्रतिज्ञाहरू दिएका हुन्छन् । कतिपल्ट पूरा गर्न नसकिने खालका प्रतिज्ञाहरू दिइएका हुन्छन् किनकि राजनीतिज्ञहरूले अर्को चुनावमा विजय हासिल गर्नुपर्छ भन्ने उद्देश्यले त्यसो गरेका पनि हुन्छन् । नेपालको अहिलेको चुनावको अवस्थालाई विश्‍लेषण गर्ने हो भने, चुनावमा धेरै आर्थिक कुराहरूको खर्च गर्ने प्रवृत्ति बढिरहेको छ । त्यो पैसाको स्रोत के हो भन्ने बारेमा पनि धेरै अनुत्तरित प्रश्नहरू छन् । ख्रीष्टियानहरूप्रतिको नकारात्मक सोच पनि त्यतिकै हावी रहेको छ । स्थानीय तहको निर्वाचनमा केही ख्रीष्टियान उम्मेदवारहरूले जितेका खबर पनि हामीले सुनेका छौँ र उनीहरूले साक्षी राख्न नसकेका प्रश्नहरू पनि त्यतिकै सतहमा आएका छन् । अहिले हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ख्रीष्टियानहरूका तर्फबाट कसले प्रतिस्पर्धा गरिरहेका छन् सो कुराको जानकारी मसँग छैन । नेपालको सन्दर्भमा निर्वाचनमा उम्मेदवार हुने र जित्ने कुरा ख्रीष्टियानहरूका लागि चुनौतीपूर्ण नै छ । ख्रीष्टियान पहिचानमा निर्वाचनमा जाने वा राजनीतिज्ञ पहिचानमा निर्वाचनमा जाने र निर्वाचित भएपछि ख्रीष्टियान मूल्य र मान्यतामा कार्य गर्ने कुराका बीचमा स्पष्ट दृष्टिकोणको निर्माण हुनुपर्छ ।
मेरो आफ्नो अध्ययन र बुझाइमा ख्रीष्टियानहरूले राजनीति गर्नुहुन्न भन्ने छैन । उनीहरूले राजनीति गर्न सक्छन् तर ख्रीष्टियान मूल्य र मान्यतालाई कायम राख्नुपर्ने हुन्छ । चुनौतीचाहिँ ख्रीष्टियान राजनीतिज्ञहरूले त्यो गर्न सक्छन् वा सक्दैनन् भन्ने सवाल हो । तर धर्मको नाउँमाचाहिँ राजनीति गरिनुहुन्न । मेरो विचारमा ख्रीष्टियान दल खोलिनुहुन्न । राजनीतिज्ञहरू भनेका सबै जात-जाति, भाषा-भाषी, र धर्महरूका प्रतिनिधिहरू हुन् । ख्रीष्टियानले राजनीतिज्ञ भएर ख्रीष्टियान पहिचान कायम राखी राजनीति गर्न हुन्छ तर ख्रीष्टियान दल नै खडा गरी राजनीतिचाहिँ गर्नु हुँदैन भन्ने मेरो मान्यता रहेको छ । राजनीतिज्ञ भनेका राष्ट्र सेवकहरू हुन् र उनीहरूले सबै जनाताका सेवा गर्नुपर्छ र उनीहरूलाई सबै जनताले आफ्ना मत दिएर विजय बनाउनुपर्छ । त्यसैले धर्मको आवरणमा राजनीति पहिचान बनाउनुहुँदैन ।
एक ख्रीष्टियान राजनीतिमा सक्रिय हुने हो भने उनले बाइबलीय मूल्य र मान्यतालाई आत्मसात गर्नुपर्छ । यी मूल्य र मान्यता भन्नाले एक राजनीतिज्ञ साधारण र इमानदार हुनुपर्छ । उनले समाजमा र राष्ट्रमा भएका विकृतिहरूमा विपक्षमा बोली परिवर्तनको निम्ति वकालत गर्नुपर्छ । नेपाल गरीब छैन तर नेपाललाई हेर्ने मनस्थिति गरीब छ । नेपाल यस्तो हुनुको कारण राजनीतिज्ञहरू र प्रशासकहरूमा भएका भ्रष्टाचार र अनियमितता नै हुन् । सुशासनले मात्र राष्ट्रलाई समृद्ध बनाउँछ । यदि एक ख्रीष्टियान यस बाइबलीय मूल्य र मान्यताप्रति प्रतिबद्धता छन् भने उनले राजनीतिक रूपमा केही योगदान दिनसक्छन् । तर ओहोदामा पुगेपछि उनले आफ्नो ख्रीष्टियान साक्षी बिगारे भने यसले सम्पूर्ण ख्रीष्टियान समुदायलाई कलङ्कित बनाउँछ र ख्रीष्टियानहरूको साक्षी बिग्रन्छ । यसैले राजनीतिमा प्रवेश गर्नका लागि ठूलो चुनौती छ तर इमानदारितासाथ कार्य गरियो भने यसले देशलाई परिवर्तन गर्ने कुरामा योगदान प्रदान गर्नेछ ।
यदि राजनीतिमा प्रवेश गर्न चाहने व्यक्तिमा मूल्य र मान्यतालाई कायम राख्नसक्ने मनोबल छैन र उनले सेवाका लागि नभएर अवसरका लागि राजनीति गर्ने विचार गरेका छन् भने त्यस्ता ख्रीष्टियानहरू राजनीतिमा प्रवेश नगर्नु नै असल हुन्छ । सेवाको प्रेरणामा गरिएको राजनीतिले हाम्रो देशमा परिवर्तन ल्याउनेछ । उनले सबैका हितका लागि राजनीति गर्नुपर्छ ।
राजनीतिका बारेमा नेपालका मण्डलीका सदस्यहरूलाई पनि प्रशिक्षण दिइनु आवश्यक छ । यस प्रशिक्षणले देशप्रतिको हाम्रो दायित्व बोध गराउनुका साथसाथै असल राजनीति कस्तो हुनुपर्छ भन्ने जानकारी प्रदान गर्छ । बाइबलले पनि हामीलाई सुशासन हुँदा मानिसहरू समृद्ध भएका र कुशासन हुँदा मानिसहरूले दुःख पाएका कुरा बताएको छ । यसैले प्रार्थना गर्ने एक ख्रीष्टियान आफ्नो बोलावट के हो भन्ने बारेमा स्पष्ट भई यदि राजनीतिमा जानका लागि नै परमेश्वरले बोलाउनुभएको छ भन्ने कुराको निश्चयता भए यसमा प्रवेश गर्न सकिन्छ तर प्रवेश गर्नुभन्दा पहिले यसको मूल्यको हिसाब पनि गर्नुपर्ने हुन्छ ।
अन्त्यमा, ख्रीष्टियानले राजनीति गर्नुहुन्छ तर ख्रीष्टियान पहिचानको दल खोलेर हुँदैन । बाइबलीय मूल्य र मान्यतालाई कायम राख्दै सबै जनताको सेवा गर्ने प्रतिबद्धताका साथ राजनीतिमा प्रवेश गर्नुपर्छ र अनियमितता र भ्रष्टाचारका विरूद्धमा बोल्नसक्ने सहि बाटोमा हिँड्ने प्रण गर्नुपर्छ ।

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In