यही फाल्गुन ७ गते ललितपूरस्थित संयुक्त दर्शन नेपाल (United Vision Nepal) को सभाहलमा बसेको उपत्यका केन्द्रित ख्रीष्टियान संचारकर्मीहरूको भेलाले देशका अन्य भागमा सुरू भएका ख्रीष्टियान संचारकर्मी समूहसँगको एकतामा कुनै बाधा नपुग्ने गरी “ख्रीष्टियान मिडिया सोसाइटी” गठन गरेको छ । देशभरका ख्रीष्टियान संचारकर्मीहरूसँग एकतामा आउनका निम्ति सबै विकल्पहरू खुल्ला राख्दै केशव लुइंटेलको संयोजकत्वमा ख्रीष्टियान मिडिया सोसाइटीको तदर्थ समिति गठन भएको छ । संचारकर्मीहरूको भेलाले निम्नानुसारको तदर्थ समिति गठन गरेको छ:
संयोजक: केशव लुइंटेल
सचिव: जगदिश पोखरेल
कोषाध्यक्ष: दिनेश श्रेष्ठ
सदस्यहरू:
विश्वास थापा
कुमारसिंह बिष्ठ
राजेन्द्र वि.क.
भुवन देवकोटा
प्रकाश विशुन्के
सुनिलराज लामा
निरज तोलाङे
दिपक ढकाल
Discussion about this post