• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालको मण्डलीमा दुइ किसिमका खतरनाक धार

by Bhuvan Devkota
February 1, 2017
in Articles
Bhuvan Devkota
Bhuvan Devkota
भुवन देवकोटा

वर्तमान नेपाली चर्चमा अहिले दुइ खाले खतराजनक धार देखिँदैछन् ।
१. व्यवस्थावादी अथवा बाहिरी कर्मलाई मान्यता दिने पावलले गलातीको मण्डलीलाई हप्काएका थिए किनकि उनीहरूले आत्मामा सुरु गरेर शरीरमा शेष गर्न लागेका थिए । अहिले त्यही कुरा नै कतिपय नेपाली मण्डलीमा घुस्न लागेको छ ।
हो, हामी सबैको उद्धार येशू प्रभुको क्रुसको मृत्युले सम्भव गराएको हो । त्यो क्रुसको मृत्युमा हामी सबैले उद्धार पायौं । तर कतिपल्ट मण्डलीमा त्योभन्दा बढी कुरा थप्ने प्रयास भइरहेको छ। उहाँको मृत्युलाई हाम्रो उद्धारको लागि प्रशस्त छ भन्ने कुरालाई बिर्सेर कतिपल्ट मण्डलीका विभिन्न चालचलनलाई अनिवार्य गर्ने गरिएको छ। उदाहरणको लागि पास्टर अथवा अगुवाले पुरानो करारको पूजाहारीले जस्तै पोशाक लगाउनर्ुपर्ने अनि पोशाक नलगाईकन उनीहरूले कति धार्मिक विधिहरू सम्पन्न गर्न नमिल्ने आदि । व्यवस्थातिरै फर्किन लागेको उदाहरण यसरी देखिन्छ।
अर्काे कुरा, मान्छेलाई उचाल्ने, रेभरेण्ड अथवा श्रद्धेय भन्नैपर्ने, मान्छेलाई महिमा दिने कुराहरू मण्डलीमा भइरहेका छन्। मैले पक्का गरी सुनेको छु, कतिवटा मण्डलीमा वचन बोल्नुअगाडि पास्टरले त्यो वचनमा हात राखेर आशिष् दिनपर्छ । अनि यो पास्टरलाई परमेश्वरको बराबरी राखेको अवस्था होइन र ?

पास्टरले नै प्राथर्ना गरिदिनुपर्ने अथवा पास्टरले जे बोल्नुहुन्छ त्योचाहिँ बाइबल बराबर, उहाँको बोली बाइबल बराबर हो भन्ने मान्यता पनि बढिरहेको छ। सँगसँगै पास्टरको परिवारचाहिँ पवित्र परिवार मान्ने गलत प्रचलन, गलत संस्कृति मण्डलीमा बढ्दैछ, यसले हामीलाई व्यवस्थातिर फर्काउँदैछ, नियमतिर फर्काउँदैछ।

अर्काे डरलाग्दो कुराः चर्चको सेवा गरिने इँट्टा, काठ वा जस्ताले बनाइएको भवनलाई पवित्र वा परमेश्वरको मन्दिर मान्ने बाइबलविरोधी धार मण्डलीमा बढिरहेको छ। बाइबलले हामीलाई सिकाउँछ, हामी पवित्र आत्माका मन्दिरहरू हौं। हामी नै जीवित पत्थरहरू हौं। हामीले नै उहाँको जीवित देह निर्माण गर्दछौं, भौतिक भवनले होइन। भवन त परमेश्वरले हामीलाई सेवा गर्न सुविधाको लागि जुटाइदिनुभएको कुरा हो। मण्डली भवन नै परमेश्वरको भवन हो भनेर बाइबलले कहीँ पनि सिकाउँदैन।
मण्डलीलाई यी नराम्रा कुराले गाँज्न थालेको छ र सताउन लागेको छ। यो व्यवस्थावादी धारले मण्डलीलाई येशूसँग जम्का भेट भएर येशूलाई मन पर्ने जीवन, येशूलाई उचाल्ने जीवनतिर होइन तर मान्छेलाई उचाल्ने, मान्छेलाई महिमा दिने कुरातिर अगाडि लैजान्छ । यसले क्रुसको मृत्युलाई हाम्रो उद्धारको लागि पूर्ण छैन भन्ने विचारतिर मानिसलाई लैजान्छ।

२. अत्यन्तै उदारवादी धारः

शनीवारको सेवामा अत्यन्तै धार्मिकजस्तो बनिने तर अन्य दिनचाहिँ डरलाग्दो जीवन भए पनि फरक नपर्ने कुरा पनि मण्डलीमा मौलाउँदै छ। मण्डलीमा प्रशस्त दशांश दिएपछि जसरी पैसा कमाए पनि कसैले केही नभन्ने खराब कुराले हामीलाई गाँज्दै छ। घुस खाएर वा कर छलेर कमाएको सम्पत्तिको पनि परमेश्वरलाई घुस दिएजस्तो गरी भेटी दिएपछि चोखो भइने बाइबलको शिक्षाविपरीतका धारहरु बढिरहेका छन्। उदारवादी धारका केही नमुनाहरु यिनै हुन्। आत्माबाट सुरु गरेर शरीरमा सक्ने भनेको यही हो।

अहिले देखिएको अर्को प्रष्ट उदाहरणचाहिँ परमेश्वरको सेवाको लागि परमेश्वरसँग कसम खाएका, प्रतिज्ञा गरेका पास्टरअगुवाहरू, जसको काम प्रेरितको पुस्तकमा लेखिएअनुसार प्रार्थना र वचनको सेवा हो, तर त्यो प्रार्थना र वचनको सेवालाई चटक्कै छोडेर पास्टर-अगुवाहरू राजनीतितिर लाग्नुभएको छ। हो, राजनीति पनि सेवाको एउटा क्षेत्र हो, गलत ठाउँ होइन । त्यहाँ गलत मानिसहरू पुगेको कारणले गर्दा त्यसलाई मानिसहरूले ठगी खाने भाँडो बनाएका छन् । तर परमेश्वरले मानिसलाई जे कामको निम्ति बोलावट दिनुभएको हुन्छ, मानिसले त्यही काम गर्नुपर्छ । अरू काम गरेर ऊ सफल हुन्छु, ठूलो हुन्छु भन्ने कुरा केही समयको लागि होला तर परमेश्वरले जसलाई जे बोलावट दिनुहुन्छ, त्यही बोलावटमा रहनर्ुपर्छ ।

कसैले पास्टरको बोलावट पाउनुभएको छ भने उहाँको काम पर््रार्थना र वचनको सेवकाइ हो, राजनीतिमा जाने होइन । उहाँको मण्डलीमा कति जना भाइबहिनी होलान्, उनीहरूलाई सिकाउने, उत्साह दिने, कसरी असल नैतिकवान् राजनीतिज्ञ बन्ने भनेर सिकाउने कामचाहिँ पास्टर अगुवाको हो तर पास्टर अगुवाको काम मण्डलीको सेवाको काम छोडेर राजनीतिमा लाग्ने होइन ।
अनि अर्काेचाहिँ कतिपल्ट प्रभुको सेवालाई जागिर सम्झने अथवा जमानाअनुसार चल्ने नाउँमा झुटा शिक्षा र अन्य धर्मसित आत्मिक सम्बन्ध राख्ने पनि हो । यो एकदमै खतराजनक उदारवादी धारले परमेश्वरको वचनसँग सम्झौता गर्ने, परमेश्वरलाई दिनुपर्ने समय अरूलाई दिने, परमेश्वरलाई दिनर्ुपर्ने मान अरूलाई दिने गर्दछ । अझ भनौं, जमानाअनुसार चल्ने मानिसहरूलाई मन पर्ने जीवन जिउनलाई उक्साउने खराब प्रचलन मण्डलीमा बढिरहेको छ, जसले मण्डलीमा गलत परम्परा बसाउँदै छ ।

त्यो उदारवादी धारमा अर्काे कुराचाहिँ मान्छेलाई उचाल्ने कुरा हो । उदाहरणको लागि, कोही व्यक्तिलाई येशूको बराबर सम्मान दिने, दोसल्ला ओढाउने आदि । जब हामीले बाइबलमा हेछौर्ं, कोही पनि चेलाहरूले दोसल्ला ओढेर सम्मान लिएको अथवा आफूलाई उचालेको उदाहरण हामीले पाउँदैनौं । हाम्रो उदाहरण बाइबल हो, परम्पराले के भन्छ, फलानो व्यक्तिले के भन्छ भन्ने होइन तर बाइबलले के भन्छ भन्ने कुराचाहिँ ठूलो कुरा हो ।

यी दुवै कारणले नै अहिले हाम्रा बिचमा फाटो र भाँडभैलो देखिँदैछ । येशूको नामको अपमान पनि हाम्रै कारणले हुन लागेको छ । नुन र ज्योति बनेर अन्धकारले भरिएको संसारमा फैलनुपर्ने नेपालको चर्चभित्रै संसार छिर्दै छ । यो पक्कै शुभ लक्षण होइन । कसैले कसैलाई सानो सहयोग गरे पनि फोटो खिचेर सामाजिक सञ्जालमा हालेर आफ्नै जयजय पाइहाल्नुपर्ने अर्को विकृति पनि दान दिएको अर्को हातले थाहा नपाओस् भन्ने मृदू वचनको अपमान हो । एउटा भाइले अर्को भाइलाई सम्झाउँदा वा सुधार गर्दा त्यसको प्रतिउत्तर धम्कीपर्ूण्ा भाषामा आउनु पनि अर्को नमिठो कुरा हो ।

त्यति मात्रै होइन, अभिषेक गरेको तेल वा लुगा बेचेर खल्ती भर्नेको जमात पनि हाम्रै माझमा बढिरहेको छ । परमेश्वरको वरदानलाई जादूगर सिमोनजस्तै पैसामा किन्ने नराम्रो होडबाजी पनि बढिरहेको छ ।

करिब २० वर्षपहिलेको नेपाली चर्चको प्रेेम र सौम्यता हराएको छ । संख्या र भवनको वृद्धिसँगै अनेकन् विषयमा ठोस बाइबलीय शिक्षाको बढोत्तरी नभएकोले वर्तमान समस्या आएको हो भन्ने मेरो ठम्याइ छ । अहिले त थियोलोजियनहरु म्ाुखमा बिर्को बगाएर बसेका जस्ता छन् ।

अब के गर्ने त ?

मण्डली सत्यको खामो र आड हो । सत्यताको पहरेदार भएको कारण मानिसहरुले सत्यताको खोजी गर्दा मण्डलीले बाटो, सत्य र जीवन येशूलाई चिनाउन सक्नुपर्छ। येशू प्रभुको वचन धारण गर्नु नै मण्डलीको गहना र इज्जत हो। तर हालका दिनहरूमा माथि उल्लेख गरिएका दुइ वटा डरलाग्दा धार नेपालको मण्डलीमा आइरहेको छ।

अब हामीले गर्नुपर्ने पहिलो र मुख्य कामचाहिँ नयाँजन्मको बारेमा प्रष्ट र सही किसिमले सिकाउने हो । यूहन्ना ३ अध्यायमा येशूले निकोदेमसलाई जे कुरा सिकाउनुभयो, त्यही कुरा अब मण्डलीले अभ्यास गर्ने समय आएको छ। किनकि इस्राएलको धर्मगुरु भएर पनि उनले सत्यता थाहा पाएका थिएनन्। त्यही कुरा थाहा पाएर येशूले निकोदेमसलाई हप्काउनुहुन्छ र भन्नुहुन्छ, “मानिस परमेश्वरको राज्यमा प्रवेश गर्न नयाँगरी जन्मनुपर्छ ।” यसरी नयाँजन्म गराउने काम पवित्र आत्माको हो भनेर येशूले नै सम्झाउनुभयो ।

पक्का गरी नयाँजन्म पाएर परमेश्वरको राज्यमा जन्मेपछि जीवन कस्तो हुनुपर्छ भनेर देखायो र सिकायो भने येशूलाई खुसी पार्ने भक्तिपूर्ण जीवन जिउन कसैलाई ननिको लाग्दैन। त्याग्नुपर्ने कुरालाई त्यागेर उहाँको वचन र धार्मिकता धारण गरेर जिउन सजिलो हुन्छ ।

दोस्रो, प्रेरित १७ अध्यायमा बेरियाको चर्चले पावल र सिलासको शिक्षालाई जाँचेको थियो । उनीहरूले सिकाएको कुरा धर्मशास्त्र सुहाउँदो छ कि छैन भनेर त्यहाँको मण्डलीले जाँच गरेको थियो । अब नेपालको चर्चले पुल्पिटबाटै सिकाएको कुरा अथवा कोही शिक्षकले आएर सिकाएको कुरालाई पनि परमेश्वरको वचनसँग सुहाउँदो कुरा सिकाएको छ वा छैन अथवा बाइबलअनुसार सिकाएको छ वा छैन भनेर जाँच्ने बेला आएको छ । लूकाले प्रेरित १७ अध्याय लेख्दाखेरि बेरियाको मण्डलीलाई असल र राम्रो मण्डली भनेका छन् किनभने उनीहरूले पावलले भनेका कुरा जाँचे । अब हामीले पनि हाम्रा शिक्षकहरूले सिकाएका कुरा जाँच्ने समय आएको छ ।

येशू वा पवित्र आत्माको नाम राखेर अनेकन् बेठीक काम पनि हुन थालेका छन् । गलातीमा अर्कै सुसमाचार, अर्कै आत्मा र अर्कै सुसमाचारको कुरा गरिएको छ । अब हामीले सबै कुरालाई बाइबलको कसीमा राखेर जाँच्ने समय आएको छ ।
जाँच्नको निम्ति पहिले बाइबल पढ्नुपर्छ, बाइबलमा के भनिएको छ भनेर बाइबल अध्ययन गर्नुपर्छ । बाइबलका कुराहरू सिक्नुपर्छ, अनि बाइबलले के भन्छ भनेर हामीले अरू मानिसहरूलाई सिकाउनुपर्छ ।

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In