काठमाडौं, कार्तिक १०, नेपालका विश्वविद्यालयका ख्रीष्टिय विद्यार्थी संगतिको छैठौं राष्ट्रिय सम्मेलन कार्तिक १० गते सम्पन्न भएको छ। एनविसिविएस्ले ३७ वर्षको अवधिमा ६ वटा राष्ट्रिय स्तरको सम्मेलन गर्न सफल भएको छ।
छैटौं सम्मेलनमा कार्तिक ७ गतेदेखि १० गतेसम्मको प्रमुख विषय बाइबल अध्ययन र छलफलबाट विद्यार्थीहरूले निष्कर्ष निकाल्ने कार्य भएको थियो। बाइबल अध्ययनको विषयमा प्रमुख वक्ता पास्टर जोन राटिचेकले सिकाउनुभएको थियो। बाइबल अध्ययन र डिभोसनभन्दा थप विषयहरूमा पनि सहभागि विद्यार्थीहरूको इच्छा अनुसारका विषयहरूमा सम्बन्धित र अनुभवि व्यक्तिहरूद्वारा सिक्ने मौका पाएका थिए।
सम्मेलनमा राखिएका विषयहरू: न्यायपालिका र बाइबलिय दृष्टिकोण, मानव अधिकार, स्नातक तहले विद्यार्थीहरूलाई गर्नुपर्ने वास्ता, प्रवासीहरूको लागि सेवाकाइ, उद्यम वा व्यवसाय, राजनीति, धार्मिक स्वतन्त्रता, युवा विद्यार्थीको लागि सेवाकाइ सम्बन्धमा सहभागि विद्यार्थीहरूलाई इच्छा अनुसारको विषयमा ६ भागमा विजान गरी उक्त विषयहरूमा सम्बन्धित महत्वपूर्ण व्यक्तिहरूद्वारा प्रशिक्षण गरिएको थियो।
यसै क्रममा नेपाल ख्रीष्टिय चर्च पोखराका एल्डर प्रेम राई र पा. जितमान राईले विद्यार्थीहरुलाई एनविसिविएससंग सहकार्य गर्न तथा सिविएसलाई बचाई राख्न उत्साह दिनुभएको थियो। जनजागरण पार्टी नेपालका अध्यक्ष तथा व्यवस्थापिका संसदका सदस्य सांसद माननिय लोकमणी ढकालले पनि एनविसिविएसको छैठौँ सम्मेलनले आयोजना भएकोमा बधाई दिनुभएको थियो र राजनीतिसम्बन्धमा बोल्नुभएको थियो। सेयरिङ्ग सेसनमा सिविएसको सक्रिय विद्यार्थी कार्यकर्ता एन्जल नेपालीले सिविएससंगको अनुभव बाड्नु भएको थियो। जस्ले विद्यार्थीलाई उत्साह मिलेको थियो। एनविसिविएसका छैठौँ राष्ट्रिय सम्मलेनले विद्यार्थीहरूलाई निकै उत्साहित बनाएको छ। सहभागि सिविएसका प्रतिनिधिहरूले स्थानिय सिविएसलाई पनि उत्साहकासाथ अगि बढउनेछन् भन्ने आशा छ।
सम्मेलन सफल बनाउनसालाई सिजिएफ, सिबिएस र स्टाफ समूहबाट बनाएको आयोजक समिति बनाइएको थियो। आयोजक समितिको समय र योगदानले सफल भएको छ। एनविसिविएसको इतिहासदेखि हेर्दा विद्यार्थीहरूद्वारा स्वचालित विद्यार्थीको निम्ति स्वचालित अभियान हो। यसरी नै विद्यार्थीद्वारा विद्यार्थिहरूलाई असल सन्देश र प्रेम बाँड्ने कार्य निरन्तर भइरहनेछ।
Discussion about this post