शुक्रवार, अक्टोबर ७, असोज २१
‘उहाँले आफ्नो उच्च स्थानबाट पहाड़हरूमा पानी बर्साउनुहुन्छ, उहाँका कार्यहरूका फलबाट पृथ्वी तृप्त हुन्छ ।’ —भजन १०४:१३
पृथ्वीमा भन्दा बाहेक अन्यत्र बह्माण्डमा हामीले कतै पनि प्रशस्त पानी किन पाउँदैनौँ भन्ने बारेमा कहिल्यै विचार गर्नुभएको छ ? आजको मितिसम्म, हाम्रा सबै दूरदर्शक यन्त्रहरू र अन्तरिक्ष यात्रीहरूले यो कुरालाई समर्थन गरेकाछन्। पानी अचम्मको घोलक हो जसमा धेरै कुराहरू घुल्छन्— यसले जीवनलाई थेग्ने थोकहरूबाहेक यस पृथ्वीमा भएका प्रायः सबै थोकलाई घुलाउँछ। हामीले यत्तिकै हलुका रूपमा लिने यो उदेकको तरल पदार्थ बरफको रूपमा पाइन्छ, यसले चट्टानहरू फुटाउँछ, र माटो उत्पादन गर्छ । हिउँको रूपमा यसले उपत्यकाहरूमा पानी संकलन गर्छ । वर्षाको रूपमा यसले पृथ्वीमा पानी सिँचाइ गर्छ र पृथ्वीलाई सफा गर्छ । वाफको रूपमा यसले पृथ्वीको अधिकांश कृषीयोग्य जमिनमा आद्र्रता उपलब्ध गराउँछ । यसले ठिक मात्रामा बादलको रूपमा पृथ्वीलाई ढाक्छ । यदि बुध ग्रहमा जस्तै यसले पृथ्वीलाई ढाक्ने हो भने, यहाँ जीवन थेग्न सम्भव हुने थिएन । तर कुनै पनि समयमा पृथ्वीको ५० प्रतिशत सतह बादलले ढाकिएको हुन्छ, जसले गर्दा ठिक मात्रामा मात्र सूर्यको प्रकाश पृथ्वीमा पर्छ । वाफको रूपमा, पानी शताब्दीयाँैदेखि कतिपय शक्तिशाली यन्त्रहरू चलाउन प्रयोग गरिँदैआएको छ । बिस्मथभन्दा बाहेक, यो त्यस्तो एक मात्र तरल पदार्थ हो जुन शून्य डिग्रीमा भन्दा चार डिग्री सेल्सियसको तापक्रममा बढी वजनदार हुन्छ । यस्तो हुँदैनथ्यो भने, यस ग्रहमा अहिले भएको जीवन सम्भव हुने थिएन । यसकारण, पानी जम्दा हलुका हुन्छ र माथि तैरन्छ । यस्तो हुँदैनथ्यो भने हाम्रा ताल र नदीहरू मुनिबाट जम्नेथिए र सबै माछाहरू मर्ने थिए; सूक्ष्म जीवाणु नष्ट हुनेथिए, अक्सिजनको उत्पादन बन्द हुनेथियो, अनि मानव जाति मर्नेथिए । यसैले जब तपाईं परमेश्वरले तपाईंलाई ध्यान दिनुहुन्न वा वास्ता गर्नुहुन्न भन्ने ठान्नुहुन्छ, एक ग्लास पानी पिउनुहोस्, र भन्नुहोस्, ‘प्रभु, धन्यवाद !’
आत्मिक भोजनः प्रस्थान १६–१८, यूहन्ना ३:९–२१, भजन ११०, हितोपदेश २६:१३–१६
Discussion about this post