मिलापको जीवन
बाइबल पढ्दा वा एक आत्मिक व्यक्तिसँग भेट्दा तपाईंले के कस्तो कमजोरी महसुस गर्नुहुन्छ?
प्रार्थना गर्दा वा आफ्नो गवाही दिँदा तपाईं कतिको सहज र वास्तविक हुनुहुन्छ ?
परमेश्वर तथा अरुको सामु आफ्नो जीवन सहज र वास्तविक बनाउन तपाईंले के के गर्नुपर्ने हुन्छ ?
केको आधारमा तपाईंले आफैलाई एक नयाँ जन्म पाएको ख्रीष्टियन सम्झनुहुन्छ ?
एउटा असल ख्रीष्टियन बन्नुमा तपाईंले के के अनुशासनलाई प्रयोगमा ल्याउनुभएको छ ?
२ कोरिन्थी ५:११-२१ पढ्नुहोस् र निम्न प्रश्नहरुको उत्तर खोज्नुहोस् ।
१. पद ११-१३
परमेश्वरको भय मान्नु भनु के हो ? हाम्रो दैनिक जीवनमा यो कसरी प्रकट हुन्छ ?
२. पद १४-१५:
हाम्रो जीवनमा प्रेरणाको स्रोत के हो ? व्यावहारिक जीवनमा यो कसरी प्रकट हुन्छ ?
३. पद १६:
अरुसँगको हाम्रो सम्बन्ध कस्तो हुन्छ ? यस्तो सम्बन्धको आधार के हो ?
४. पद १७:
तपाईंले के कस्तो नयाँपनाको अनुभव गर्नुभएको छ ? के के पुराना कुराहरु तपाईंबाट हटेका छन् ?
५. पद १८-२०:
तपाईंको जीवनमा परमेश्वरले के गर्नुभएको छ ? त्योसँगै के के जिम्मेवारीहरु थपेका छन् ? ख्रीष्टको पक्षमा हामी कसरी अरुलाई बिन्ती गर्ने ? परमेश्वसँग मिलापमा आउनु भन्नुको अर्थ के हो ?
६. पद २१:
परमेश्वरसँगको मिलापको आधार के हो ? यो कोबाट सम्भव भउको छ ? हामी के गर्नुपर्ने ?
विचार गर्नुहोस् – म परमेश्वसँग मिलाप छु भनी कसरी थाह पाउने ?
१. रोमी ५:१,२,५-११ पढ्नुहोस्
धार्मिकता तथा शान्तिको अनुभव हामीले ख्रीष्टमा कसरी गछौर्ं ? त्यो अनुभव केद्वारा हामीमा आउँछ ? मिलापको यो जीवनमा हामीमा बास बस्ने पवित्र आत्माको भूमिका के हो ?
२. १ यूहन्ना ५:१-५ र यूहन्ना १:१२ पढ्नुहोस्
हामी परमेश्वरका सन्तान हुन् भने कुरा कसरी प्रमाणित गर्ने ? संसारलाई जित्नुमा यो हैसियतले कसरी काम गर्छ ?
Discussion about this post