सोमवार, अगस्ट ८, साउन २४
‘उनीहरूलाई खेद् …उनीहरूलाई भेट्टाएर … सबैलाई छुटा ।’ —१ शमूएल ३०:८
राजा दाऊद र उनका मानिसहरू युद्धबाट घर फर्कंदा, अमालेकीहरूले उनीहरूका घरहरू जलाएर ध्वस्त पारिदिएका र उनीहरूका परिवारहरूलाई बन्दी बनाएर लगेको उनीहरूले थाहा पाए । उनीहरू विचलित भए । रुँदारुँदा उनीहरूको आँशु नै सुक्यो । तब परमेश्वर उनीहरूसँग बोल्नुभयो र भन्नुभयो, ‘उनीहरूलाई खेद …उनीहरूलाई भेट्टाएर … सबैलाई छुटा ।’ । उहाँको सहायताद्वारा उनीहरूले त्यसै गरे ! अहिले तपाईंको परिस्थिति जत्तिसुकै खराब देखिए तापनि, हार नमान्नुहोस् । रुनु परे रोइकराइ गर्नुहोस्, त्यसपछि आफ्नो आँशु पुछ्नुहोस् अनि परमेश्वरको शक्तिमा जानुहोस् र शत्रुले तपाईंबाट चोरेर लगेको कुरा फिर्ता ल्याउनुहोस् । आवश्यक परे, एक पटकमा एक–एक बित्ता गरेर फिर्ता लिनुहोस्, तपाईंको आफ्नै शक्तिमा होइन तर उहाँको शक्तिमा भरपर्दै । पावल लेख्छन्, ‘भलाइ गर्ने काममा हामी नथाकाँै, किनभने यदि हिम्मत हारेनाँै भने ठीक समयमा हामी कटनी गर्नेछौँ’ (गलाती ६:९) । परमेश्वरले तपाईंलाई त्याग्नुहुन्न, त्यसकारण उहाँलाई पनि नत्याग्नुहोस् ! उहाँले आफ्नो वचनमा यस्तो प्रतिज्ञा गर्नुभएको छः ‘तँ पानीबाट भएर जाँदा म तेरो साथमा हुनेछु । तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट हिँडेर जाँदा डढ्नेछैनस् । त्यसको ज्वालाले तँलाई भस्म पार्नेछैन’ (यशैया ४३:२–३) । हार नमान्नुहोस् – पार गरेर जानुहोस् ! त्याग्न सजिलो छ, तर पार गरेर जान विश्वास चाहिन्छ । जब तपाईंको विश्वासले परमेश्वरलाई आदर गर्छ, तब उहाँले तपाईंको विश्वासलाई कदर गर्नुहुन्छ ! उहाँ तपाईंको पक्षमा हुनुभएपछि, तपाईं पहिलेको भन्दा बलियो भएर निस्कनुहुनेछ । यसकारण, तपाईंको निम्ति आजको वचन छः ‘उनीहरूलाई खेद्नुहोस् …उनीहरूलाई भेट्टाएर … सबैलाई छुटाउनुहोस् ।’
आत्मिक भोजनः १ इतिहास ७: २०–९:४४, मर्कूस ४:२६–४१, भजन ११९:२५–३२, हितोपदेश २०:२५–२७
Discussion about this post