आइतवार, जुलाई ३१, साउन १६
‘मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।’ —लूका १९:१०
पीडामा परेको कसैको बारेमा तपाईंले याद गर्नुहुने पहिलो कुरा भनेको तिनीहरूको समस्या हो। तर यदि तपाईंले तिनीहरूको समस्याभन्दा परसम्म हेर्नुभयो भने, तिनीहरूको सम्भाव्यता देख्न परमेश्वरले तपाईंलाई सहायता गर्नुहुनेछ। संयुक्त राज्य अमेरिकाको केन्टकी राज्यमा आयोजित हुने प्रत्येक घोडा दौड प्रतियोगितामा त्यहाँ भेला भएका मानिसहरूले ‘मेरो पुरानो केन्टकी घर’ भन्ने गीत गाउँछन्। तर यो गीत स्टेफेन फोस्टरले लेखेका हुन् भन्ने कुरा अधिकांश मानिसहरूलाई थाहा छैन। अत्याधिक मादक पदार्थ सेवनको कारण तिनको मृत्यु भएको थियो भनिन्छ। प्रहरीले उनलाई न्युयोर्कको एउटा सस्तो लजमामा भेटाउँदा तिनको घाँटीमा गहिरो गरी काटिएको चोट पाए। तिनलाई बचाउन सकिन्छ कि भनी नजिकैको एउटा अस्पतालमा हतारहतार पुर्याए, तर तिनलाई बचाउन सकिएन। उनका सरसामानका बिचमा यी शब्द लेखिएको एउटा नोट पाइयो जसमा “प्रिय मित्रहरू र कृपालु हृदयहरू” भन्ने लेखिएको थियो। यी तिनले लेख्न लागेको अर्को गीतका शब्द जस्तै लाग्थे, तर त्यो गीत लेख्न भ्याउनुअघि नै तिनको मृत्यु भयो। येशू ‘हराएकालाई खोज्न र बचाउन’ आउनुभएको हो। आज तपाईंका वरिपरि त्यस्ता मानिसहरू छन् जसले आफ्नो बाटो बिराएका छन्, आफ्नो परिवार, जागिर, स्वास्थ्य, र आफ्नो आशा गुमाएका छन्। येशू तिनै मानिसहरूलाई बचाउन आउनुभएको हो। अनि त्यहीँनेर तपाईंलाई काम गर्ने अवसर छ। तपाईं उहाँको फैलिएको हात बन्न बोलाइनुभएको छ। एलिजाबेथ होल्ट हार्टफोर्ड अमेरिकाको लस एन्जलस भन्ने ठाउँमा एक गरिब बस्तिमा बस्थिन् र तिनको मृत्यु भयो। उनका अन्तिम शब्दहरू यस्ता थिएः ‘तिमीहरूले मलाई उमेरले कमजोर पारिएकी एक बुढी महिलाको रूपमा देख्छौ। तर यहाँभित्र म छु भन्ने कुरा तिमीहरूले बुझेका छैनौ। अहिले म मलाई सहायता नगर्ने शरीरमा कैदी भएकी छु। यसले पीडा दिन्छ, यो शरीर चाउरिएको छ र रोगी भएको छ। तर म बदलिएकी छैनँ। यो शरीर जवान हुँदा म जस्तो थिएँ, अहिले पनि म त्यही व्यक्ति हुँ।’ आज, तपाईंको लागि दुईओटा कुरा गरिदिनुहुन परमेश्वरलाई प्रार्थना गर्नुहोस्ः
१) तपाईंका वरिपरि भएका खाँचोहरू देख्न उहाँले तपाईंका आँखाहरू खेलिदिनुभएको होस्। २) ती खाँचोहरू पूरा गर्न तपाईंको हृदय जागृत बनाइदिनुभएको होस्।।
आत्मिक भोजनः साहसिलो बन्नुहोस् यहोशू १, भजन २७: १–१४, २ तिमोथी २: १–१५
Discussion about this post