• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आफूलाई प्रेम गर्नुहोस्

by Sarju Rijal
July 3, 2016
in Bible Study & Teaching

Ajako Bachan_आइतवार, जुलाई ३, असार १९

‘तैँले आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर्नू।’ —मत्ती २२:३९

परमेश्वरले तपाईंलाई यति धेरै प्रेम गर्नुहुन्छ कि तपाईंलाई बचाउन उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो। ‘मलाई केबाट बचाउन ?’ भनी तपाईंले सोध्नु होला। यी कुराबाट बचाउनः १) बाटो बिराएको, दिशाविहीन्, आनन्दरहित, र असन्तुष्ट भएर यो जीवन बिताउनु पर्ने अवस्थाबाट। २) आउनेवाला जीवन पनि उहाँबाट अलगिएको र उहाँले तपाईंको निम्ति चाहनुभएको स्वर्गको आनन्दबाट वंचित भएर बिताउनु पर्ने अवस्थाबाट। परमेश्वरले तपाईंलाई त्यति उच्च महत्व दिनुहुन्छ। यसकारण, तपाईंले आफैंलाई तुच्छ ठान्नुहुँदा, तपाईंले आफ्नो बारेमा उहाँको धारणालाई इन्कार गरिरहनुभएको हुन्छ। अनि यसरी परमेश्वरसँग असहमत हुनु भनेको चाहिँ तपाईंले आफैंलाई उहाँ बराबर तुल्याउनु, वा अझ खराब त तपाईंको धारणालाई उहाँको भन्दा उच्च बनाउनु हो। सायद तपाईंले यसको बारेमा पहिले कहिल्यै यसरी सोच्नुभएको थिएन होला। नायिका÷गायिका इथेल वाटर्सले बिल्ली ग्राहमका सुसमाचारीय सभाहरूमा ठूल्ठूला भिडहरूलाई सेवकाइ गर्थिन्। तिनी भेदभावको शिकार भएको समाजमा काला जातिको एक गरिब परिवारमा जन्मिएकी थिइन्। तर ख्रीष्टलाई पाएपछि तिनले साँचो आत्म–सम्मान पाइन्। मन जित्ने मुस्कानको साथ तिनले श्रोताहरूलाई भन्थिन्, ‘मलाई परमेश्वरले बनाउनुभएको हो— अनि मेरो परमेश्वरले बेकामको कुरा बनाउनुहुन्न !’ जब तपाईंले आफैंलाई प्रेम गर्न इन्कार गर्नुहुन्छ, तब तपाईंले अरूहरूलाई प्रेम गर्न वा तिनीहरूले तपाईंलाई प्रेम गर्छन् भन्ने कुरा स्वीकार गर्न असम्भव हुन्छ। तपाईंले प्रशंसालाई ग्रहण गर्न छोड्नुहुन्छ अनि आलोचनाचाहिँ टिपिहाल्नुहुन्छ, किनकि यसले आफ्नै बारेमा तपाईंको नकारात्मक धारणालाई समर्थन गर्छ। परिणाम स्वरूप, तपाईंले आफैंलाई मानिसहरूबाट अलग राख्नुहुनेछ र एकलो हुनुहुनेछ तर त्यसको कारणचाहिँ थाहा पाउनुहुनेछैन। सायद तपाईंका आमाबुबाले तपाईंको इच्छा पूरा गर्न सकेनन् वा तपाईंले आफ्नो पति वा पत्नीबाट धोका पाउनुभयो। तपाईंले ‘बिग्रेको सामान’ जस्तै अनुभव गर्नु होला, अनि लागु पदार्थ, वा प्रेम सम्बन्ध, वा सफल भइरहनु पर्ने जीवनशैली अपनाएर भाग्ने प्रयास गर्नु होला। तर यसले काम गर्दैन। परमेश्वरले तपाईंलाई निःशर्त प्रेम गर्नुहुन्छ भन्ने कुरा स्वीकार गर्नुभएपछि, अनि आफैंलाई प्रेम गर्ने निर्णय गर्नुभएपछि मात्र अरूहरूलाई दिने प्रेम तपाईंसँग हुनेछ।

आत्मिक भोजनः जीवनका लागि नियमहरु प्रस्थान २०: १–१७, मत्ती ५: १–१२,

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In