• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाल किन धार्मिक राज्य हुनुहुँदैन

by Rev. Dr. Bal Krishna Sharma
February 26, 2016
in Articles, Socio-political

परिचयः

Rev. Dr. Bal Krishna Sharma
रेभ. डा. बाल कृष्ण शर्मा, पिएचडी

नेपालको संविधान २०१५ ले नेपाललाई बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक भनी परिभाषित गरिसकेको छ। यस संविधानले सबै किसिमका मानिसहरूलाई समान स्थान प्रदान गरेको हुनाले यो महत्वपूर्ण दस्ताबेज हो। नेपालमा प्राप्‍त बि.सं. २००७ को प्रजातन्त्रले अङ्गिकार गरेको धर्मनिरपेक्षतामा आधारित शासनलाई पञ्‍चायतले निर्मूल पारी हिन्दू राज्य घोषणा गरेको दिनदेखि बि.सं. २०६३ को अन्तरिम संविधानमा गरिएको धर्मनिरपेक्ष राज्यको घोषणासम्म नेपाल हिन्दूधर्मको छत्रछायाँमा संचालित भयो। राजा विरेन्द्रको सम्पूर्ण वंशको हत्या भएपछि उदय भएका राजा ज्ञानेन्द्रको राज्यारोहणमा राजनीतिक नेताहरूले हिन्दूसंस्कार अनुसार राजालाई चढाएका दाम र सम्मानले राजा र धर्म अलग भएर रहनसक्दैन भन्‍ने अनुभूति आज पनि दिइरहेको छ। नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भनी वकालत गर्नेहरूले हिन्दू राज्य सँगसँगै राजा पनि कुनै दिन फर्कन्छन् भन्‍ने हेक्‍का राख्‍नुपर्छ। हिन्दूधर्म राज्यधर्म भएपछि त्यसले यसको संरक्षकको माग गर्छ र यसको संरक्षक राजाबाहेक कोही हुनसक्दैन किनकि राष्‍ट्रपतिय प्रणालीमा कुनै पनि धर्मको वा धर्मै नमान्‍ने व्यक्ति राष्‍ट्रपति बन्‍न सक्छ र ऊ हिन्दूधर्मको संरक्षक बन्‍नसक्दैन। यसैले बहुधार्मिक राष्‍ट्र कहिल्यै अर्थपूर्ण प्रकारले धार्मिक राज्य बन्‍नसक्दैन। कसैका दबाबमा परेर नेपाललाई फेरि हिन्दूराष्‍ट्र भनी घोषणा गर्नु ठूलो भूल हुनेछ। यसमा सबै राजनीतिक दलहरू, मानवअधिकार कर्मीहरू, देशवासीहरू, सञ्‍चार माध्यमहरू र विभिन्‍न धार्मिक आस्था राख्‍ने व्यक्तिहरू सचेत हुनुपर्छ। हामी सबै हाम्रो देश नेपालमा सबै किसिमका धार्मिक आस्था राख्‍ने र कुनै पनि धार्मिक आस्था नराख्‍ने व्यक्तिहरूबीच मानवीय सम्मानका साथ जिउनचाहन्छौँ र त्यसका लागि धर्मनिरपेक्ष अपरिहार्य छ।

आज मात्र काठमाण्डौमा प्रकाशित एक पत्रिकाले नेपालका सम्माननीय प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको उपलब्धीका बारेमा केही विश्‍लेषण गरेको छ। प्रधानमन्त्रीको भारत भ्रमणलाई म आफैले पनि चासोकासाथ सञ्‍चार माध्यमहरूमा हेरेको थिएँ। प्रम ओलीको भ्रमण पहिलो दिनमा जति उत्साहप्रद रह्यो, पछि अझै उत्साह थपिनुपर्नेमा केही सुस्तता आएको अनुभूति सञ्‍चार माध्यमहरूले पनि गरेका थिए। यसको कारण शनिवार दुइजना प्रधानमन्त्रीहरूका बीचमा मात्र भएको चालीस मिनेटको कुराकानीको नतीजा हो। किन सम्बन्ध सुदृढको उत्साहमा कमी आयो त ? यो अझै अनुसन्धानको विषय हो । तर त्यहाँ भएको कुराकानीको दौडानमा भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताबलाई नेपाली प्रम ओलीले सहमति नजनाउनुभएपछि सम्बन्धमा एक्‍कासी असर परेको हुनुपर्छ।

असोज ४ गते अर्थात् सेप्टेम्बर २० मा घोषणा भएको नेपालको संविधान २०१५ ले नेपाललाई धर्मनिरपेक्ष राष्‍ट्र भनी घोषणा गरेको कारण त्यसको केही दिनमा नै मोदी सरकारले अघोषित नाकाबन्दी गरेर नेपाललाई दिनु दुखदियो। मैले सेप्टेम्बर २४ मा एउटा लेख लेखी मोदी सरकारले गरेको अघोषित नाकाबन्दी मधेसको आन्दोलनको कारण नभएर नेपाल हिन्दूराज्य नभएको हुनाले नै यो अवस्था आएको हो भनी तर्क गरेको थिएँ र त्यो लेख अझै सुरक्षित छ। मोदी सरकार र भारतीय जनता पार्टीको एजेन्डामा नेपाल हिन्दूराज्य हुनुपर्छ भन्‍ने अडान अझै प्रबल छ र यसकै कारण नेपालमा कुनै पनि बेला अघोषित नाकाबन्दी हुने सम्भावना पनि त्यतिकै प्रबल छ। यस्तो नहोस् भन्‍ने मेरो आग्रह छ तर यसो हुने सम्भावना भने अझै टरेको छैन। हिन्दूवादी उपप्रधानमन्त्री कमल थापाले कुनै पनि दिन व्यवस्थापिका संसदमा नेपाल हिन्दूराज्य हुनुपर्छ भन्‍ने प्रस्ताब दर्तागर्ने सम्भावना प्रबल छ र यसो गर्नका लागि उनलाई भारतीय जनता पार्टी र यसको सरकारको आशिर्वाद रहेको छ।

भारतको संविधानभन्दा नेपालको संविधान बढी समावेशी छ भन्‍ने विश्‍लेषण भइरहेको र यो यथार्थ पनि भएको हुनाले किन भारतका पूर्व कंग्रेस नेता र हालका राष्‍ट्रपतिले नेपालको संविधानलाई स्वागत गर्नु र सरकार प्रमुख भारतका प्रधानमन्त्री मोदीले ह्रदयबाट यसलाई स्वीकार नगर्नुको कारण यो समावेशी र उत्तम संविधान नभएको हुनाले होइन तर उनले चाहेको कुरा यसमा नराखिएकोले हो र त्यो के हो त ? त्यो उनको इच्छाअनुसार नेपालको संविधानमा नेपाललाई हिन्दूराज्य घोषणा नगरिएको हुनाले नै हो।

भर्खरै प्रकाशित भएको नेपाली दैनिकीमा भारतको धर्मसम्बन्धी परराष्‍ट्र नीतिमा भएको फरक विचारलाई पनि उल्लेख गरिएको छ। भारतको कंग्रेस सरकारले नेपाललाई धर्मनिरपेक्ष र गणतन्त्रमा जाने प्रोत्साहन प्रदान गर्‍यो भने मोदी सरकारले धर्मनिरपेक्षको विषयलाई अस्वीकार गरिरहेको छ। यो मेरो विचार कसैमाथि लगाइएको आरोप होइन। यथार्थ यही नै हो। बिजेपी र मोदी सरकारले नेपाललाई धर्मको आधारमा व्यवहार गर्नुहुँदैन। धर्मनिरपेक्ष राज्यमा जिउने अधिकार नेपालीहरूलाई छ।

भारतलाई समेत हिन्दूराज्य बनाउने खेलमा मोदी सरकार लागेको छ भन्‍ने विषयलाई भारतमा अहिले ठूलो सरोकारकासाथ हेरिएको छ। भारतलाई सजिलैसँग यसो गर्न नसकिने भएको हुनाले पनि नेपालमाथि बिजेपीको विशेष चासो छ र बिजेपीको यस चासोलाई यस पार्टीका नेताहरूले वर्तमान सरकार मार्फत नेपाललाई हिन्दूराज्य बनाउने खेल खेलिरहेको छन्। हामी सबै नेपालीले हाम्रो बहुधार्मिक मान्यतालाई आत्मसात गर्दै धर्मनिरपेक्षमा अटल रही देशलाई समृद्धितर्फ लानुपर्छ। हामी विविध धर्म, जाति, भाषा, संस्कृति, रहनसहनका देशवासीहरू मिलापमा जिएर यो देशलाई समृद्ध र शान्त बनाउनुपर्छ। यसैमा हामी सबैको उन्‍नति र भलाइ छ।

डा. बाल कृष्ण शर्मा

२५ फेब्रूवरी २०१६

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In