पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको आज राति १२:५० मा निधन भएको छ । स्वासप्रस्वासमा देखिएको समस्याका कारण आफ्नै निवास महाराजगंजमा आज निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
कोइरालाको निधनको खवरपछि अहिले कोइराला निवास महाराजगंजमा पार्टी नेता-कार्यकर्ताको भीड बाक्लो बन्दै गएको छ ।
नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधीहरू अर्को सुचना प्राप्त नभएसम्मका लागि स्थगित गरिएको पार्टीले जनाएको छ ।
Discussion about this post