• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

रेभ. के.पी. देवकोटाको पार्थिव शरीरको अन्तिम विदाइ

by Sarju Rijal
June 6, 2015
in NC Photos, News & Events

kpd_ncमिति २०७२ जेठ २२ गतेका दिन रेभ. केपी देवकोटाको पार्थिव शरीरको अन्तिम विदाई कार्यक्रम शालोम एजी चर्च कलंकीमा भएको छ। केपी देवकोटाको ५१ वर्षको उमेरमा जेठ २० गते बेलुका ७:१५ बजे हृदयघात भएर सहिद गंगालाल हृदयरोग केन्द्रमा मृत्यू भएको थियो। देवकोटाको पार्थिव शरीरको अन्त्यष्टी कार्यक्रममा IFES को तर्फबाट रबि डेविट आउनुभएको थियो। गुवाहटीबाट रेभ पास्टर दिलीप क्षेत्री आउनुभएको थियो। कार्यक्रममा नातेदारहरू र विभिन्न मण्डलीका पास्टर अगुवाहरूको उपस्थिती रहेको थियो। अन्त्यष्टी कार्यक्रममा लगभग ६०० जनाजतिको सहभागिता रहेको थियो। देवकोटाको पार्थिव शरीरलाई धापासीमा ख्रीष्टियन संस्कार अनुसार दफन गरिएको छ।

केपी देवकोटा श्वास फेर्न अलि गाह्रो र बेला बेलामा छाती दुखे पछि शहिद गंगालाल हृदयरोग केन्द्रमा बैशाख २० गते जानुभएको थियो। रिपोर्टमा कुनै पनि समस्या नदेखिएपछि अवजरभेसनको लागि अस्पतालमा भर्ना गर्न र आराम गर्न डाक्टरले सल्लाह दिएका थिए। सल्लाहअनुसार केपी देवकोटालाई भर्ना गरिएको थियो। भर्ना भएको बेला नै बेडबाट साथीहरूलाई फोनमा कुरा गर्नुभएको थियो। डिस्चार्ज भएपछि भेट्ने कुरा पनि गर्नुभएको कुरा सम्बन्धित व्यक्तिहरू बताउनु हुन्छ। केपी देवकोटाले मलाई ठीक छ तिमीहरू (श्रीमती माया देवकोटा र भतिजी राधा देवकोटालाई) खाजा खाएर आउ भनि खाजा खान वाहिर पठाउनुभएको थियो। श्रीमती र भतिजी खाजा खाएर फर्केर आउँदा बेडबाट भुइमा लडेको अवस्थामा देखेपछि तुरून्तै सम्बन्धित ठाउँमा नर्सहरूलाई जानकारी गराइएको थियो। नर्सहरू गएर पम्प गर्दा देवकोटा वितिसकेको कुरा एनबीसिबिएसका महासचिव राम कुमार लामाले जानकारी गराउनुभएको थियो।

केपी देवकोटाले विद्यार्थी जीवनमा ख्रीष्टलाई पाउनुभएको थियो। ख्रीष्टलाई विश्वास गरेपछि विद्यार्थी जीवनमा नै  NBCBS मा स्वयसेवकका रूपमा सेवा  गर्नुभयो। पार्ट टाइमा स्टाफ पनि हुनुभयो पुरा समय सेवा गर्दै गर्दा महासचिवको रूपमा सेवा गर्नुभएको थियो। लगभग २० वर्ष NBCBS मा सेवा गर्नुभएको थियो।  सन् २००९देखि IFES मा साउथ एशियाको लागि रेजनल सेक्रेटरीको रूपमा सेवारत हुनुहुन्थ्यो। सेवा गर्ने सिलसिलामा हैदराबादको भाइजक भन्ने ठाउमा परिवारसहित (छोरा आनन्द र श्रीमती माया देवकोटा) बस्दै आउनुभएको थियो। भिसासम्बन्धिको कामले केपी देवकोटा २०७२ बैशाख ९ गते श्रीमती मायासँग काठमाडौंमा आउनुभएको थियो। बैशाख १२ गते भुकम्प पछि भुकम्प पीडितहरूको लागि राहत वितरण र अस्थायी आवास निर्माणमा सक्रिय हुनुभएको थियो। साथीहरूलाई अगुवाजनहरूलाई भेटेर कुरा गर्नु छ भनेर जानकारी गराउनुभएको थियो। अकस्मात देवकोटाको मृत्यूले धेरैलाई स्तव्ध बनाएको छ।

केपी देवकोटाले पुरा समय ख्रीष्टको निम्ति नै बिताउनुभयो। साथै ख्रीष्टियान विभिन्न संस्थाहरू आशा केन्द्र, टिरानस, आइटीन, डिएआइमा प्रत्यक्षरूपमा अप्रत्यक्ष रूपमा सहायता पुर्‍याउनुभएको थियो। अन्त्यष्टी सेवामा विभिन्न व्यक्तिहरूले केपी देवकोटाको बारेमा भन्ने क्रममा लोकनाथ मनेन भन्नुहुन्छ,” भाइले ख्रीष्टलाई पाउनुभन्दा पहिला चर्चमा ढुङ्गा हान्ने काम गर्नुभएको थियो। ख्रीष्टियानहरूलाई घृणा गर्ने काम गर्नुहुन्थ्यो। ख्रीष्टियान भएपछि विद्यार्थी संगतिद्वारा ख्रीष्टको निम्ति धेरै ठूलो काम गर्नुभएको छ। जसरी पावलले पहिला ख्रीष्टियानलाई दुख दिए ख्रीष्टियान भएपछि बाइबलका धेरै पुस्तक लेखे”। केपी देवकोटाको बारेमा थुप्रै व्यक्तिको भनाइ अनुसार एउटा असल सेवक ख्रीष्टको सेवामा असल पार्ने कुनै पनि कुरामा सम्झौता नगर्ने भएको टिप्पणी गरेका थिए।

 

 

 

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In