• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

चंगाई

by Tek Bhandari
March 18, 2014
in Articles

tekbhandariपरमेश्वरले सबै किसिमको रोगी विरामीहरु पक्षघातभएका, दृष्टि विहिन, कुष्टरोगी, मरेकालाई जिबित पार्ने, दुष्टआत्माले सताइएका, पानीलाइ दाखमद्य बनाउने, कुनै पनि असम्भवलाई सम्भब बनाउनु हुने परमेश्वरलाई म पूर्ण विश्वास गर्छु उहाँमा कुनै कुरा पनि असम्भब छैन। मैले कति पल्ट सुनेको छु, तपाईले विश्वास गर्नु भयो भने सन्चो (विशेक) हुनु हुनेछ भनी प्रार्थना गरिन्छ र कति विशेक हुन्छन् कति हुँदैनन् विश्वास नभएर बिशेक नभएको हो भनिन्छ। के विरामीले अविश्वासले विशेक नभएको हो?

पावल प्रेरितले आफ्रनै लागि तीन पल्ट प्रभुसँग छुटकाराको (चञ्गाईको) लागि प्रार्थना गरेका छन् (२ कोरिन्थी १२: ८-९) के यहाँ पावलको विश्वासको अभाव थियो? हरेक कुरा हामीले भने जस्तो हुँदैन तर जुन कुराबाट परमेश्वरको महिमा हुन्छ त्यहि नै परमेश्वर हुन दिनु हुन्छ। यसकारण कति उदाहरण मैले बाइबलमा देखेको छु कि अरुको जस्तै: साथीहरु, अबिभावकहरु (आमा-बुवा) को बिश्वासले चंञ्गाई पाएका छन्। कति स्वयम येशूले चञ्गाई दिनु भएको छ। जहाँ कसैले विश्वाससाथ निवेदन गरेका छैनन्। कति पल्ट मानिसले आफ्नो चाहना राखे र मागे तर परमेश्वरले आवश्यकता पुरा गरि दिनु भएको छ। यसमा बाइबलका केहि खण्डहरु हामी हेरौं, धेरै जसो दृष्टि बिहिन र कुष्टरोगीहरुले आफ्नो विश्वासमा चञ्गाई पाएका छन् भने कतिको कुरा बेग्लै छन् जो हामी देख्‍न सक्छौं। जस्तोः

प्रेरित ३:३, ५-८ मा भएको घटना हेरौं, पत्रुस र यूहन्नालाई मन्दिरभित्र पस्न लागेका देखेर एक शारिरीक अपांगले भीख माग्यो। जो भौतिक कुरा थियो र दिनहुँ मन्दिरमा माग्थ्यो र आफ्नो जिविका चलाउँथ्यो सायद परिवारको पनि हो कि। यहाँको घटनालाई हेरौं: तब पत्रुसले भने, सुनचाँदी (जो भौतिक कुराहरु हो) मसित छैन। तर जे मसित छ, त्यही म तँलाई दिन्छु। नासरतका येशू ख्रीष्टको नाउँमा हिँड। तिनले त्यसको दाहिने हात समातेर त्यसलाई उठाए, र तुरुन्तै त्यसका खुट्टाहरु र गोलीगाँठामा ताकत आयो। अनि जुरुक्कै उठेर त्यो खडा भयो र हिड्न थाल्यो, र हिड्दै र उफ्रँदै र परमेश्वरको स्तुति गर्दै तिनीहरुसँग मन्दिरमा पस्यो। यो घटनामा चञ्गाइको लागि आफुले विस्वास गरेको पनि होइन र साथिहरु र अविभावकहरुले पनि चञ्गाईको लागि ल्याएका होइनन्। तर भौतिक सम्पत्ति पाउनलाई ल्याउने गरेका थिए। अर्को घटना जो विरामीको विश्वासले होइन तर उसको मालिकको विश्वासले पाएको चंगाई: जो यसप्रकार छः

मत्ती ८: ६-८,१३ मा एउटा पक्षघातीलाई अरुको विश्वासमा मिलेको चञ्गाई,  हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ। उहाँले (येशूले) तिनलाई भन्नुभयो, म आएर त्यसलाई निको पार्नेछु। तर कप्तानले भने, हे प्रभु, तपाईलाई मेरो घरमा स्वागत गर्ने योग्यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस, र मेरो नोकर निको हुनेछ। तब येशूले कप्तानलाई भन्नुभयो, जाऊ जस्तो तिमीले विश्वास गरेका छौ, त्यस्तै तिमीलाई होस्। अनि त्यो नोकर त्यही घडी निको भयो। यसकारण निको हुनलाई विरामी आफैले मात्र विश्वास गर्नु पर्दैन। तर अरुको विश्वासले पनि निको हुन सक्छ। तर सबै कुरा परमेश्वरको इच्छामा उहाँको महिमाको लागि नै हुनेछ।

अर्को घटना मर्कूस १: ३०-३१, जहाँ येशू आफ्ना चेलाहरुकोसाथ जानुभएको थियो र उहाँका चेलाहरुले उहाँलाई भने शिमोन पत्रुसकी सासू ज्वरोले भलिएकी छिन्। उहाँले नजीक आएर तिनको हात समाती तिनलाई उठाउनुभयो र ज्वरोले तिनलाई छोडिहाल्यो। चेलाहरुले झट्टै खबर दिए र येशूले उनलाई निको पार्नु भयो। यसमा कसको विश्वासले चञ्गाई पाएकी हुन्, निश्चय, परमेश्वरको इच्छाले। उहाँमा कुनै कुरा लुकेको छिपेको हुँदैन, तर उहाँले सबै ठाउँमा सधै एकैचोटीं देख्नुहुन्छ।

अर्को घटना लुका ७: १२-१५ जहाँ एउटी विधवाको एउटै छोराको लाश लगिँदैथियो। बिधवाको एउटैमात्र छोरा जो चाँही मरेको र लाश लगिदैगरेको र ठूलो भिड थियो। निश्चय विधवालाई शान्तवना दिनलाई नै हो। बिधवा निश्चय रोहिरहेकी हुनुपर्छ, यसकारण येशूले भन्नुभयो, नरोऊ। अनि नजीक गएर लाश छुनुभयो, र बोक्नेहरु टक्क अडिए, र उहाँले (येशूले) भन्नुभयो ए यूवक, म तिमीलाई भन्दछु, उठ। तब मृत मानिस उठेर बस्यो र बोल्न लाग्यो। येशूले त्यसलाई उसकी आमाको जिम्मा लगाउनु भयो। यो घटनाले परमेश्वरको महिमा भएको हुनेछ। यसमा विश्वास र अबिश्वासको कुरा देखिन्न। येशू दुःखित मानिसप्रति दयालु हुनुहुन्छ, यसकारण उनीहरुका निम्ति आफ्नो प्राण दिनु भयो। प्रत्येक मानिसलाई उनीहरुका दुःख र पापबाट छुटकारा दिनु चाहनु हुन्छ।

एकपल्ट येशू र उहाँका चेलाहरुसँग एकजना जन्मैको अन्धासँग भेट भयो। चेलाहरुले सोधे, गुरुजी, कसले पाप पर्‍यो, र यसले कि यसका आमा-बाबुले र यो अन्धा जन्म्यो (येशूले जवाफ दिनुभयो, नता यसले पाप गर्‍यो न यसका आमा-बाबुले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। (यूहन्ना ९: १-३)।।

“लुका ४: २५-२७” तर वास्तबमा म तिमीहरुलाई भन्दछु, इस्राएलमा एलिया अगमवक्ताको समयमा धेरै विधवाहरु थिए, त्यस बेला जब साढे तीन वर्षवृष्टि रोकियो, यहाँसम्म कि सारा देशमा ठूलो अनिकाल परेको थियो। तर एलिया सीदोन देशको सारपतमा भएकी एउटी विधवाकहाँ मात्र पठाइए, अरु कसैकहाँ पठाइएनन्। एलीशा अगमवक्ताको बेलामा इस्राएलमा धेरै कुष्ठरोगीहरु भए तापनि सिरियाली नामान मात्र निको पारिए, अरु कोही निको पारिएनन्।

यसकारण हरेक व्यक्तिको लागि र जहाँसुकै पनि परमेश्वरको इच्छामा र उहाँकै महिमाको लागि गरिन्छ। पाबलको लागि उहाँले भन्नुभयो मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ। यसकारण परमेश्वरको शक्ति दुर्बलता, कम्जोरी, खाँचो अभाब, कठिनाइहरुमा, सतावटहरुमा, आपदहरुमा म सन्तुष्ट रहन्छु। किनकी जब म दुर्बल छु, तब म शक्तिशाली छु। यसकारण हरेक कम्जोर अवस्थामा किन मानिसहरुले छटपटाउने र निरुत्साहित हुने) यस संसारमा हामी कर्कलोको पानी जस्तै र फूल जस्तै छौ जो एकदम क्षणिक छ। जब हामी अनन्तको राज्यमा प्रबेश पाउँछौं, त्यहाँ निश्चय यी सब अभाव हुने छैनन्। धन्यवाद।।

 

टेक भण्डारी, ललितपुर १

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In