Love Our Neighbours
Written by Isabel Carter
Each of us is special to God
Many people feel they are failures. They may have failed to progress with their education; they may struggle to maintain their families; they may lack confidence because they lack outside knowledge. When others ask for their opinions, they may feel they have nothing to share. This lack of confidence goes against biblical teaching. Read Matthew 10:29-30 and
Psalm 139:13-16
Here we see just how much value God gives each one of us. Not one of us is worthless in God’s sight. To him we are all special and valued.
Read Luke 15:1-2
Jesus was willing to mix with all kinds of people – no matter what others thought of them. This shows God’s willingness to accept all people and our equal status before God. Jesus only condemned people if they claimed to be better than their neighbours (Luke 18:9-14). In our work with people and communities, we need to work with the poor and oppressed – not for them. We need to value each person and help them to feel more positively about themselves. We need to develop skills in listening and understanding.
?How good are you at listening to other people’s concerns? Do you really listen and encourage people to share their concerns and help them work out what they should do? Or are you just waiting for a pause in the conversation to give your advice?
?What would you like to be different in your life? What are you willing to do to bring about change? Do you need help and support from others? Or from God?
?How do you think of yourself? Do you regard your knowledge and training as something you have achieved through effort and hard work? Or do you regard your skills as a gift from God – to be shared freely with others?
?Consider how you treat the people you work with. Are they people with potential – or people with huge problems? How does God regard them?
Pray that we will always see people as God sees them.
See also
Romans 12:4-8 One body, many members
1 Corinthians 12:12-31 One body, many parts
1Thessalonians 2:9 We worked night and day
James 1:12 Blessed is the man who perseveres
Nepali Version Below:
हाम्रो छिमेकीलाई प्रेम गर्ने
परमेश्वरको लागि हामी हरेक विशेष छौं।
आफू असफल व्यक्ति हो भनेर धेरै मानिसहरूले विचार गर्छन्।उनीहरू शायद शिक्षामा प्रगति गर्न असफल भएका हुन सक्छन्; उनीहरू आफ्नो परिवारलाई ठीक तरिकाले राख्न संघर्ष गरिरहेका हुन सक्छन्, उनीहरू बाहिरी ज्ञान नभएको कारण आत्मा विश्वास नभएको हुन सक्छ।अरूले उनीहरूको विचार माग्दा उनीहरूले बाँड्न सक्ने केही कुरा नभए जस्तो अनुभव गर्न पनि सक्छन्।यो आत्मा विश्वास नहुनु बाइबल विपरित हो।
मत्ती १०:२९-३० र भजन १३९:१३-१६ पढ्नुहोस्।
परमेश्वरले हामी हरेकलाई कति महत्त्व दिनुहुन्छ भन्ने कुरा हामीले यहाँ देख्छौं।परमेश्वरको दृष्टिमा हामीमध्ये कोही पनि मूल्यहीन छैनौं।उहाँको लागि हामी सबै विशेष र मूल्यवान छौं।
लूका १५:१-२ पढ्नुहोस्।
उनीहरूको बारेमा अरूले जे विचार गरेता पनि येशू सबै प्रकारका मानिसहरूसँग मिल्न तयार हुनुहुन्थ्यो।परमेश्वरले हामी सबैलाई स्वीकार गर्न चाहनुहुन्छ र उहाँको अगाडि हामी सबै बराबर छौं भन्ने कुरा देखाउँछ।मानिसहरूले आफू अरूभन्दा राम्रो भएको दाबी गर्यो भने मात्र येशूले उनीहरूलाई दोष्याउनुहुन्छ (लूका १८:९-१४)।हाम्रो समुदाय र मानिसहरूसँग काम गर्दा, हामीले गरिब र दबिएकाहरू सँगै मिलेर काम गर्नुपर्छ – उनीहरूको लागि काम गर्ने होइन।हामीले मानिसहरूलाई मूल्यवान ठान्नुपर्छ र उनीहरूलाई उनीहरूको आफ्नै बारेमा सकारात्मक भावनाको विकास गर्न सहायता गर्नुपर्छ।हामीले सुन्ने र बुझ्ने सीपको विकास गर्नुपर्छ।
(?) अरू मानिसका कुराहरू सुन्नमा तपाईं कति सिपालु हुनुहुन्छ ? मानिसहरूलाई उनीहरूको वास्ताको कुरा बाँड्न उत्साह दिनहुन्छ र तपाईंले साँच्चै सुन्नुहुन्छ र उनीहरूले के गर्नुपर्छ भनेर सहायता गर्नुहुन्छ ? कि उनीहरूले कहिले भन्न रोक्ला र आफ्नो सल्लाह दिइ हालूँ भनेर पर्खनुहुन्छ ?
(?) तपाईंको जीवनमा के कुरा भिन्दै भए हुन्थ्यो जस्तो लाग्छ ? त्यो परिवर्तन ल्याउन तपाईं के गर्न तयार हुनुहुन्छ ? के तपाईंलाई अरूको सहायता चाहिन्छ ? कि परमेश्वरबाट चाहिन्छ ?
(?) तपाईं आफ्नै बारेमा कस्तो विचार गर्नुहुन्छ ? तपाईंमा भएको ज्ञान र तालिमहरू तपाईंको आफ्नै मेहेनत र कठोर परिश्रमको फल मान्नुहुन्छ ? कि तपाईंले आफ्ना सीपहरू परमेश्वरको वरदान हुन् भनी ठान्नुहुन्छ – जुन सबैसँग स्वतन्त्र भएर बाँड्न सक्नुहुन्छ?
(?) तपाईंसँग काम गर्ने मानिसहरूलाई तपाईंले कस्तो व्यवहार गर्नुहुन्छ विचार गर्नुहोस्।के ती मानिसहरू केही क्षमता भएका मानिसहरू हुन कि समस्या भएका ? परमेश्वरले उनीहरूलाई कसरी हेर्नुहुन्छ ?
परमेश्वरले हेर्नुभए जस्तै गरी मानिसहरूलाई हेर्न सकौं भनेर प्रार्थना गर्नुहोस्।
निम्न पदहरू पनि हेर्नुहोस्:
रोमी १२: ४-८ एउटै शरीर धेरै सदस्यहरू
१ कोरिन्थी १२:१२-३१ एउटै शरीर धेरै भागहरू
१ थेस्सलोनिकी २:९ हामीले दिन र रात काम गर्यौं
याकूब १:१२ सुरक्षित राख्ने मानिस धन्यको हो।
‘This is a translation of a Tearfund publication, ‘Guide Our Steps.’
Nepali Translation and Posted by Rita Subedi, Translator, ITEEN
Republished on nepalchurch.com new site May 7,2013
Discussion about this post