• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

व्यभिचार

by Loknath Manaen
May 7, 2013
in Articles

कति ठूलो र डरलाग्दो शब्द व्यभिचार।चर्चको समाजमा र दुनियामा व्यभिचार हुन्छ ? तपाई त्यो कुरो केही बेरमा पढ्नुहुनेछ।यसका प्रमुख पात्रहरू हुन् पास्टर विवेक, कान्ता, श्रीकान्त, सुनीता आदि।कोरियामा धन कमाउन गएको श्रीकान्तले खेलेको निर्दयी नाटकभित्र को कसको जीवनसँग खेलाइँची भयो, को कति कसरी घाइते भए र व्यभिचार त्यसको परिणाम कसरी भयो हामी हेरौं …

व्यभिचार

 “पास्टर बाबु, यो चर्च छोड्दैछु।म जान्छु”
यति गम्भीर कुरो कान्ताले भावविहीन, रूखो स्वरमा पास्टरको सामु राखी।उनी दुई चर्च अफिसको ढोका खोलेर राम्रो गरी बसिसकेका पनि थिएनन्।यति अप्रत्याशित, आकस्मिक, असम्भव थियो यो सूचना कि सुन्नमा गल्ती भयो भन्ने ठहर गरे पास्टर विवेकले।आफ्नो अघिल्तिर कुर्सीमा बसेकी कान्तालाई हेर्दा उनको विस्मित आवाज यति मात्र निस्कियो,
“हँ ..?”
पास्टरको हेराइबाट बच्न खोजी कान्ता।हतपत्त आँखाझुकाई,।
“के भनेकी कान्ता ? तिमी कतै जाँदैछौ ? के हो कुरो ? ”
आँखा आफ्नो काखमा अल्झाइराखी।उसको अव्यक्त भावनाले पर्सको निमोठयाइमा निकास खोजिरहेको थियो।केही बेरको आन्तरकि द्वन्द्वपश्चात आँखा झुकाएरै भनी,
“मलाई धेरै प्रश्न नगर्नुहोस्।म जहाँ भए पनि जान्छु, जे भए पनि गर्छु म यो चर्चको सदस्य रहन माग्दिनँ …कुरा त्यति हो …”
यस्तो शैलीमा यसअघि कान्ता कहिल्यै उनीसँगबोलेकी थिइन।कान्ताको कर्कश वाक्य, लापरवाही ढङ्ग र यो विष्फोटक घोषणालाई कसरी सामना गर्ने, कसरी केलाउने, उनी रनभुल्लमा परे।तर प्रतिकार गर्ने आधार थियो,
“कान्ता, तिम्रो खुशी तिमी गर्न पाउँदिनौ।चर्चका सबै मान्छे एकअर्काको अधीनमा बस्नेछन् भनी हामीले वाचा गरेकाछौं।कसरी तिमी जे पनि गर्छु भुन्छौ ? तिमीलाई के भयो ? कसले के भन्यो ? केही त बताऊ।चर्च छोडेर तिम्रो समस्या सुलि्झ हाल्छ त ?”
पास्टर विवेकको मन खिन्न, खल्लो बन्यो।चर्चको तारा हो ऊ।जवानहरूको बीचमा कान्ताको काम अद्वितीय छ अनि अपरिहाार्य बनिसकेको छ।कसरी कान्तालाई अचानक एल गिदोनको सदस्यता त्याग्ने विचार आयो ?
एक महिनापछि आयोजना हुने युवा सम्मेलनको बारेमा छलफल गर्न उनी दुई यहाँ आएका हुन्।अघिल्लो दुई वर्ष जस्तै यसपल्ट पनि मार्च महिनामा एल गिदोनका युथहरूको जागृती सम्मेलनको लागि वक्ता, प्रोग्राम, बजेटआदिमाथि छलफल गर्न उनीहरू पूर्व निर्धारित समयमा यहाँआएका थिए।युवाहरूकी योग्य नेत्री कान्तासँग पास्टरले यूथ कन्फरेन्स भन्ने शब्द उच्चारण गर्न पनि पाएनन्।कान्ताको मौनताले पास्टरलाई आजित पार्यो।सायद कान्ताको मुड ठीक छैन।वाद-विवाद गर्ने मनस्थितिमा नै सायद ऊ छैन।
“कान्ता, यूथ सम्मेलनको कुरा पछि गरे पनि हुन्छ।आज छोडिदिऊँ।भोलि अथवा पर्सि भेटौं।तिमीलाई के भयो तिमीले मलाई बताउनुपर्छ।जहिले तिमी भन्न तयार हुन्छौ म सुन्न तयार छु।तिम्रो पास्टरको नाताले यति कुरा जान्ने मेरो अधिकार छ।जे गर्छौ आवेशमा नगर।हामी फेरि भेटौं … ”
कर्सीबाट जुरूक्क उठी कान्ता।जाने संकेत पर्खिबसेजस्तै व्यग्र बनेर उठी।शिर झुकाएर फटाफट ढोकातिर बढी।पाइला बीच बाटोमा रोकियो।उतै फर्केर पास्टरलाई पिठ्यू फकाएरै बोली,
“मेरो निर्णय त्यही हो, भेट्ने आवश्यकता छैन …”
यो कटु वाक्यमा कान्ताको निर्णयको कठोरता जाहेर बन्यो।न आदर, न सम्बोधन, न उनीतिर हेर्ने शिष्टता।पास्टरको मनमा चिसो पस्यो।कान्तालाई अब मनाउन सकिनेछैन भन्ने निष्कर्ष पुगे पास्टर विवेक।उनलाई सभ्य व्यवहार देखाउन कान्ता कहिल्यै चुकिन।”पास्टरज्यू, पास्टर दाइ” भनेर नरम आवाजमा बोल्ने यो कान्ता आज ठाडै बोल्न लागेकी छ।कुन, कस्तो पीडा र समस्यामा जेलिन पुगी ? के भो ?  शनैः, शनैः अँध्यारो बन्दै गरेको शून्य कोठामा पास्टर विवेक बेसुरो अवस्थामा धुमधुम्ती बसिरहे।प्रार्थना गर्नलाई शिर झुकाए र आँखाबन्दा गरे, बोली निस्केन।उनको मनको अवस्था नै भताभुङ्ग थियो।टुटेफुटेको शब्दमा प्रभुको अगि केही कुरा राखेर उनी उठे।
घर पुगेर आफ्नी श्रीमती रूथलाई यो सब बताउन उनले आफ्नो मुख खोलिसकेका थिए, फेरि के बोल्ने, नबोल्ने असमञ्जसमा गला साफ गरेर चुपचाप बसे।आफूले राम्रो गरी नबुझेको कुरो के बताउने ? भोलि-पर्सि उसैलाई भेटेर विषयवस्तु बुझेपछि रूथलाई मात्र होइन अरु अगुवाहरूलाई पनि कान्ताको बारेमा बताउनुपर्छ।थकित, चिन्तित मुद्रामा आफ्नो श्रीमान कुनाको चेयरमा चुपचाप बसेको देख्दा रूथलाई बुझ्न कठीन परेन कि विवेकलाई कुनै समस्याले सताइरहेको छ।छेउमा गएर सोधी,
“चिया ल्याउँ ? सब ठीक छ ?”
बन्द आँखाखोलेर विवेकले बिस्तारै रूथतिर हेरे।हेराइमा उदासीनता स्पष्ट थियो,
“हुन्छ, ल्याऊ ”
भनेर विवेकले आँखाबन्द गरे।
दुई पति, पत्नी बीचको सम्झौता।पास्टरले बोल्न नचाहेका कुरामा उनकी पत्नीले अनावश्यक चियोचर्चो गर्न पाउँदिनन्।सदस्यहरू सम्बन्धी कुनै पनि गोप्यता पालन गर्ने काममा रूथले बाधा दिन पाउँदिनन्।
चियाको मग टेबुलमाथि राखेको आवाजले विवेक झस्किए।आँखाखोलेर कहाँ छु भनेजस्तो उनले पुलुक्क रूथतिर हेरे।मनमा उठेको एउटा प्रश्न उनले रूथको अघि राखे,
“कान्ताको … श्रीकान्तसँग एकपल्ट केही चलेको हो ?”
रूथ छेवैमा बसिन्।अब श्रीमानको मानसिक तनावको रहस्य केही-केही खुलेजस्तो लाग्यो।अनावश्यक चासो बोकेर होइन शान्त मिजासमा बोलिन्,
“श्रीकान्त कोरिया छँदा कान्ता र उसको बीचमा प्रेम चलेको थियो रे।तर के भयो कुन्नि, नेपाल फर्केपछि श्रीले त सुनीतालाई पो बिहे गर्यो।तपाईले सुन्या हैन र यो कुरो ? ”
“खै, अलिअलि सुनेजस्तो लाग्छ … खास केही बुझिनँ ”
पास्टर विवेक सोचमग्न बनी चिया पिउन लागे।हो, उनले त्यस्तै केही सुनेका हुन्।तर यस्तो कुरा न औपाचारकि हुन्छ, न सोध्न सकिन्छ, न समितिमा छलफलको विषय बन्नसक्छ।
श्रीकान्त र सुनीताको बिहेपछि (सायद मनको चोट लुकाएर) कान्ताले झनै बढी सक्रियताको साथ आफ्नो चर्चका युवाहरूको माझमा काम गरेकी उनलाई सफा याद आइरहेथ्यो।कान्ताको वास्तविक मनोवस्थाबारे पूर्ण जानकारी नभए पनि पास्टरले ती दिनमा आफ्नो व्यक्तिगत प्रार्थनामा कान्तालाई प्रभुको अघि उचालेका हुन्।पास्टरलाई हरेक विषयमा साथ र सहयोग दिनमा कान्ताले अग्रगणी स्थान लिएकी थिई।यूथसँग सम्बन्धित क्रियाकलापमा पास्टरको दाहिने हात बनी कान्ता।
कान्ताजस्ती जोशिला, सक्रिय व्यक्ति चर्च नै छाडेर जाने कुरालाई पास्टरको आत्माले पटक्क स्वीकार गर्न सकेको फर्कीफर्की आइरहेथ्यो उनको कानमा कान्ताको कठोर वाक्य,
“मेरो निर्णय त्यही हो …”

घर पुग्ने बित्तिकै कान्ता डङरङ्ग पलङ्गमा लडी।दुई प्राणीले वास गरेको यो सानो, छरितो घरमा उसले आफूलाई नितान्त एकली पाई आज।बुवा बित्नुभएको पाँच वर्षभयो।उसले आफ्नो मनको पीर, वेदना कोसँग पोखाउने ? कोही छ र उसको अवस्था बुझिदिने ? कोठामा आमाको प्रवेश र प्रश्न,
“चर्चमा मिटिङ्ग भन्या हैन ? के भो ?”
आँखा नउघारी बोली कान्ता,
“मिटिङ्ग सिद्धियो।मलाई जरो छ ।”
“हँ ?” ममतामय हात उसको तातो निधारमाथि आइपुग्यो,
“भोलि के गर्ने स्कूल ?”
“पेरेन्टस डे छ, जानै पर्ने हो।अहिले नै आराम गरे ठीक हुन्छ कि ?”
“ल, ल न्यानो बनी सुत् .. म तातो चिया ल्याउँछु .. आराम गर्नू …”
आँखापोलिरहेको छ, शिर भारी छ उसको, एउटा लामो फिताले टनटनी निधार बाँधी।जोर्नी, जोर्नीमा उब्जेको कट्कट् पीडाले जरो आएको अकाटय सूचना दिइरहेछ।हनहन्ती जरो लिएर कान्ता सिरकभित्र गुटुमुटु भई।बिसञ्चोले फनफनी घुमाइरहेको मगजभित्र उसले अचानक श्रीकान्तलाई देख्नलागी …एक वर्ष अघिका कुराहरू फर्केर आँखाअघि नाच्न लागे …

Written by Mr. Loknath Manael
Republished on nepalchurch.com new site on may 7

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In