पाकिस्तानी चर्चमा आत्मघाति बम हमला कम्तिमा ६० को मृत्यु

[ 19 ] September 22, 2013 |

पाकिस्तानको पेशावरस्थित सेन्ट जोन चर्चमा आज असोज ६/सेप्टेम्बर २२ मा भएको आत्मघाति बम हमलामा कम्तिमा ६० जनाको मृत्यू भएको छ । चिकित्सकका अनुसार उक्त हमलामा परि १०० भन्दा मानिस घाइते भएको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन् ।644066_10151685955018301_971371050_n
चर्चमा आइतबारको आराधना सेवामा भाग लिइरहेका ६ सय बिश्वासीहरु सेवा सकेर निस्कने बेलामा हमला भएको हो ।घटनामा महिला र केटाकेटीहरु उल्लेख्य मात्रामा परेको पाकिस्तानी प्रहरीले जनाएको छ ।

यसैबीच पाकिस्तानको सरकारी टेलिभिजन च्यानल पीटीवीले घटनामा ४० जनाको मृत्यु भएको र ७० जना घाइते भएको पुष्टी गरेको छ । उक्त घटनामा परि चर्चको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् भने अन्य केही घाइते भएका छन् । घाइतेहरुको स्थानीय लेडी रीडिंग अस्पतालमा उपचार भइरहेको छ ।

यस घटनामा मारिएका सबैजनाका परिवारजनलाई प्रभुबाटको शान्ति र सामर्थ्य प्राप्त भएको होस् साथै घाइते हुनुभएका सम्पूर्णको स्वास्थ्य छिटो भन्दा छिटो सुधार भएको होस् अनि पाकिस्तान देशले आतंकबादको बन्धनबाट सधैंको निम्ति मुक्ति प्राप्त गरेको होस् भनेर प्रार्थना गरिदिनुहुन नेपाल चर्च डट कम सम्पूर्ण पाठकहरुमा हार्दिक अपिल गर्दछ ।

Facebook Comments

Category: News & Events, world


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4