• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अञ्जू पन्तको आत्मकथा

by NC Reporter
September 17, 2013
in On the Media

onlinekhabar.comबाट जस्ताको तस्तै

चर्चित गायिका अञ्जू पन्तको वियोगान्त कथा

मैले किन बिहे गरें ? छोरीले गाली गर्छे

१ असोज,  काठमाडौं । एक्लै भएपछि कहिलेकाँही प्रेम प्रस्तावले हैरान पार्दा रहेछन् । केही फ्यानका प्रस्तावले हैरान भएकी छु । ए लेभल पदमा रहेका व्यक्तिहरु, ठुल्ठुला बिजनेस म्यान, एनआरएनहरु सबै क्षेत्रका फ्यानहरुले प्रस्ताव राख्नुहुन्छ । ‘अञ्जुजी, जिन्दगीलाई यसरी लानुपर्छ’ भनेर सँगै हिँड्ने बाचा पनि गर्छन् । बिहेको प्रस्ताव गर्नेमा आर्मीको मेजरभन्दा माथिल्लो ओहोदाका व्यक्ति धेरै छन् । राजनीतिक दलका ठुल्ठुला नेता पनि मरिहत्ते गर्छन् । केही मन्त्रीले एसएमएसमा गीत नै लेखेर पठाउँछन् ।

अब मलाई न साथी चाहिएको छ, न जीवनसाथी नै । सेक्सको भोको न म हिजो थिएँ, न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु । त्यसैले पनि सेक्सतिर ध्यान जाँदैन । मैले किन बिहे गरें ? त्यो गल्तीका लागि अहिले मलाई छोरी (परितोषिका) ले गाली गर्छे ।

anju-panta

पीडादायी वाल्यकाल

मेरो पुख्र्यौली घर फर्पिङ हो तर, म मामाघर तेह्रथुममा जन्मिएँ । जयबहादुर पन्त र मनु योञ्जन पन्तका पाँच सन्तानमध्ये म कान्छी हुँ । बुबा हक्की स्वभावको हुनुहुन्थ्यो रे, आफ्नै पौरखमा बाँच्छु भनेर घर छाड्नुभएछ । र, जागिरको सिलसिलामा तेह्रथुम पुगेर त्यहीँ घरजम गर्नुभएछ । म तीन वर्षकी हुँदा परिवारसहित काठमाडौँ र्फकनुभएछ ।

बाल्यकाल मेरो त्यति सुखद् रहेन । ममीको पीडा हेरेर हुर्किएँ । १२ वर्षकै उमेरमा उहाँको माइलो छोरा बित्यो । त्यसको दुई वर्षपछि युवा उमेरमै श्रीमान् पनि परलोक हुनुभयो । त्यसबेला म आठ वर्षकी मात्र थिएँ । त्यतिबेला ममी जिउनै गाह्रो हुने स्थितिमा पुग्नुभयो । माइती -तेह्रथुम) जाउँ भने धेरै टाढा, घर (फर्पिङ) जान पनि गाह्रो । धेरै तनाबका कारण उहाँ मानसिक बिरामी नै हुनुभयो । अहिले ठीक हुनुभएको छ । त्यसैले म ममीलाई धेरै माया गर्छु । त्यतिखेर फुपू जानकी केसीले साथ नदिनुभएको भए हामीलाई बाँच्नै समस्या पथ्र्यो । र, आज म यो स्थितिमा शायदै पुग्थें ।

रेडियोमा गीत बज्दा शरीर चल्मलाउँथ्यो

सानोमा म ज्ञानी बच्चा थिएँ । घरको काममा पनि त्यस्तै । रातिको १२ नै किन नबजोस्, किचेन सफा गरेर मात्रै सुत्थें । मैले माझेको सिल्भरको बाटामा ऐना हेर्न मिल्थ्यो । ‘मेरी भदैनीले सबै भाँडा प्वाल पार्ने भई’ भनेर फुपू गाली गर्नुहुन्थ्यो ।

गाउन र नाच्नमा पनि म औधी नै रुचि राख्थें । तर, एक्लै हुँदा मात्रै । रेडियोमा गीत बजेपछि मेरो शरीर आफै चल्मलाउँथ्यो । रेडियोको वरिपरि सबैजना हुने, हत्त न पत्त तल झरेर एक्लै नाच्थें । गाउने पनि त्यस्तै, सबैजना छन् भने केटाको जस्तो आवाज निकालेर हाइफाई तरिकाले गाइदिन्थें । एक्लै हुँदा भने सुरिलो आवाजले गाउँथेँ । मेरा यी हर्कतबाट फुपू भने राम्रै परिचित हुनुहुन्थ्यो ।

मनोजसित पहिलो भेट

अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता थियो ०५४ सालमा । त्यो प्रतियोगितामा म गाउँदै थिएँ, मनोजराज शिवाकोटी पनि त्यही प्रतियोगितामा प्रतिस्पर्धी रहेछन् । त्यतिबेला म फुच्ची थिएँ, कपाल थाइकट थियो, घुँडाघँडासम्म आइपुग्ने फ्रक लगाएकी थिएँ ।

मनोजराजजीले त्यहीँ नै मलाई पहिलोपटक देख्नुभएको थियो । उहाँले घर पुगेपछि सबैलाई भन्नुभयो रे, ‘हेर्दा फुच्ची छ, आवाज ऐनाजस्तो प्रस्ट छ, त्यही फुच्चीले जित्छे ।’ उहाँले सोचेजस्तै भयो, म फस्र्ट भएँ, मनोजजी छैठौं हुनुभयो । त्यहाँदेखि त उहाँले मलाई ‘फलो’ गर्न थालिहाल्नुभयो नि । ‘हामी सँगै सिक्नुपर्छ है, साथी बनौं, सँगै प्राक्टिस गरौं’ भन्दै उहाँ नजिकिन खोज्नुहुन्थ्यो । ‘नाई, म प्राक्टिस आफ्नै दाइहरुसँग गर्छु’ भनेर म तर्किन्थें ।

मलाई भेट्न उहाँ रेडियो नेपाल नै आउनुहुन्थ्यो, इन्स्टिच्युटमा पनि पुग्नुहुन्थ्यो । मेरी साथी (बाला दिदी) लाई ‘हिन्स’ दिनुहुन्थ्यो, बाला दिदीसँग कुरा गरेर मसँग नजिक हुन खोजेको चाल म थाहा पाइहाल्थें । उहाँ नजिक हुन खोज्नुहुन्थ्यो, म टाढा भाग्थें। मैले वास्तै गर्न छाडेपछि हामीबीच ग्याप भयो ।

लभ चल्दा नै झपड हानेर बेहोस बनाए

शंकैशंकाबाट सुरु भयो हाम्रो जीन्दगी । बिहे भएको केही दिनदेखि नै उहाँले मलाई पिट्न थाल्नुभयो । हुन त उहाँले बिहेअघि पनि पिटेर बेहोस् पार्नुभएको थियो । सामान्य विवादमा ठमेलको बीच बाटोमै मलाई जोडले थप्पड हान्नुभाथ्यो । म त बेहोसै भएँछु । पछि, उहाँले नै ट्याक्सीमा हालेर घर पुर्‍याउनुभएछ । म होसमा आएपछि उहाँले ‘आई लभ यू, सरी’ भन्नुभयो, मेरो कोमल मन पग्लिइहाल्यो ।

अहिले पछुतो लाग्छ, त्यतिबेला मैले त्यो थप्पडको जवाफ दिएको भए आज यो दिन देख्नुपर्दैनथ्यो होला । मैले अनुभव गरें, केटा मान्छेको हात एकपटक उठेपछि त्यसलाई रोकेन भने उठेको उठ्यै गर्दोरहेछ । त्यसले झन्झन् ठूलो रुप लिने रहेछ । बिहेअघि नै उहाँले ममाथि शंका गर्ने, त्यस्तो हुँदाहुँदै पनि मैले किन बिहे गरंे, त्यो गल्तीका लागि अहिले मलाई छोरी (परितोषिका) ले गाली गर्छे ।

पटक-पटक मर्न खोजें

एकपटक म सुत्केरी भएको २२ दिनमै नानाभाति शंका गरेर मनोजजीलेे झगडा गर्नुभयो । धेरै सम्झाएँ तर पनि केही चलेन । एकदमै दिक्क लाग्यो । अनि, रुँदै चुलेसीले आफ्नै हात काटें । त्यो खत अझै मेटिएको छैन ।

विभिन्न ठाउँमा कार्यक्रम तय भइसकेको हुन्छ, पिटाइले अनुहारभरि दाग हुन्थ्यो । त्यसरी पनि कुट्ने हो त ? आँखा सुन्निँदा चश्मा लगाएर गाएकी छु । झन् हङकङको प्रोग्राममा त धेरैभन्दा धेरै मेकअप गरेर घाउ लुकाउने कोशिष गरें । गाथा एल्बम गर्दा कुटेर नाक नै भाँचिदिएका थिए । संगै अमेरिकामा भएका बेला मेरो एउटा औंला नै भाँचिदिए ।

छुट्टी कै दिन रातभरि कुटाकुट भयो

विदेशमा धेरै कन्सर्टमा जान्थें । तर, दुवैजना सँगै भने गएका थिएनौं । सँगै जाने उहाँको पनि इच्छा थियो, ‘एकैचोटि अमेरिका नै जाऔं न त’ भनेर उहाँलाई पनि सँगै लगें । त्यहाँ पनि उहाँको स्वभाव फेरिएन, झगडा गरेर मेरो एउटा औंला नै भाँचिदिनुभयो । दुई महिनाको कार्यक्रम थियो, म फर्किएँ, उहाँ उतै बस्नुभयो । केही महिनापछि उहाँ पनि र्फकनुभयो । फर्केपछि त झन् दिनरातको टर्चर सुरु भयो । अरुको कुरा सुनेर दिनरात नै पिट्न थाल्नुभयो ।

उहाँसँग छुट्टनिुअघि रातभरि नै झगडा पर्‍यो । बिहानको चार बजिसक्यो, कुटेको कुट्यै मात्र गर्छन् । ‘तँ किन कुरा बुझ्दिनस्’ भन्दै घाँटी ङ्याके । सास नै जालाजस्तो भाथ्यो, धन्न छाडे । त्यो दिन त अति नै गरे । मेरो ओठ, गाला सबै सुन्निएको थियो । रिसले मेरो पनि कन्परा घुम्यो । यसै भएन, उसै भएन भनेर देब्रे हातले मज्जाले बजाएँ । बेस्करी मुड्की बजाएकी थिएँ, एक मुड्कीमै उहाँको आँखा रातै भयो ।

यसरी क्रियश्चियन बनें

फ्यानहरु सम्झन्छु । कतिपल्ट त एक्लै रुन्छु । कति धेरै माया गरेका होलान् जस्तो लाग्छ । कुनै पनि गायकलाई आयोजकले डेढ वर्षसम्म कुरेको सायदै इतिहास छ । तर, मलाई कुरे । बाहिरबाट पैसा ल्याएर होटलमा बसेका थिए । मेरो पारिश्रमिक महँगो छ, मलाई तिर्न ल्याएको पैसा सकिइसक्यो । होटलमा अझै कति दिन बस्नुपर्ने हो थाहा छैन । मलाई फोन गरेर भन्थे, ‘डाक्टरले अब कति दिन टाइम लाग्छ भनेका छन्, एक महिना, डेढ महिना, तीन महिना ? हामी कुर्छौँ ।’ उनीहरुको कुरा सुनेर म धुरुधुरु रुन्थेँ ।

काठमाडौँमा म एक्लै टोलाउँथेँ । काठमाडौँबाहिर बहिनी फ्रेस हुन्छिन् कि भनेर दाजु र साथीहरुले मलाई वीरगन्ज पुर्‍याउनुभयो । त्यहाँ हाम्रा सानोबुबाको परिवार थियो । शुक्रबार पुगेका थियौँ, शनिबार त्यहाँको एउटा ठूलो हलमा सबैजना बस्यौँ । एक, दुई, चार गरी अडियन्सहरु बढ्न थाले । मलाई सबैले चिन्थे, म कसैलाई नचिन्ने । सानोबुबाले मलाई सल दिएर घुम्टी लगाऊ भन्नुभयो । मैले त्यसै गरेँ । पछि थाहा भयो, मेरो सानोबा पास्टर र सानीआमा पास्टर्नी हुनुहुँदो रहेछ । पास्टर बाले मलाई छोएर ‘हे प्रभु तपाईंले बनाउनुभएको सुनको शिष्यलाई (सिसी) कसैले पनि तहस-नहस पार्न नसकोस्’ भन्नुभयो । त्यो शब्द सुनेपछि भक्कानो फुटेर आयो । जिन्दगीमा धेरै रोएँ तर, त्यस्तो त म कहिल्यै रोएकी थिइनँ ।

बेलुकी भजन-कीर्तनको कार्यक्रम थियो । मेरो आवाज खुलेकै थिएन । तर, भजन किताबबाट आठ नम्बरको भजन मलाई गाउन लगाइयो । ‘महान् ईश्वर गर्छु म प्रशंसा तपाईंको’ भजन मैले गाउनुपर्ने भयो । हाइरेन्जमा थियो त्यो भजन । भजन गाएको त बेलुका सललल मेरो आवाज खुल्यो । म रोएँ, उफ्रेर नाच्न थालेँ, यता कुदेँ, उता दगुरेँ । दाइहरु पनि रुनुभयो । त्यसपछि पास्टर बुबा राजकुमार घिमिरे र पास्टर्नी आमा कमला घिमिरेले मलाई ग्रहण गरिदिनुभयो । त्यसपछि बाइबल पढ्न थालेँ, त्यसबाट प्रभावित भएर अहिले म क्रिश्चियन बनेँ ।

तीन वर्षमा तीन तले घर बनाएँ

त्यतिबेला मसँग पैसा थिएन । पैसा त मैले धेरै नै कमाएकी थिएँ तर, सबै खर्च भइसकेको थियो । कहिल्यै नकमाएको पैसा कमाउन थालेँ । पाँच लाख रुपैयाँ बैना गरेर एकतले घर किनेँ । डेढ वर्षको अवधिमा तीन तलाको घर बनाएकी छु । दाजु, भाउजू, ममी, फुपू सबै सँगै बसेका छौँ ।

न योजना, न सपना

बूढासँगै हुँदाचाहिँ योजनाहरु बनाउँथेँ । आफ्नै म्युजिक कम्पनी खोल्ने, इन्स्टिच्युट खोल्ने, कटेज जस्तो घर बनाउनेजस्ता सपनाका कुरा गथ्र्यौं । अब त्यस्ता केही योजना छैनन्, मेरा सबै कुरा विशुद्ध छोरीमाथि मात्रै केन्द्रित हुनेछ ।

(मिमर न्यूज मासिककालागि गायिका अन्जु पन्तसित प्रवीण बुढाथोकीले गरेको कुराकानीमा आधारित  )

ource: http://www.onlinekhabar.com/2013/09/116093/

Related Posts

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

May 18, 2019

८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”

April 17, 2019
४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

March 13, 2019
कसले त्यसको जोखिम र/वा जश उठाउने ?

कसले त्यसको जोखिम र/वा जश उठाउने ?

January 27, 2019

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In