• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

६ येशूको जन्मको घोषणा (मत्ती १:१८-२५)

by Tanka Subedi
August 5, 2013
in Sermons/Teachings

प्रीय मित्रहरू
हामीले प्रभु येशू ख्रीष्टको जीवनीका भागहरूलाई गहिरिएर हेरिरहेकाछौं। आज हामी येशू जन्मनुभन्दा अगाडि भएका केही घटनाहरूलाई हेर्नेछौं।
मत्ती १: १८-२५ पढौं।

 येशू ख्रीष्टको जन्म यस प्रकारले भयोः उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे।
तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, ” योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ , किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”
अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन् “हेर, एउटा कन्याले गर्भधारण गर्नेछे, र त्यसले एउटा पुत्र जन्माउनेछे, र उहाँको नाउँ इम्मानुयल राखिनेछ, ” जसको अर्थ हो, ” परमेश्वर हामीहरूसँग।”
योसेफ निन्र्दाबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रुपमा स्वीकार गरे। मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशू राखे।

कस्तो समस्या र विडम्बना? योसेफ एक धार्मिक मानिस थिए। उनको मगनी एक असल चरीत्र भएकी कन्या मरियमसँग भएको थियो। तर अचानक मगनी भएको ३ महिनामा मरियम आफ्नी नातेदार इलीशिबाको घरबाट र्फकदा गर्भवती भएकी थिइन। यो कुरा सुनेर योसेफ ठूलो चिन्तामा परे।
यहूदीहरूको नियमअनुसार यसरी एउटासँग मगनी गरेर अर्काको बच्चा गर्भधारण गर्ने स्त्रीलाई ढुंगाले हानेर मार्ने चलन थियो। तर योसेफले यस्तो कुकर्म नगरी सो स्त्रीलाई सुटुक्कै छोड्ने निधो गरे।
तर अचानक राती सपनामा परमेश्वरका एकजना स्वगदूतले योसेफलाई मरियमलाई नत्याग्ने सल्लाह दिए र योसेफले यो कुरालाई सजिलै स्वीकार गरे। योसेफ एकदमै विश्वासी मानिस थिए। स्वगदूतको कुरालाई उनले विश्वास गरे र मरियमको गर्भमा भएको बालक पवित्र आत्मा परमेश्वरद्वारा भएको कुरा विश्वास गरे।
यही घटनालाई अब हामी सुसमाचारको अर्को पुस्तक लूकामा पनि हेरौं
योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको शहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए।
लूका २०: ४
येशूको जन्म यहूदियाको बेथलेहेममा भएको थियो तर योसेफ र मरियमको घर भने गालीलको नासरतमा थियो।
यही नारसतमा एउटा स्वगदूतले दुइजना व्यक्तिलाई येशूको जन्मको घोषणा गरेका थिए।
लूका १०: २६-२७ मा मरियमलाईः

छैटौँ महीनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको शहरमा पठाउनुभयो। तिनी एउटी कन्ये केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एउटा मानिससँगभएको थियो। त्यस कन्याको नाउँ मरियम थियो।
लूका १०: २६-२७
मत्ती १०: २० मा योसेफलाई:

तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, ” योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।”
मत्ती १०: २०
यी दुवै घोषणा एउटै शहरमा भए तर एकै पटक भएनन्। यी ३ महिनाको अन्तरालमा भएका घटनाहरु थिए।
अब हामी एउटा महत्त्वपूर्ण प्रश्नलाई हेरौं।
येशूका बुवा को हुन् ?

येशू ख्रीष्टको जन्म यस प्रकारले भयोः उहाँकी आमा मरियमको मगनी योसेफसँगभएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो।
मत्ती १०: १८
यो पद अनुसार योसेफ येशूका पिता होइनन्। उनी त केवल संरक्षक मात्र हुन्। त्यसैकारणले त येशूको वंशावलीमा योसेफलाई पिता भनी लेखिएको छैन। यस वंशावलीमा भएका सबै पुरुषलाई पिता भनिएको छ तर योसेफलाई मात्र पिता भनिएको छैन। कति अचम्म!
साँच्चैनै बाइबल पूर्णरुपमा परमेश्वरको प्रेरणामा लेखिएको पुस्तक हो नत्र भने यस्ता सानातिना कुरा पनि कसरी ठीकसँग अभिलेख गर्न सकिन्थ्यो ?
एक पटक यी दुइ घोषणाका मूल सन्देशलाई हेरौं।

प्रथम घोषणा मरियमसँग।
दोस्रो घोषणा योसेफसँग।
मरियमसँगस्वर्गदूत बोल्दा साँच्चै मरियम अलमल्ल परिन् र स्वर्गदूतलाई भनिन्, ” यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।”
लूका १०: ३४
स्वर्गदूतको जवाफ यस्तो थियोः
स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, ” पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
लूका १०: ३५

यसबाट स्पष्ट हुन्छ येशूका पिता त परमेश्वर नै हुनुहुन्थ्यो।
यो घोषणाको बारेमा योसेफलाई केही थाहा थिएन। त्यसकारण उनी पनि रनभुल्लमा थिए कि गर्भमा भएको बालकको पिता को होला? तर परमेश्वरका त्यही दूत उनीकहाँ पनि देखा परे र येशूका पिता परमेश्वर हुनुहुन्छ भन्ने कुरा स्पष्ट पारे।
लगभग ७०० वर्षअगाडि यशैया अगमवक्ताले येशूको जन्मको अगमवाणी गरेका थिए।

” हेर , एउटा कन्याले गर्भधारण गर्नेछे, र त्यसले एउटा पुत्र जन्माउनेछे , र उहाँको नाउँ त्यसकारण इम्मानुएल राखिनेछ, ” जसको अर्थ हो, ” परमेश्वर हामीहरूसँग।”
मत्ती १०: २३
माथिका पदहरूमा हामीले कन्या र इम्मनुएल भन्ने शब्दहरू देख्यौ। अब हामी यसको अर्थलाई हेरौ।
इम्मानुएल: यो शब्द हिब्रू शब्द हो। यसको अर्थ ‘परमेश्वर हामीहरूसँग’ हो। प्रभु येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ र उहाँ हाम्रो बीचमा हुनुहुन्छ।
कन्याः कुनै पनि अविवाहित स्त्रीलाई कन्या भनिन्छ। येशू कन्याबाट जन्मनुभएको हो। अर्थात् उहाँकी मानव आमा थिइन् तर मानव बुवा थिएनन्। वास्तवमा येशूका बुवा त परमेश्वर नै हुनुहुन्छ। येशू ख्रीष्ट जन्मनुहुँदा नै दुइवटा स्वभाव लिएर जन्मनुभयो।
मानव स्वभाव
इश्वरीय स्वभाव
आमा – मरियम – मानव
पिता – परमेश्वर – ईश्वर

मानिस जन्मदा मानिसमा एउटा मात्र मानवीय स्वभाव हुन्छ। तर नयाँ जन्म पाएपछि हामीले इश्वरीय स्वभाव पनि पाउँछौं।

यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान् प्रतिज्ञाहरू दिनुभएको छ, कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका सहभागी होओ।
२ पत्रुस १०: ४
प्रभु येशू दुइवटा स्वभाव भएको एउटा व्यक्ति हुनुहुन्छ। येशू जस्तो दुइवटा स्वभाव भएको अर्को कुनै व्यक्ति छैन।
मरियम, योसेफ, आदम, मोशा, सन्तहरू, राजाहरू, देव देवीहरू, – सबैको मानबिय स्वभावमात्र छ। परमेश्वर पिता र पवित्र आत्मा परमेश्वरको इश्वरीय स्वभाव मात्र छ ।
स्वर्गदूतको झन् भिन्दै स्वभाव छ।
प्रभु येशूमा मात्र दुइ स्वभाव छन्।
अब एकछिन यसको महत्वलाई हेरौं।

चित्रमा हामी देख्न सक्छौं एकातिर मानिस छ र अर्कोतिर परमेश्वर हुनुहुन्छ। बीचमा पाप छ। यो बीचको पापलाई पार गरेर मानव स्वभाव भएको व्यक्ति परमेश्वरकहाँ पुग्न सक्दैन। त्यसै गरी ईश्वरीय स्वभाव भएको परमेश्वरले पापलाई छोएर मानिसकहाँ आउन सक्नुहुन्न तर दुवै प्रकृति/स्वभाव भएका हाम्रा प्रभु येशू ख्रीष्ट यो पापको खाडललाई पार गर्ने पुल बन्नु भएको छ।
प्रीय मित्रहरू मुक्तिको लागि यदि तपाईंले प्रभु येशू ख्रीष्ट बाहेक अरु कसै माथि भर पर्नु भएको छ भने आज नै होश पुर्याउनुहोस्। तपाईंलाई परमेश्वरकहाँ पुर्याउन सक्ने एकमामत्र व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ।
यदि तपाईंले प्रभु येशू ख्रीष्टलाई आज आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरी अनन्त जीवन प्राप्त गर्न चाहनुहुन्छ भने प्रार्थना गर्नुहोस्।

प्रार्थना:
येशू ख्रीष्ट आज म मेरो जीवन तपाईंलाई दिन चाहन्छु। तपाईं परमेश्वरकहां जाने एक मात्र बाटो हुनुहुन्छ भनी मैले थाहा पाए।
मेरो हृदयमा आउनुहोस्। मेरा सबै पापहरू क्षमा गर्नुहोस्। म तपाईंलाई मेरो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछु।
आमेन।

Republished in new layout on 8/5/2013

Related Posts

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018

खुसी कसरी हुने

May 12, 2017

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In