• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नम्रताको घोषणा

by Tanka Subedi
August 5, 2013
in Sermons/Teachings

 नम्रताको घोषणा, मत्ती ७:१-६
(दण्डहीनताको अन्त्य, सत्य निरुपण तथा मेलमिलाप)

प्रिय मित्रहरू,

स्वर्ग राज्यमा मानिसको जीवनका अत्यन्तै महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गरिन्छ। दोष र दोषीलाई गरिने कारवाहीको व्यवस्थाबारे पनि स्वर्ग राज्यमा स्पष्ट छ। हरेक व्यक्ति जसले अपराध गर्छ त्यसले सजाय पाउँछ। यो व्यवस्था स्वर्गको राज्यमा स्पष्ट छ। साथै मेलमिलाप, क्षमा र सत्य निरुपणको व्यवस्था पनि यहाँ पाइन्छ।

कुनै पनि व्यक्तिलाई दोषी ठहराउने वा नठहराउने काम अदालत र न्यायधीशको हुन्छ। स्वर्गको राज्यमा सर्वोच्च न्यायधीश प्रभु येशू स्वयं हुनुहुन्छ।

परमेश्वरले आफ्नै स्वरूपमा सृष्टि गर्नुभएका मानिसहरूलाई दोष लगाउनु हाम्रो लागि राम्रो कुरा हुन सक्दैन। त्यसैले प्रभु येशूले सिकाउनु भएको छ अरूलाई दोषी नदेखाऊ तर आफैलाई जाँच।
मत्ती ७:१-६ पढौं।
“अरूलाई दोषी नठहराओ, र तिमीहरू पनि दोषी ठहराइनेछैनौ। किनभने जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछौ। जुन नापले तिमीहरू नाप्तछौ, त्यसै गरी तिमीहरूका निम्ति पनि नापिनेछ। किन तिमी आफ्नो भाइको आँखामा भएको धूलोको कण देख्तछौ, तर तिम्रो आफ्नै आँखामा भएको मूढाचाहिँ थाहा पाउँदैनौ? अथवा तिम्रो आफ्नै आँखामा मूढा छ भने कसरी तिमी तिम्रो भाइलाई भन्नन सक्छौ, मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ। ए पाखण्डी, पहिले आफ्नै आँखाबाट मूढा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्नलाई तिमी सफासँग देख्नछ सक्नेछौ। जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्ना खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान्।”

हाम्रो मानवीय स्वभावले गर्दा हामीले सुरुमै अरूको दोष देख्छौं तर आफैलाई भने हेर्दैनौं। यस कुरालाई दर्शाउन प्रभु येशूले कसिंगर र मू्ढाको उदाहरण दिनुभएको छ। आफ्नो आँखाको मूढा नहटाई हामीले अरूको आँखाबाट कसिंगर निकाल्न सक्दैनौं। त्यसैले अरूलाई दोष लगाउनु अगाडि आफैलाई जाँच्नुपर्छ।

फिलिप्पी २:३ पढौं।
स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान।

नम्रतामा अरूलाई आफूलाई भन्दा ठूलो मान्नुत आवश्यक छ। अनावश्यक रूपमा दोष लगाउने, नियमहरू थोपर्ने र अरूलाई ती गर्न बाध्य पार्ने काम हामीले गर्नुहुँदैन। यस्तो काम त फरिसीहरू (शास्त्रमा परम्परागत धर्मगुरु)ले गरेका थिए तर प्रभु येशूले त उनीहरूलाई ‘पाखण्डी’ भन्नु भयो।

वास्तवमा हामी सबै मानिस पापी छौं र सबै दण्डको भागी छौं। संसारमा भएको एक जना मात्र व्यक्ति पनि आफै पापरहित छैन र सजायबाट उम्कन सक्दैन। तर प्रभु येशूको अनुग्रहमा हामीले हाम्रो सजाय उहाँलाई दिएर मुक्ति ग्रहण गरेका मात्र हौँ। त्यसैले होशियार, तपाईं आफै स्वयं मृत्यु दण्ड पाउने योग्यको अपराध गरेका व्यक्ति हुनुहुन्छ भने अर्कालाई किन दोष लगाउने?

पाप, पाप नै हो यसको दण्ड मृत्यु हुन्छ। पाप सानो र ठूलो हुँदैन। सबै पाप परमेश्वरको विरुद्धमा हुन्छन् र त्यसको एक मात्र सजाय मृत्यु हो। यदि हामीले आफ्ना अपराधीलाई कडा भएर व्यवहार गर्यौंर र क्षमा गरेनौँ भने हामीले पनि त्यही नापमा सजाय पाउनेछौँ।

यसको अर्थ मण्डलीमा वा हाम्रो समाजमा भएका हरेक अपराधलाई चुपचाप सहनुपर्छ भनिएको भने होइन। तर कसैलाई पनि निर्मम, निष्ठूर, दयाहीन भएर कारवाही गर्नुहुँदैन मात्र भनिएको हो। हाम्रो समाजको हरेक व्यक्तिले आफूले गरेको गल्ती थाहा पाउनुपर्छ र आफैलाई सुधारेर देखाउने अवसर पाउनु पर्छ। यो अवसर दिनु हामी सबैको कर्तव्य हो।

एउटा उदाहरण हेरौं

तर येशू जैतून डाँडामा जानुभयो। उहाँ एकाबिहानै फेरि मन्दिरमा जानुभयो, र सबै मानिसहरू उहाँकहाँ आए, र उहाँ बस्नुभयो, र तिनीहरूलाई शिक्षा दिनुभयो। शास्त्री र फरिसीहरूले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई ल्याए र त्यसलाई माझमा उभ्याए। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, यो स्त्री व्यभिचारको कर्ममा पक्राउ परी। व्यवस्थामा मोशाले यस्ताहरूलाई ढुङ्गाले हान्ने हामीलाई आज्ञा दिएका छन्। तपाईं यसको बारेमा के भन्नु‍ हुन्छ?” तर तिनीहरूले उहाँको जाँच गर्नलाई, र उहाँमाथि अभियोग लाउन सकिन्छ कि भनी यसो भनेका थिए। येशूले निहुरेर भूइँमा औँलाले लेख्नुभभयो।तर जब तिनीहरूले उहाँलाई सोधी नै रहे, तब उहाँले खडा भएर तिनीहरूलाई भन्नुतभयो, “तिमीहरूमा जो पापरहित छ, त्यसैले त्यस स्त्रीलाई पहिले ढुङ्गाले हानोस्।” अनि फेरि निहुरेर उहाँले भूइँमा औँलाले लेख्नुसभयो। तर जब तिनीहरूले यो सुने तब ठूलादेखि शुरू गरी सानासम्म एक-एक गरेर गए, र येशू त्यस स्त्रीसँग एकलै छोडिनुभयो, अनि त्यो स्त्रीचाहिँ उहाँको अघि उभिरही। येशूले त्यस स्त्रीलाई हेरेर भन्नुहभयो “ए नारी, तिनीहरू कहाँ गए? के कसैले तिमीलाई दण्ड दिएन?” त्यसले भनी “प्रभु कसैले दिएन।” येशूले भन्नु भयो, म पनि तिमीलाई दण्ड दिन्नँ।जाऊ अनि फेरि पाप नगर।”
यूहन्ना” ८:१-११

त्यो स्त्री दोषी थिई र मानिसहरूले उसलाई निर्दयी तरिकाले न्याय गर्न खोजिरहेका थिए। प्रभु येशूले दया सहित त्यस स्त्रीलाई आफ्नो दोष स्वीकार्ने र सुधार्ने मौका दिनुभयो। मलाई लाग्छ त्यो स्त्रीले फेरि कहिल्यै व्यभिचारको पाप दोहोर्या इन होला।

यसरी नै हामी हरेकले पनि एउटाले अर्कोलाई उच्च ठानेर, व्यवहार गर्नुपर्छ। कसैले कुनै खराबी गरेमा कसरी त्यसको उपचार गर्ने भन्ने विषयमा बाइबल एकदमै स्पष्ट छ।

तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्योर भने गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने तिम्रो भाइ आफ्नो भयो। तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्बारा प्रत्येक कुरा पक्का होस्। यदि त्यसले तिनीहरूका कुरा पनि सुन्नै इन्कार गर्यो भने मण्डलीलाई भन।त्यसले मण्डलीको बात पनि सुन्ना इन्कार गर्यो भने, त्यो तिम्रो लागि अधर्मी र कर उठाउने सरह होस्।
मत्ती १८:१५-१७

सर्वप्रथम एक्लै भेटेर सुधार्ने काम गर्नुपर्छ। त्यसपछि पनि सार्वजनिक रूपमा बेइज्जत हुने गरी दोष लगाउन हुन्न। असम्भव नै भएमा मात्र कुनै व्यक्तिलाई मण्डलीका अगुवाको सहमतिमा दोषी भन्नो सकिन्छ।

तर यदि कसैले तपाईंको सुझाव र सल्लाहलाई खिसीको रूपमा उडाउँछ, मान्दैन, वास्ता गर्दैन भने, त्यस्ता व्यक्तिसँग सरोकारै नराख्नु उत्तम हुन्छ।

जे पवित्र छ सो कुकुरहरूलाई नदेओ। आफ्ना मोतीहरू सुँगुरका अगाडि नफाल, नत्रता तिनले आफ्ना खुट्टाले तिनलाई कुल्चलान् र फर्की तिमीलाई हमला गर्लान्।
मत्ती ७:६

समर्पण र सामीप्यता नभएका व्यक्तिलाई हामीले कुनै पनि प्रकारले सुधार गर्न सक्दैनौं। हामी हरेक परमेश्वर प्रति समर्पित र नजीक हुनुपर्छ। त्यसैगरी मण्डलीमा पनि समर्पित र नजीक हुनुपर्छ। यसबाट नै हामी नम्रतामा एउटाले अर्कोलाई श्रेष्ठ ठानेर आफ्ना गल्तीहरूलाई सुधार्दै अगाडि बढ्न सक्छौं।
आमेन्।

Buy a book of all 9 sermons on Ghosana Patra from ITEEN or Support independent publishing: Buy this book on Lulu.

Republished in  new layout on 8/5/2013

Related Posts

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018

खुसी कसरी हुने

May 12, 2017

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In