• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

समाधिस्थलको लागि खुल्ने भयो, लेले ?

by Bishwas Thapa
June 26, 2013
in Articles

लेलेमा समाधि गर्न किन रोक्यो ? र यसको पृष्ठभुमी लेलेमा उपत्यकाका विभिन्न मण्डलीहरू तथा संस्थाहरूले समाधिस्थलको लागि नै किनेको जग्गा थियो। ६०, ७० रोपनी जग्गा लेलेमा रहेको जानकारी प्राप्त भएको छ। आफ्नो जग्गा भएको कारणले गर्दा लास लगेर ३, ४ फिट मात्र खनेर लास गाडिएको थियो। यो नै सबैभन्दा ठूलो भुल थियो ? किनभने सो लासहरूलाई कुकुर, स्याल आदिले खोत्लेरे लासको हाडहरू, घरहरूमा पुर्‍याएको, कागहरूले विभिन्न मासु घरको छाना तथा घरको आँगनमा पुर्‍याएको कारणले गर्दा त्यहाँका स्थानिय मानिसहरू आक्रोसित भएका थिए।

दाखबारी मण्डलीको जग्गामा मण्डली एउटा मात्र लास गाडेको थियो तर त्यहाँ ६ वटा लास नसोधी गाडिदिएका थिए। यस उदाहरणले त्यहाँको व्यवस्थापन धेरै नै कमजोर भएको देखिन्छ। खुल्ला जग्गामा कुनै पनि पर्खाल नभएको कारणले गर्दा यो घटना क्रम विकाश भएको हो। व्वयस्थापनको विषयमा कसैले चासो पनि नदिएको देखियो। अर्को कुरा तत्कालिन लेलेका जग्गाको जिम्मेवारी लिएका अगुवाहरूले यस विषयलाई सहज ढंगले लिए र घटनाको बारेमा अरू अगुवाहरूलाई खबर पनि नगरेको देखिएको छ। यो पनि लेलेको समाधिस्थल रोक्नुको कारण थियो। लेलेमा अब लास गाड्न नपाउने हल्ला फिजाएको तथा अर्को कारण ख्रीष्टियन समाजले आफ्नो लेटर हेडमा स्थानीयवासीहरूको विरूद्धमा उजुरी गर्‍यो र त्यसपछि लेलेका स्थानिय युवाहरूले अवरोध दिए। ति युवाहरूलाई जेलमा थुन्ने काम भयो। केही हाम्रा अगुवाहरू अव उसो लेलेमा लास गाड्दैनौ भनेर कागजमा हस्ताक्षर गरेर आए। यसरी नै घटना क्रम विकासले लेलेमा लास गाड्न रोकिएको हो। यो बेलामा लास गाड्नको लागि वनकालीमा भएको कारणले कसैको आँखा लेलेको जग्गामा नगएको देखिएको हो। ८ वर्ष अघि विश्वासीहरूको रगत, पसिनाले किनेको जग्गा उपभोग गर्न नपाएको कुरा बताउनु पर्दछ। राम्रो व्यवस्थापन नभएको कारणले गर्दा लेलेमा लास गाड्न नपाएको हो।

लेलेका स्थानीयहरू के भन्छन् ?

लेलेका स्थानीयहरू भन्छन्, “हाम्रो आँगनमा लासको हात, हड्डी ल्याउँदा पनि हामीहरूले कुनै पनि एक्सन लिएनौं तर हाम्रो माग राम्रोसँग व्यवस्थापन गर्नु भनेका थियौं। उल्टै हामीलाई दोष देखाएर धम्काउने तथा जेल हाल्ने काम हो।”

समाधिस्थलको अभाव कसरी सुरू भयो ?

पशुपतिको बनकालीमा लास गाड्नको लागि पाइरहेका थिए। यहाँसम्म त कुनै पनि समस्या थिएन तर जब झलनाथ खनालको नेतृत्वमा तत्कालिन संस्कृती मन्त्री मिलेन्द्र रिजाल हुनुहुन्थ्यो। वि.सं २०६८ फाल्गुन १४ गते पशुपतिको वनकाली क्षेत्रमा ख्रीष्टियन लगायत अन्य धार्मिक समुदायलाई समाधि गर्न नदिने निर्णय भयो। तब ख्रीष्टियन क्षेत्रमा लास गाड्नको लागि ठूलो समस्या भयो। यो समयसम्म आउँदा लेले बन्द भएको लगभग ८ वर्षभन्दा बढी भइसकेको थियो। समाधिस्थलको समस्या विक्राल भइसकेको थियो र ख्रीष्टियन महासंघले ४० दिनसम्म लामो अनसन गरे तर समाधिको लागि जग्गा पाउन सकेनन्। फेरी डा. बाबुराम भटराईको सरकारले महासंघसँग ७ बुद्धे सम्मझौता भए पनि आजसम्म पूरा भएको छैन।

समाधिको एजेन्डाले गर्दा इसाई समाज ध्रुवीकरण तर्फ ?

समाधिस्थलको समस्या होइन तर समाधिस्थलको एजेन्डाको कारणले इसाई समाज केही वर्षमै बाग्मतीको पानी जस्तै धमिलिएको छ। कस्ले समाधिस्थलको समस्यालाई समधान गर्न सक्छ भनेर अगुवाहरूको तिव्र प्रतिष्पर्धा पनि भइरहेको छ। ल्ऋँल् देखि ल्ऋक्, संविधानमा ख्रीष्टियन सुझाव समिति, नेपाल ख्रीष्टियन महासंघ, युक्यान, सरोकार समूह नेपाल, युवाहरूका स्वयसेवक मञ्चसम्म आइपुगेका इतिहास छ। यी सबैको पहिलो माग नै समाधिस्थलको व्यवस्थापन गर्न राखिएको छ। तर अहिलेसम्म हातमा लाग्यो जिरो छ। कोही भन्छन्, “सरकारले समाधिस्थलको लागि जग्गा व्यवस्था दिनुपदर्छ।” कोही भन्छन्, “देश धर्मनिरपेक्ष भएको कारणले सबै धर्म बराबर छन्, त्यसकारण मण्डलीको समस्या हो। मण्डलीले नै समाधान गर्नुपर्दछ।” कोही भन्छन्, “लासलाई जलाए पनि हुन्छ।” यस्ता विभिन्न आवाजले इसाई समाज अल्मलिएको छ। अगुवाहरूको बीचमा तनावभित्र असहमतिका ठूला ठूला खाड्ल दिनप्रतिदिन बढ्दैछ। साथै समाधिस्थलकै बारेमा को सही बकलात गर्दैछ ? सो पनि इसाई आकाशमा छलङ्ग देखिदैछ। पछिल्लो समयमा सक्रिय भई ख्रीष्टियन स्वयसेवक मञ्च नेपालले गरेको देखिएको छ।

लेलेमा मन लगाएर कसैले काम गरेन ?

बनकालीमा समाधि गर्न सरकारले रोकेपछि पनि कसैले मन लगाएर लेलेमा काम नगरेका देखिएको छ। लेलेको निजी मण्डलीहरूको जग्गा हो। कसैलाई हानी नपुग्ने गरि प्रयोग गर्न किन नपाउने ? राम्रोसँग गृहकार्य गरि प्रयोगमा ल्याउन सकिदैन र ? सायद फुर्सद नभएको कारणले गर्दा हो कि ? कहिले आन्दोलन, कहिले मिटिङ्ग, कहिले डेलिगेसन यस्तै यस्तै। लेलेको स्थानियबासीसँग जान अप्ठारो मानेका हुन् कि ? समाधिस्थललाई केही अगुवाहरूले राजनीतिक स्थल बनाएका पनि छन्। यस्तो भएमा इसाई समाज घरापमा पर्ने निश्चित छ। तर पछिल्लो समय भने युवाहरूको झुण्ड ख्रीष्टियन स्वयसेवक मञ्चले यो कामलाई मन लगाएर गरेको देखिएको छ। अगुवाहरू र लेलेका स्थानीयबासीहरूसँग सो मञ्चले संयोजक गरि लगभग काम फत्ते गर्न आँटेको छ। यस अभियानमा सबैको प्रार्थना र सहयोगको आवश्यकता छ।

Republished in new layout 6/26/2013

Previous Comment

dherai ramro ra chunautipurna
written by Ravi
Prajapati , November 26, 2012

biswasi samajma yesto messege puryaunu parchha ani
ramro sanga society ma basna sakchhau

Related Posts

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026

Discussion about this post

ताजा सामाग्री

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण

October 18, 2026

                  कात्तिक १, २०८३ आइतबार काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति...

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना

October 18, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

Recent Posts

  • नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाद्वारा शपथ ग्रहण
  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In