• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, November 25, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

चक्रवातको प्रभाव आजरातिदेखि नै क्रमशः कमजोर बन्दै जाने र भोलि (आइतबार) अपराह्नपश्चात् मौसममा स्पष्ट सुधार हुँदै जाने अनुमान गरिएको छ।

by Sushil Paudyal
October 31, 2026
in News & Events, Weather Forecast

   

१४ कात्तिक २०८३, शनिबार

काठमाडौं: बङ्गालको खाडीमा विकसित भई भारतको तटीय क्षेत्र हुँदै उत्तरतर्फ अघि बढेको चक्रवात ‘अर्णव’ को अवशेष तथा पश्चिमी वायुको प्रभावका कारण नेपालको मौसममा केही दिनदेखि उल्लेखनीय फेरबदल आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीको प्रभावले गर्दा विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा आज भारी वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको समेत सम्भावना रहेको छ। यसैगरी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी क्षेत्रहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

लगातारको वर्षा र मौसममा आएको अचानकको फेरबदलले जनजीवन केही मात्रामा प्रभावित बनेको छ भने पर्वतीय क्षेत्रमा चिसो बढेको छ। चक्रवातको यस किसिमको प्रणालीले नदीनालामा पानीको सतह बढ्न सक्ने तथा सडक यातायात एवं हवाई उडानमा समेत सामान्य अवरोध सिर्जना हुन सक्ने भएकाले मौसमविद्हरूले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्। विशेष गरी यात्रा गर्दा वा पहाडी तथा बाढी पहिरोको जोखिमयुक्त क्षेत्रमा रहँदा सावधानी अपनाउन जोड दिइएको छ।

तथापि, बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवात भारतमा शक्तिशाली बनेपछि कमजोर हुँदै न्यून चापीय प्रणालीको रूपमा नेपाल प्रवेश गरेको थियो, जसका कारण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा, हिमपात, हुस्सु र चिसो बढेको थियो। आम नागरिकका लागि राहतको खबर यो छ कि उक्त चक्रवातको प्रभाव आजरातिदेखि नै क्रमशः कमजोर बन्दै जाने र भोलि (आइतबार) अपराह्नपश्चात् मौसममा स्पष्ट सुधार हुँदै जाने र अधिकांश भूभागमा आंशिक बदली रही सफा बन्ने अनुमान गरिएको छ। मौसममा क्रमिक सुधार आएसँगै जनजीवन पनि सामान्य अवस्थामा फर्कने अपेक्षा गरिएको छ।

 

Related Posts

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

November 25, 2026
नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

November 25, 2026
पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

November 24, 2026
खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

November 24, 2026

Discussion about this post

ताजा सामाग्री

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी

November 25, 2026

  मंसिर ९, २०८३ बुधबार रुकुम पश्चिम । कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक तथा सांस्कृतिक मेला डिग्रे सम्पन्न भएको छ। रुकुम...

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार

November 25, 2026

०९ मंसिर २०८३, बुधबार दोहा । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको...

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी

November 24, 2026

    ०८ मंसिर २०८३, मंगलबार परासी । पश्चिम नवलपरासीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी २४ हजारभन्दा...

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन

November 24, 2026

  बाँके । खुला दिसामुक्त जिल्ला घोषणा भएको वर्षौं बितिसक्दा पनि बाँकेका १२ हजारभन्दा बढी घरधुरीमा अझै शौचालय नरहेको पाइएको...

Recent Posts

  • सकियो कर्णालीको प्रसिद्ध डिग्रे मेला, पाँच दिनमा पुगे करिब दुई लाख दर्शनार्थी
  • नेपाल ७२ रनमै समेटिदा पाकिस्तान सँग ९६ रनको हार
  • पश्चिम नवलपरासीमा भूमिहीनको विवरण संकलन, अब प्रमाणीकरणको तयारी
  • खुला दिसामुक्त घोषणा भएको बाँकेमै १२ हजारभन्दा बढी घरधुरी शौचालयविहीन
  • नेपाललाई भारतपछि चीनको पनि पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In