२१ असोज २०८३, बुधबार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। मंगलबारको कारोबारमा नेप्से परिसूचक ११.९६ अङ्कले बढेर २५७८.७३ विन्दुमा पुगेर बन्द भएको हो। परिसूचकमा सुधार आए पनि बजारको कुल कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा केही गिरावट आएको छ। सोमबार ३ अर्ब २७ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएकोमा यस दिन ३५९ वटा धितोपत्रका ८९ लाख ५५ हजार २३० कित्ता सेयर किनबेच हुँदै कारोबार रकम ३ अर्ब १३ करोड रूपैयाँमा सीमित भएको छ।
कारोबार भएका कुल कम्पनीहरूमध्ये १६९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी १५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। यस दिन त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्य सर्वाधिक ५.११ प्रतिशतले बढेर प्रति कित्ता २८८ रूपैयाँ पुगेको छ भने साल्पा विकास बैंकको मूल्य ३.७७ प्रतिशतले बढेर ८४० रूपैयाँ ५० पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा सर्वोत्तम पेन्टसको सेयर मूल्य सर्वाधिक ४.९४ प्रतिशतले घट्दा एनआइबिएल ग्रोथ फण्डको मूल्य पनि ४.४४ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो अग्रस्थानमा रहेको छ, जसको २३ करोड ९१ लाख रूपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ। त्यस्तै १३ करोड ९१ लाख रूपैयाँको कारोबारसहित लिभर्टी इनर्जी दोस्रो स्थानमा रह्यो। कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूह बाहेक बाँकी ११ वटा उपसमूहका सूचकहरू बढेर हरियाली बनेका छन्।














Discussion about this post