मंसिर १८, २०८१ मंगलबार
बीबीसीले सन् २०२४ सालको उत्कृष्ट १०० प्रेरणादायी र प्रतिभाशाली महिलाको सूचि सार्वजनिक गरेको छ।
बिबिसीले पर्यावरण, संस्कृति र शिक्षा, मनोरञ्जन, खेलकुद, राजनीति, वकालत, विज्ञान, स्वास्थ्य र प्रविधि जस्ता क्षेत्रमा रहेर योगदान पुर्याएका महिलाहरुलाई समावेशको गरेको छ ।
त्यो सूचीमा नेपालमा सबैभन्दा ठूलो प्लास्टिक रिसाइक्लिङ्ग नेटवर्क सञ्चालन गरेकी नेपालकी महिला शिलशिला आचार्य पनि परेकी छन्। उनको फोहोर व्यवस्थापन व्यवसाय, अवनी भेन्चर्सले विपन्न व्यक्तिहरूलाई रोजगारी प्रदान गर्नुका साथै र हरित क्षेत्रमा महिला सहभागिता बढाउनमा केन्द्रित रहेको मानिन्छ।
आफ्नो कामबाट शिलशिलाले जम्मा भएको फोहोरलाई रिसायकल गर्छिन्। हस्तशिल्पमा विज्ञ महिलाहरूले यस फोहोरबाट टोकरी, चटाई र कृत्रिम गहनाहरू तयार पार्छन्, जसले उनीहरूको जीविकोपार्जनमा पनि मद्दत गर्दछ।
सन् २०१९ देखि हालसम्म उनले हिमालबाट ११९ टन फोहोर निकालिसकेकी छन्। यो जलवायु तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी सचेतना अभियान चलाउने शिलशिलाले हिमालमा पर्वतारोहीले छोडेको फोहोर सफा गर्ने वार्षिक अभियान अन्तर्गत पर्दछ।
source : www.khabardainik.com













Discussion about this post