२०८० फाल्गुन ८, मंगलबार
दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले मेडिकल विद्यार्थीहरूको संख्या बढाउने सरकारी योजनाको विरोधमा १०० अस्पतालमा कार्यरत ६ हजार ४०० भन्दा धेरै प्रशिक्षार्थी चिकित्सकले राजीनामा दिएका छन्। दक्षिण कोरियामा करिब १३ हजार प्रशिक्षार्थी चिकित्सक छन्।
एकाएक चिकित्सकहरूले यसरी राजीनामा दिएपछि अस्पतालहरुलाई काम गर्न समस्या परेको छ। यहीबीच उपस्वास्थ्य मन्त्री पार्क मिनसुले चिकित्सकहरूलाई काममा फर्किन आग्रह गरेका छन्। काममा नफर्किए कारबाही गरिने चेतावनी पनि दिइएको छ।
आउँदो वर्ष चिकित्सा क्षेत्रमा दुई हजार कोटा थप गर्ने सरकारको योजनाको विरोधमा चिकित्सकहरूले राजीनामा बुझाएका हुन्। दक्षिण कोरियाले विकसित देशहरूमध्ये सबैभन्दा कम चिकित्सक र जनसंख्याको अनुपात रहेको बताएको छ र सरकारले डाक्टरहरूको संख्या बढाउन कडा प्रयास गरिरहेको छ।
तर चिकित्सकहरूले मेडिकल कलेजमा भर्ना दर बढाउने सरकारको नयाँ योजनाको चर्को विरोध गर्दै यसले सेवा प्रवाहको गुणस्तरमा असर पार्ने दाबी गरेका छन्। आलोचकहरूका अनुसार चिकित्सकहरू मुख्यतया सुधारले उनीहरूको तलब र सामाजिक स्थितिलाई खस्कन सक्ने चिन्तामा छन्।
www.khabardainik.com
Discussion about this post