मंगलबार, फागुन ८, २०८०
काठमाडौं । नेपाली नागरिकले पनि अबदेखि भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् । भारतले विदेशीले भारतीय सिमकार्ड लिन भिसा लागेको पासपोर्ट नै चाहिने नयाँ नियम ल्याएपछि भारतमा रहेका नेपालीहरू मारमा परेका थिए। नेपाली नागरिक भारत जाँदा भिसा आवश्यक पर्दैन।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार ‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ । पहिले प्राविधिक कारणले पाइँदैन थियो ।”
राजदूत डा. शंकरप्रसाद शर्माले ट्विटर (एक्स) मार्फत् ठूलो समाचार भन्दै यो कुराको जानकारी दिएका हुन् ।
राजदुत शर्माले नेपाली राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय भएको बताएका छन् ।
www.khabardainik.com














Discussion about this post