कात्तिक २०, २०८० ॥ सोमबार
काठमाडौं । जाजरकोटमा सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा पुनः भूकम्पको धक्का मापन गरिएको छ ।
जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएको ५.८ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
गएको शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का सोही भूकम्पको परकम्प भएको कुरा केन्द्रका भूकम्पविद् भरत कोइरालाले बताए ।
गत शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । त्यसपछि लगातार परकम्प जाने क्रम जारी रहेको छ।
श्रोत : www.khabardainik.com
Discussion about this post