• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रचण्डलाई जनार्दनको प्रश्नः मैले तपाईंलाई कहिले असहयोग गरेँ?

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बाट हुदैछ

by Sushil Paudyal
August 5, 2023
in News & Events, socio-political

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजबाट शुरू हुँदै छ। कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा आज बिहान ११ बजेबाट शुरू हुने बैठकको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्।

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको आदेशलाई सधैँ पालना गर्दा पनि आफूलाई पार्टीभित्र छुट्टै गुट चलाएको आरोप लागेको गुनासो गरेका छन्।

माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै आफूले पार्टीमा विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा उठाउनैपर्ने भएर उठाएको प्रष्टीकरण दिएका हुन्।

उनले भने, ‘विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा उठाउनैपर्ने भएर उठाइयोहोला। समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ। चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला।’

आफूबाट कहिले असहयोग भयो भन्नेकुरा अध्यक्ष प्रचण्डले भन्नुपर्ने उनले माग गरे। उनले भने,’अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन? तल तल कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु?’

यस्तो छ जनार्दन शर्माले केन्द्रीय समिति बैठकमा राखेको धारणाः

श्रद्धेय अध्यक्ष कमरेड र केन्द्रीय समितिको बैठकमा उपस्थित सम्पूर्ण कमरेडहरु लाल सलाम!

१. समाजवादी हुनुभन्दा पहिले हामी लोकतान्त्रिक संस्कारलाई स्वीकार गरौँ। मान्छे हुनुको नाताले सबैको आ–आफ्नै स्वत्व हुनु स्वभाविकै छ। अध्यक्ष कमरेडले बेला बेला त्यसमै धार लाइदिनुहुन्छ। तलबाट पनि म फलनाको हुँ र होइन भन्ने चलन छ। अनि त्यसैलाई गुट भनेर ठूलो प्रचार गरिन्छ। हामी तपाईंकै हौँ, २ जनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ। सोही प्रस्तावलाई सहज रुपमा स्वीकार गर्दा पनि अनेकन प्रचारबाजी गरिन्छ। अनि गरौं के?

२. अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउदा, जतिखेर पनि खटनपटनमा लागेकै छु।स्वतन्त्र व्यक्ति राष्ट्रपति बनाउनु हुँदैन, पार्टीबाट बनाउनुपर्छ, सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउछ भनेर तैले बाहिर बोल र वातावरण बना भनी अध्यक्षले आदेश दिँदा आफ्नो मत थाँती राखेर भएपनि त्यसको पालना गरेकै छु। परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छु। होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि। तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ। अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन? तल तल कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु? विधि, विधान, पद्दति, प्रणाली मिचिएको कुरा उठाउनैपर्ने भएर उठाइयोहोला। समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ। चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला।

३. युवा कमरेडलाई यो पनि कुरा स्पष्ट होस् कि हाम्रो पार्टीमा विज्ञापन खुल्ने तर परीक्षा नहुने, भर्ती हुने तर अवकाश नहुने परिस्थिति विद्यमान छ। यसले युवाहरुलाई नीति निर्माणको तहमा ल्याउन समस्या भएकै त छ। आठौँ महाधिवेशनको समापनपूर्व बसेको स्थायी समिति बैठकमा मैले केन्द्रीय समिति बनाउनुपूर्व अवकाश हुने एजेण्डामा छलफल गर्नुपर्छ भन्ने प्रस्ताव गरेको थिएँ। कमिटीहरु समावेशी बनाउने र नयाँ युवाहरुलाई जिम्मेवारी दिने हो भने एक हामी तिहाई नेताहरुले बिदा लिएर फरक भूमिकामा क्रियाशील हुनुपर्छ भन्ने प्रस्ताव गरेको थिएँ। अहिले यो कुरा संभव छैन कसले छोड्न मान्छ र भन्ने कुरा उठ्यो। यसमा सबभन्दा पहिले म तयार छु भनेर मैले भनेँ। त्यसपछि बलदेव, मात्रिका र गणेश शाह कमरेडले यो प्रस्ताव मान्न आफूहरु तयार रहेको कुरा गर्नुभयो।केहीले यसमा आफूहरु तयार हुन नसकेको कुरा गर्नुभयो भने केही मौन बस्नुभयो। त्यसपछि छलफल गरौंला भनेर अध्यक्षले यसलाई टार्नुभयो। तर आजसम्म छलफल भएन। मैले अध्यक्षलाई असहयोग नहोस् भनेर संगठन विभागको जिम्मा लिएर काम गरिरहको छु। पार्टीका हरेक बैठकभन्दा पहिले विभागको तर्फबाट प्रतिवेदन बुझाउने गरेको कुरा स्पष्ट गर्न चाहन्छु।

४. यसपटक सरकारले गरेका कामबारे म खुल्ला दिलले प्रशंसा गर्दछु। यत्रो ठूलो आँट र हिम्मत भनेको शुद्धीकरणको महान थालनी हो। सो कुरा संगठन विभागको प्रतिवेदनमा व्यवस्थित रुपले पनि राखिएको छ। मैले संसदको रोष्टमबाट २०४७ सालयताका सबै नेताहरुको सम्पत्ति छानबिन गरौँ भनेर प्रस्ताव गरेको हुँ। कतिपय नेताले ३२ सिटे भनेर हामीलाई खिसिट्यूरी गर्दा प्रचण्डको साथ र माओवादीको समर्थनबिना बालुटार प्रवेश सम्भव नभएको भनेर प्रतिवाद पनि गरेकै हुँ। पार्टीभित्र पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने कुरामा मेरो दृढ सहमति छ। तर मन्त्रीको हैसियतले सामान्य तोक लगाएको, त्यो पनि राज्यको निकाय सम्पत्ति शुद्धीकरण विभागले छानविन गरेर सम्पत्ति फकुवा गरेको पत्र देखाएपछि यसबारे के भएको हो? सत्यतथ्य बुझ्नू र आवश्यक सहजीकरण गर्नू भनी तोक लगाएको विषयलाई अपराध गरेको भनेर दुष्प्रचार गरिन्छ, चरित्र हत्या गर्न खोजिन्छ। म फेरि पनि भन्छु– छानबिन गरौं कसको सम्पत्ति कति छ? कसका घर कति छन्? कसका के–के व्यवसाय छन्? कसका बैक व्यालेन्स कति छ रु म तयार छु। कुनै गल्ती नगर्दा नगर्दै पनि प्रश्न उठेपछि छानबिनको लागि मार्ग प्रसस्त गर्ने मै हुँ। म ४ पटक गरेर ३९ महिना मन्त्री हुँदा गरेका काम कारबाहीहरु नीति, योजना र त्यसको परिणाम जनताको बीचमा छन्। के–के उपलब्धि भए भन्ने कुरा लिखित रुपमा पनि उपलब्ध गराउने छु।

५. जहाँसम्म पार्टीको कुरा छ– १० प्रदेशकै सुझाव र आलोचना लिएर संगठन विभागले आफ्नो प्रतिवेदन पेश गरिसकेको कुरा अध्यक्ष स्वयंले भनिसक्नुभएको छ। अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदनले पार्टीलाई नयाँ दिशा प्रदान गर्नेछ। यसमा थप्नुपर्ने केही कुराहरु म यहाँ राख्न चाहन्छु।

गैरआवासीय नेपालीका सन्तानलाईसमेत वंशजको नागरिकता प्रदान गरी सँधै नेपाली हुने अधिकार सुनिश्चित गर्ने।

– पार्टी विभाजन लगत्तै माओवादी पुनर्गठन अभियान संचालन गरी नियमित छलफल अन्तरक्रिया र बैठकमार्फत पार्टीमा फर्कने वातावरण बनाएको स्मरण गराउन चाहन्छु। आज पनि बाबुराम भट्टराइको नेसपासँग एकताको लागि भएको सहमतिअनुसार अगाडि बढ्नुपर्छ। यसै गरी विप्लव समूहलाई वर्तमान पार्टीको कार्यदिशामा सहमत गराइ एकता प्रक्रियालाई अगाडि बढाउनुपर्छ।

–जनसम्बन्ध विस्तारका लागि गरीवि न्यूनीकरणका साथै जनजिविकाका प्रश्नहरुमा जनताकाबिचमा अन्तरक्रिया, प्रचार र संघर्षमार्फत समस्या समाधानको नेतृत्व गर्नुपर्छ।

– नेपालको विकास मोडेल समुदायमा आधारित भएको कुरालाई आत्मसात गर्दै साना विकास निर्माणका कामहरु समुदायले गर्ने गरी कानुनी व्यवस्थाका लागि पहल गर्नुपर्छ ।

– स्थानीय स्तरमा उपलब्ध प्राकृतिक साधन स्रोत, विकसित प्रविधि, जनश्रम र विकेन्द्रीत पूँजीको एकीकृत परिचालनमार्फत उत्पादन तथा रोजगारका लागि समूह, सहकारी, कम्पनीमार्फत पहल गर्नुपर्छ ।

– सहुलियतपूर्ण ऋण, बजारीकरण, मल, बीउ, प्रविधि सरकारले उपलब्ध गराउनुपर्छ । साना उद्योग र पर्यटन क्षेत्रमा समेत काम गर्नुपर्छ ।

– युवाहरुलाई आइटी क्षेत्रको तालिम दिई रोजगारयुक्त बनाउनुपर्छ।

– पार्टीभित्र फरक लाइन नभएपनि अविश्वासको मात्रा बढेको छ । त्यसलाई हटाउन मूल नेतृत्वले मुख्य टिमबिच घनिभूत छलफल चलाउनुपर्छ।

– संघीयता कार्यन्वयनबारे अन्य केही पार्टीहरुले समानुपातिक हटाउने, प्रदेश हटाउने, जनमत संग्रह गर्नुपर्ने जस्ता बहस चलाएको सन्दर्भमा संघीयता कार्यन्वयनको सवलीकरण गर्ने, प्रदेशमा मन्त्रालयको संख्या घटाउने, संविधानले दिएका अधिकार हस्तान्तरण गर्ने साधनस्रोत बृद्धि गरी संघीयतालाई थप सुदृढ गरेर त्यसको जवाफ दिन जरुरी छ ।

६. उन्नत लोकतन्त्रको अभ्यास गर्न, संवैधानिक अधिकारको प्रयोग गर्न समाजमा विद्यमान शोषण उत्पीडन, दलितका नाममा गरिने भेदभावका साथै अन्य विभेद, छाडा संस्कृति, भ्रष्टाचार र भ्रष्टाचारजन्य संस्कृतिका विरुद्ध सामाजिक सांस्कृतिक रुपान्तरण अभियानका रुपमा निरन्तर संघषर्ष संचालन गरी त्यसको तागतमा समृद्ध समाज, सुशासनयुक्त प्रणाली र युगको नेतृत्व निर्माणमा निरन्तर लाग्नुपर्छ।

 

धन्यवाद !

जनार्दन शर्मा

 

 

 

Related Posts

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026
साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026
क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

Discussion about this post

ताजा सामाग्री

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

October 13, 2026

असोज २६, २०८३ सोमबार काठमाडौं : लामो समयदेखि ठूला बसमार्फत मुख्य सडकहरूमा मात्रै सेवा दिँदै आएको साझा यातायातले अब उपत्यकाका साँघुरा...

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित

October 12, 2026

२६ असोज २०८३, सोमबार काठमाडौं : ओमानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित...

Recent Posts

  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ
  • क्रिकेट लिग-२ को त्रिकोत्मक सिरिजमा नेपालले क्यानाडाविरुद्ध २४ रनको रोमान्चक जित
  • मानव अधिकार र न्यायका लागि जीवन समर्पित गर्ने नाभी पिल्लेलाई २०२६ को नोबेल शान्ति पुरस्कार

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In