• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेदरल्याण्डसँग नेपाल पराजित : विश्वकपमा पुग्ने सपना समाप्त

सात बिकेटको हार

by Sushil Paudyal
June 24, 2023
in Game, News & Events

असार ९, २०८० शनिबार

हरारे : आज जिम्बाब्वेको हरारेस्थित तकासिङ्घा स्पोर्ट्स क्लबमा आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नेपालको पराजय संगै सन् २०२३ मै भारतमा हुने विश्वकप नखेल्ने पनि पक्का भएको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभरमा अल आउट हुनुअघि १६७ रनको सामान्य योगफल तयार पारेको थियो। नेपाल सर्टबल खेल्न असफल भएको थियो ।

कप्तान रोहितले सर्ट बलका लागि योजना बनाएको भएपनि त्यसमा सफल हुन सकेको बताए । ‘हामीले सर्ट बल कसरी खेल्ने योजना बनाएका थियौं । तर त्यसमा सफल हुन सकेनौं । अब आजको गल्तीबाट सिकेर अन्य खेलमा राम्रो प्रदर्शन गर्नेछौं,’ उनले भने ।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले ७५ बलमा आठ चौका र चार छक्कासहित ९० रनको शानदार इनिङ खेले। यस्तै, विक्रमजित सिंह ४३ बलमा तीन चौका र एक छक्कासहित ३० रन जोडेर पभिलियन फर्किँदा बस दी लिड ३९ बलमा ६ चौकासहित ४१ रन बनाएर अविजित रहे।

नेपालका लागि सन्दीप लामिछनेले दुई तथा गुल्शन झाले एक विकेटबाहेक अन्य बलर असफल रहे। पहिलो इनिङमा खराब ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३, सन्दीप लामिछाने र कुशल भुर्तेलले २७ तथा भीम सार्कीले २२ रन जोडेका थिए।

त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन। नेदरल्यान्ड्सका लागि लोगान भान बिकले सर्वाधिक चार तथा बस दी लिड र विक्रमजित सिंहले दुई–दुई विकेट लिएका थिए।

जितसँगै नेदरल्यान्ड्स एक खेल अगावै छनोटको अर्को चरण तथा सुपर सिक्समा पुगेको छ। पराजित नेपालको भने अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सपना समाप्त भएको छ।

समूह एबाट वेस्ट इन्डिज, जिम्बाब्वे र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन्। समूह बीबाट स्कटल्यान्ड, ओमान र श्रीलंका सुपर सिक्समा पुगेका छन्।

सुपर सिक्सबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In