• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

एच.आई.भी./एड्स र मण्डलीको भूमिका

by Yagya B K
June 19, 2013
in Articles

y( A.I.D.S. ‌=Acquired Immune Deficiency Syndrome) मानव शरीरमा एच.आई.भी प्रवेश पश्चात केही वर्षपछि विभिन्न प्रकारको रोगले एकैचोटी आक्रमण गरेको अस्वस्थ अवस्थालाई एड्स भनिन्छ।


aidsपरिचय

सन् १९८१ तिर अमेरिकाको लसएन्जसल, न्युर्योक जस्ता शहरहरूमा निमोनिया, झाडा पखाला, छालाका रोगहरू जस्ता सामान्य रोगका विरामीहरूको संख्यामा वृद्धि भएको पाइयो।विरामीहरूको रोग निको पार्न चिकित्सकहरूलाई निकै गाह्रो भईरहेको थियो।यि सबै रोगीहरूमा रोग विरुद्ध लड्ने शरीरको प्रतिरोधात्मक शक्ति अन्य व्यक्तिहरूमा भन्दा निकै नै कम पाइएको थियो।यि सबै विरामीहरू पुरुष थिए र युवा अवस्थाका थिए।तिनीहरू सबैजना मृत्युको शिकार हुनपुगे।यसरी उनीहरूलाई एड्स लागेको पाइयो।एच.आइ.भी. (H.I.V. = Human Immune-deficiency Virus) एच.आई.भी. एक प्रकारको सूक्ष्म जीवाणु हो जसले मानव शरीरमा रोग विरुद्ध लड्न सक्ने शक्तिलाई विस्तारै कमजोर बनाउँदै लैजान्छ) नामको अति सूक्ष्म जीवाणु मानिसको शरीरमा प्रवेश गरेपछि विस्तारै उसको शरीरको सुरक्षा गर्ने, प्रतिरोधात्मक प्रणालीलाई यसले नष्ट गर्दछ।यसरी मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति नष्ट भएपछि विभिन्न रोगहरू देखा पर्ने अवस्था नै एड्स हो।एड्स भनेको ( A.I.D.S. ‌=Acquired Immune Deficiency Syndrome) मानव शरीरमा एच.आई.भी प्रवेश पश्चात केही वर्षपछि विभिन्न प्रकारको रोगले एकैचोटी आक्रमण गरेको अस्वस्थ अवस्थालाई एड्स भनिन्छ।एड्स चाहिँ संक्रमित संख्याका व्यक्तिहरू मात्र होइन् तर वास्तवमा ति मानिसहरू जो विरामी छन्, जसले साथी, नातेदार र परिवार गुमाएका छन् ।

वर्तमान अवस्थामा यसले विश्वलाई नै चुनैति दिइरहेको छ।विश्वमा करिब ३ करोड ३२ लाख मानिसहरू एड्स संक्रमित छन्।करिब २१लाख मानिसहरू शिकार भएका छन्।नेपालमा पहिलो पटक एड्स सन् १९८८ मा देखापरेको हो र हाल ६०,००० जना व्यक्तिहरूलाई एच.आई.भी.को संक्रमण भएको अनुमान गरिएको छ।संक्रमण भएका मध्ये पनि झण्डै आधाभन्दा बढी ३० वर्षमुनिका छन्।एच.आई.भी. एड्स रोकथामका प्रयासहरूले सफलता पाउन सकेको छैन।रोग निर्मूलनका लागि विभिन्न उपायहरू अपनाईएको छ।विभिन्न संघ संस्था र निकायहरूले रोग निर्मूलनका लागि सहयोग गरेका छन्।

मण्डलीको भूमिका

यस्तो भयानक रोगको निर्मूलन अभियानमा मण्डलीको भूमिका के छ त ? विश्वमा एड्स विरुद्धको कार्यक्रमको लागि क्याथोलिक मण्डलीहरूले मात्रै २५% लगानी गरेका छन्।धार्मिक दृष्टिकोणमा यो रोग परमेश्वरको श्राप हो भनी ठान्दछन्।के यो परमेश्वरको न्याय हो त ? अवश्य होइन।परमेश्वरले सबैलाई वास्ता गर्नुहुन्छ।प्रत्येकजनाको लागि उहाँको विषेश योजना रहेको छ।उहाँको योजना थाहा नपाएर आज मानिसहरू विभिन्न किसिमका रोग, अभाव, कष्टमा जिइरहेका छन्।यो संसारमा यस्ता मानिसहरूलाई जीवन जिउने आशा दिने र उनीहरूको जीवनमा परिनवर्त ल्याउन संसार असफल भएको छ।यसैको लागि परमेश्वरले मण्डलीलाई जिम्मेवार दिनुभएको छ।उहाँको सुसमाचार जीवनको प्रत्येक क्षेत्रमा परिवर्तन ल्याउनको लागि संचार गर्नुपर्दछ। हामी इसाई यस संसारमा परिवर्तनका संवाहक हुन बोलाईएका हौं।यो कामको लागि कसैको करकापबाट होइन तर दयाको भावबाट हुनुपर्दछ।येशूले पनि आफ्नो व्यवहारिक जीवनमा शारीरिक दुःख, सामाजिक भेदभाव, अन्याय र अत्यचारमा दबिएकाहरूसित आफू सहभागी भएर देखाउनुभयो।उहाँको निको पार्ने सेवकाई मानिसहरूलाई देखाउन अथवा प्रतिष्ठा खोज्नलाई थिएन तर भित्र हृदयदेखि दयाको भावबाट थियो।यदि मण्डली संसारमा परमेश्वरको राज्य विस्तारको लागि बोलाईएको हो भने, येशूको बाटो भएर जानु पर्दछ।मण्डलीले आज महशुस गर्नुपर्ने कुरा के छ भने उनीहरूलाई सर्वाङ्गीण निकोको आवश्यकता छ।यदि मण्डलीले यो कुरा स्वीकार गर्छ भने, उनीहरूलाई प्रचार र प्रार्थना मात्र होइन तर उनीहरूको निम्ति सेवा गर्न तयार हुनुपर्दछ । इसाईहरूले एच.आई.भी एड्सको विरुद्धमा र यसबाट संक्रमितहरूप्रति विभिन्न तरिकाले आफ्नो भूमिका निर्वाह गर्न सक्छ :

१. मण्डलीका सदस्यहरूलाई विभिन्न सेवा संगतीमा यसको बारेमा सिकाउने।यो रोग के हो, कसरी र्सछ, कसरी सुरक्षित रहन सकिन्छ, संक्रमितहरूलाई वास्ता कसरी गर्नुपर्छ आदि विषयमा सिकाउने ।

२. एच.आई.भी.एड्स प्रति गलत धारणाको बारेमा स्पष्ट गर्न गराउने ।

३. मानिसहरूलाई यो रोग के हो, कसरी र्सछ, कसरी सुरक्षित रहन सकिन्छ, संक्रमितहरूलाई वास्ता कसरी गर्नुपर्छ आदि विषयमा सिकाउने।

४. मण्डली वरिपरीका गाउँहरूमा गोष्ठी आयोजना गर्न सक्छ जसमा गाउँका व्यक्तिहरूलाई आमन्त्रित गरेर यो रोगको बारेमा सिकाउन सक्छ।

५. संक्रमितहरूको साथी भएर सहायता गर्न सकिन्छ।हात मिलाउने वा अंगाल्नो हाल्ने व्यवहारले उसले माया पाएको महशुस गर्नेछ साथै परमेश्वरको वचन सुनाउन सक्छ।उनीहरूलाई येशूमा आशा देखाइदिने।

६. सम्बन्धित निकायहरूसँग समन्वय गर्नसक्छ र यस्तो कामको लागि मण्डलीबाट स्वंयमसेवक नियुक्त पनि गर्न सक्छ ।

७. यो रोगको बारेमा जनचेतना अभिवृद्धि, तालिम र गोष्ठीको आयोजना गर्न सक्छ।यस्ता कार्यक्रमहरूमा महिला, किशोर-किशोरी, युवा-युवती, वस्यक, कामदार, शिक्षक, स्वास्थ्य कार्यकता, व्यापारी, मण्डलीका अगुवा, यौन पेशामा संग्लन महिलाहरू आदिलाई समावेश गर्न सक्छ।

८. मण्डलीभित्र वा समुदायका काममा यो रोगका संक्रमितहरूलाई सहभागी गराउन अवसर दिन सक्छ साथै यो कुरामा निश्चित हुनुपर्छ कि उनीहरूलाई राम्रो व्यवहार गरिनुपर्दछ ।

९. मण्डलीको सुचना पाटीमा यो रोगका विषयमा जानकारीमुलक पत्र-पत्रिकाहरू राख्न सक्छ।

१०. संक्रमितहरूको सहयोगको लागि मण्डलीले छुट्टै भेटि वा दान कोष स्थापना गर्न सक्छ अथवा छुट्टाएर राख्न सक्छ ।

११. संक्रमित वा पीडितहरूको रेखदेखको लागि मण्डलीमा बस्ने व्यवस्था बनाउने जहाँ अगुवाहरूले रेखदेख गर्न सक्छन् ।

१२. मण्डलीमा डिसेम्वर १को दिन विश्व एड्स दिवश मनाउने जसमा विभिन्न कार्यक्रमको आयोजना गर्नसक्छ।

१३. उनीहरूको अधिकारको लागि वकालत गर्ने ।

१४. महिलाहरूप्रति समाजको विभेदपूर्णा सास्कृतिक मान्यताहरूको बारेमा चुनौति दिने ।

वर्तमान अवस्थामा यो रोगका संक्रमितहरू दिनप्रति दिन तीव्ररुपमा वृद्धि भईरहेको छ।अहिले विश्वमा तीव्ररुपमा यो रोग फैलिएको राष्ट्रमा भारत अगाडी छ।हाम्रै नेपालका धेरै ठाउँहरूमा संक्रमित संख्याहरू रहेका छन्।समाजबाट अपहेलित हुने डरले कतिजनाले आफ्नो रोग लुकाउन चाहन्छन्।हाम्रो परिवार, वरिपरी, मण्डली र छिमेकमा पनि हुन सक्दछन्।उनीहरूलाई घृणा होइन माया गरौं।हाम्रो सानो पहल र वास्ताले कसैको जीवन वाँच्न सक्छ।कहिल्यै विचार गर्नुभएको छ ? अहिल्यनै हामीले यस विषयमा विचार नगर्ने हो भने आउँदो दिनमा ज्यादै नै दुःख लाग्दो समस्याको सामना गर्नुपर्ने हुन्छ।राज्य वा अन्य निकायको दायित्व हो भन्ने भावनामा छौं भने यो गलत सोचाई पनि हुन सक्छ तपाईं हाम्रो लागि।अब आशा गरौ नेपाली मण्डलीहरू यो काममा अग्रणी भूमिका लिन तयार हुनेछन्।

Republished in new layout 6/14/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In