पाकिस्तान सँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ। नेपालका लागि ११ औँ गोल गर्दै दोस्रो हाफको ८३ औँ मिनेटमा पाकिस्तानविरुद्ध नेपालका लागि अञ्जन विष्टले गोल गर्नुभएको हो।
सुनिलको पासमा अञ्जनले उत्कृष्ट गोल गर्नुभएको हो। दशरथ रङ्गशालामा अञ्जनले लगातार दोस्रो खेलमा गोल गर्नुभएको हो। अञ्जनले गत असोजमा भएको बंगलादेशविरुद्धको खेलमा ह्याट्रिक गर्नुभएको थियो।
किरण चेम्जाङ अनुपस्थितिमा रोहित चन्दको कप्तानी रहेको खेलको अञ्जन म्यान अफ द म्याच बन्नुभएको छ।
पाकिस्तान फिफाको निलम्बन फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेलका लागि नेपाल आएको हो। नेपालका लागि बुधबारको खेल ऐतिहासिक भएको छ। नेपाल दशरथ रङ्गशालामा खेलेको ५० औँ खेलमा विजयी भएको हो। सन् १९८४ मा दशरथ रङ्गशालामा आधिकारिक रूपमा पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल भएको थियो।
Discussion about this post