• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मरुभूमीमा पास्टर एम.जे. जोसेको प्रेम

by Janakraj Sharma
June 13, 2013
in Articles

mjjoshephआजभन्दा करिब ४ वर्षपहिले अर्थात् २००७ नोभेम्वर महिना तिरको प्रसंग हो, म संयूक्त अरब इमिरेस (U.A.E.) मा काम गर्थै, हुनत २००४ सालको फेब्रुअरीमा म कामको सिलसिलामा गएको थिएँ, प्रभुलाई त्यही वर्षमेरो मुक्तीदाता र उद्धारकर्ताकोरुपमा ग्रहण गरेको हुँ। यू.ए.इ. मा रहेका सम्पूर्ण विश्वासीहरु एक ठाउँमा भेला भएर आराधना हुँदैनथ्यो। तर अगुवाहरु प्रार्थना गरीरहनु भएको थियो।

वर्षमा एकपटक विभिन्न ठाउँबाट भेला भई एउटै ठाउँमा उपस्थित भई आपसी भेटघाट परिचय अनि मिठो संगती गर्नका लागि। हाम्रो परमेश्वर महान हुनुहुन्छ र उहाँले हाम्रो प्रार्थना सुन्नुभयो जस्को फलस्वरुप ४ नोभेम्बर २००५ का दिन यू.ए.इ.मा भएका सम्पूर्ण मण्डलीहरु र विश्वासीहरु दुवईको जेवल अलिको क्राइस्ट चर्चमा भेला भई भजन संग्रह १३३.१ अनुसार “दाज्यू-भाईहरु आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ” यही पदलाई मुख्य थिम राखेर उक्त सम्मेलनको शुरुवात भएको थियो। प्रवासमा आफ्नो नोकरी गर्नुको साथ साथै प्रभुको सेवामा लाग्नका लागि समय मिलाउन धेरै गाह्रो परिहेको हुन्छ तर परमेश्वर प्रतिको तृसना र प्रेम अनि अप्ठ्यारोमा परेका हरुलाई सहयोग गर्न प्रवाशी विश्वासीहरु धेरै अगाडि हुनुहुन्छ। २००५ को यो पहिलो सम्मेलनले इमिरेर्टस नेपाली ख्रष्टिीयन एसोसियसन (एन्का) नाममा सम्पूर्ण मण्डलीहरुको प्रतिनिधित्य हुने गरी ब्रो यूवराज राईको अध्यक्षतामा (एन्का) कार्य समिति निर्माण भयो जस्ले यू.ए.इ. मा भएका सम्पूर्ण विश्वासीहरुका हक, हित आपसी भाईचाराजस्ता आत्मीकी कार्य गर्नुका साथ साथै प्रभुको राज्य विस्तारमा सक्रियता बढाउने उद्देश्यका साथ आफ्नो कार्यको सुरुवात गरेको थियो। जस्को फलस्वरुप हालसम्म निरन्तर वाषिर्क समेलन गर्दै आइरहेको छ। पछि २००७ मा यस एन्का को नाम परिवर्तन गरी एन.आ.सि.एफ (NOCF) Nepalese Overseas Christian Fellowship राखिएको थियो। सन्दर्भ २००७, 3rd Conference को कुरा हो, हरेक वर्षा हुने सम्मेलनमा नेपालबाट विशिष्ट प्रभुका दासलाई वोलाएर प्रवाशी विश्वासीहरुलाई आत्मीकी जागृति गराउने कार्य भइरहेको थियो, यही कार्यलाई निरन्तरता दिन वेथशालोम चर्चका वरिष्ट पाष्टर एम.जे. जोसेफ लाई NOCF ले मुख्य वक्ताको रुपमा आमन्त्रण गर्ने निर्णय गरेको थियो। त्यतिखेर यू.ए.इ.मा भएको यस संस्थामा त्यस देशको सरकारको नजर र निगरानी हुनुका साथै सोधपुछ भईरहेको थियो जस्का कारण विश्वासी र मण्डलीमा त्रासको वातावरण सृजना भएको थियो। सोही अवस्थालाई मध्यनजर गरेर सम्मेलन स्थगित गर्नेकी भन्ने प्रश्न आईरहेको थियो तर परमेश्वरको काम कस्ले रोक्न सक्छ र? अन्तत्वगत्व सो 3rd Conference 9th Nov, 2007 गर्ने निर्णयनै भयो, यसमा प्रभुका दासहरु पा. श्याम गुरुङ्ग, पा. रमेश लामा, ब्रो तीतस राई, ब्रो मछिन्द्रतावा, विजयादान गुरुङ्ग, मुकेश देउला र पा. दानिमल ग्रिमरले यस पंक्तीकारलाई हौसला प्रदान गर्नुका सथै आ-आफ्नो जिममेवारी लिएर  सम्मेलन सफल गराउन लागि पर्नु भएको कुरा मेरो मानस पटलमा अझै ताजा नै छ। वक्ता पा. एम.जे. जोसफसँग मेरो पहिले कहिल्यै शारिरीकरुपमा भेटघाट  र परिचय भएको थिएन, तर यस सम्मेलनको लागि सम्पूर्ण कुरा आदान प्रदान इमेल मार्फत उहाँसँग भईरहेको थियो। हाम्रो परिचयको सुरुवात इमेल मार्फत नै सुरुवात भएको थियो। सम्मेलनको तयारी करिब करिब सबै पुरा भईसकेको थियो। उहाँका Travel documents हरु मैले नै इमेल मार्फत नेपाल पठाएको थिएँ। उडान हुने दिन भन्दा २ दिन अगाडि उहाँले आफ्नो फोटो पठाई दिनु भएको थियो ताकि एयरपोर्टमा चिन्नलाई सजिलो होस् भनेर, साच्चै नै पा. जोसेफ धेरै परिपक्व र सालिन हुनुहुँदो रहेछ भन्ने सहस्य त्यही समयमा जान्ने अवसर प्राप्त भएको थियो। उहाँ उड्ने दिनमा आवुधावीको एयरपोर्टमा लिनको लागि म लगायत ३ जना एयरपोर्ट गएका थियौं, हामी आगमन कक्षमा उहाँलाई पर्खिरहेको थियौ, सोही  समयमा मलाई एकदम उत्सुकता थियो अनि मन मनै सोचिरहे प्रभुको दास जस्ले आफ्नो जन्मस्थान भारतलाई छोडेर नेपाललाई प्रभुको सेवाको लागि रोज्नु हुने ती महान व्यक्तिलाई केही बेरमा भेट्दै छु। यी कुरा मनमा खेलाउँदा खेलाउँदै उहाँ आगमन कक्षमा आइपुग्नु भयो, उहाँलाई चिन्ने एकजना हाम्रै आवुधावी मण्डलीका विश्वासी सुनिल थापा पनि हामीसँग हुनुहुन्थयो। थापाले पा. जोसेफलार्इ देख्‍ने वित्तिकै हामीलाई चिनाउनु भयो। एकछिन भलाकुसारी गरी एयरपोर्टबाट उहाँलाई बस्ने व्यवस्था गरेको स्थान तिर प्रस्थान गर्यौं। जहाँ केरलाका पा. दानिएल ग्रिमर बस्ने घर मा लिएर गयौं। त्यहाँ बस्ने व्यवस्था राम्रो थियो। अनि ग्रिमर पनि केरलाका नै हुनुहुन्थयो सम्वाद गर्न सजिलो होस भनेर त्यतै तिर लगियो। ग्रिमरको घरमा रातको १२ बजेतिर हामी पुगेका थियौं। सोही घरमा केहीक्षण विताएर उहाँलाई छोडेर हिड्न लाग्ने वेला पा. जोसेफले मेरो हात समाउनु भयो र सोध्नु भयो म पनि तपाईंहरु सँगै जान्छु, त्यसबेला म अक न बक भए किनकी पा. ग्रिमरसँग सबै व्यवस्थाको कुरा भईसकेको थियो। यथार्तमा पा. जोसेफ नेपालीहरुको बिचमा रहन चाहनु हुन्थ्यो र नेपालीलाई आफ्नो हृदयबाट प्रेम गर्नुहुदो  रहेछ भन्ने कुरा यस परिवेशमा मलाई अनुभुति भयो। नेपालीहरु जस्तो अवस्थामा बस्छन् म पनि त्यसरी नै बस्छु भनेर आफ्नो ख्रीष्टको प्रेम हामीमाथि प्रकट गर्नु भएको थियो। हाम्रो सम्मेलन नोभेम्बर ९, २००७ मा सुरु भयो, सम्मेलनमा यू.ए.इ. का लागि कार्यवाहाक राजदुत मोहन कृष्ण श्रेष्ठले सम्मेलनको सफलताको शुभ-कामना दिएर उत्साह दिनु भएको थियो। सो सम्मेलनमा अन्य राष्ट्रका विस्वासीहरु पनि उपस्थित थिए, वचन, अंग्रेजी  र नेपाली दुवै भाषामा बोल्नु पर्ने अवस्था आयो तर पा. जोसेफ चाहनुहुन्थ्यो नेपालीमा नै सकभर वचन बाँड्न किनकी नेपालीहरुको बिचमा नेपाली भाषालाई बढि प्राथमिकता दिँदा सम्पूर्ण नेपाली विस्वासीलाई बुझ्न सहजहोस् भनेर। सम्मेलनको पुरा समय भरपुर जागृति गराउने उत्साहीत वचन वाँड्नु भयो यू.ए र्इ. रहँदाका अवधि भरी बाईबलको शिक्षा र आत्मीकी ज्ञान अनि ख्रीष्टको प्रेम पूर्ण व्यवहार हामीले पायौं। मरुभूमीमा पा. जोसेफलाई पाउँदा मेरो मन अत्यन्त हर्षवभोर थियो। एक साँचो परमेश्वरको प्रियजन जस्ले आफ्नो सुखलाई त्यागि नेपाल र नेपालीहरुका निम्ति आफ्नो सम्पूर्ण जिवन प्रभुको डर र प्रेममा रहेर विताउनु भयो। हरेक नोभेम्वर महिना मा यू.ए.इ. एनओसिएफ को कन्फेरेन्स हुन्छ, यो साल पनि यही ११ नोभेम्वरमा हुँदैछ तर यस पंक्तीकारलाई उनै प्रिय प्रभुको दास पा. जोसेफले प्रकट गर्नु भएका ती वाइवलिय वचन  र ख्रीष्टको प्रेमको सम्झना भईरहन्छ। हुनत वहाँको भौतिक शरिर हाम्रो बिच छैन तर वहाँले देखाउनु भएको मरुभुमीको प्रेमको सन्देश मेरो मनमा सधै अटल छ र रहेनेछ  ।

जनकराज शर्मा

[email protected]This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it

हाल वेथशालोम चर्च, काठमाडौं

Republished in new layout 6/13/2013

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In