भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

[ 0 ] March 21, 2021 |

काठमाण्डौ – छिमेकी देशहरुमा सङ्क्रमण बढेको कारण नेपालमा समेत सङ्क्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, गोष्ठी लगायतका भिडभाड हुने कार्यक्रमहरु नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

बिगत केही हप्‍तादेखी छिमेकी मुलुक भारत लगायत अरु देशहरुमा पनि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको कारण सर्तकता अपनाउन आवश्यक रहेको कुरा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतवार विज्ञप्ति निकालेर सामाजिक तथा भौतिक दुरी कायम राख्‍न मास्क अनिवार्य प्रयोग लगाएत साबुन पानीले राम्रोसँग हात धुने वा स्यानिटाइजरको उचित प्रयोग गर्न आग्रह गरेको छ । साथै विगेप्तीमा अन्य जनस्वास्थ्यका मापदण्डहरू समेत पालना गरी कोभिड–१९ को सङ्क्रमण रोकथाममा सहयोग गर्न सरोकारवाला सबैमा अनुरोध​ गरिएको छ ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4