बेथेल बचत तथा ऋण सहकारीको ९औं वार्षिक साधारण सभा सम्पन्न

[ 0 ] January 20, 2021 |

बेथेल बचत तथा ऋण सहकारीको ९औं वार्षिक साधारण सभा सम्पन्न

बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा एक समारोह बीच सम्पन्न भएको छ ।

बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विएन पंडितको अध्यक्षतामा सम्पन्न साधारण सभाले आ.व.०७६/०७७ को वार्षिक प्रतिवेदन र प्रगति तथा उपलब्धीहरु त्यसैगरि आ.व.०७६/०७७ को वार्षिक योजनाहरु पारित गरेको छ ।

साधारण सभामा बेथेल बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालक समितिका अध्यक्ष विएन पंडितले साधारण सभामा प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदनलाई साधारण सभाले सर्वसम्मतले पारित गरेको हो ।

संस्थाकी कोषाध्यक्ष सुश्री बिन्दी रजकले आ.व. २०७६/७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो भने लेखा समितिका संयोजक सन्तोष थापाले लेखा समितिको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

सहकारी संस्था लिमटेडका सचिव सुरेन्द्र श्रेष्ठद्धारा संचालित साधारण सभामा पास्टर बिरबहादुर खवासले शुरुको प्रार्थना गर्नु भए पछि साधारण सभा संचालन भएको थियो । संचालक समितिकी उपाध्यक्ष विद्यालक्ष्मी मालाकार घलेले आमन्त्रित पाहुनाहरुलाई स्वागत गर्नु भयो भने पास्टर वर्णवास श्रेष्ठले वचनबाट उत्साहा दिदैं वचत गर्ने कुरामा जोड दिनु भयो ।

‘एकका लागि सबै सबैका लागि एक मूल नाराका साथ स्थापित सहकारी संस्था लिमिटेडका आगामी योजनाहरुमा शेयर सदस्य र पुाजीमा बृद्धि, घरदैलो सेवा,सूचना तथा प्रविधियुक्त सेवा, संरक्षित पुाजी फिर्ता, कर्मचारी पुरस्कार तथा सम्मान, बचतकर्ता तथा असल ऋणी सम्मान, बजार प्रतिस्पर्धी लाभांश, ब्याजदर र विशेष कर्जाको व्यवस्था रहने कुरा अध्यक्ष पंडितले बताउनु भयो ।

कार्यक्रममा नेपाल ख्रीष्टिय समाजका सचिव रेभरेण्ड मुकुन्द शर्माले बेथेल सहकारीको उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना मन्तब्य व्यक्त गर्नु भयो ।

कोभिढ १९ को महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त साधारण सभामा संचालक समितिका पदाधीकारहीहरु, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, कर्मचारीहरु, सेयर सदस्यहरु र साधारण वचतकर्ताहरुको सीमित व्यक्तिहरुको उपस्थितिमा यही पुस २६ गते सम्पन्न भएको हो ।

तस्बिर: इसाक जबेगु

तुरही न्यूज :पुस ०७७, ललितपुर ।

Kumar Singh Bist

Media Evangelist

Cell: +9779851102907

WhatsApp/Viber: +9779851102907

Kathmandu, Nepal

   

 

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4