घरघरमा ख्रीष्टमस
काठमण्डौ- पौष १० गते २०७७, नेपाल देशभरि ७७ वटै जिल्लाहरुमा यस वर्षको ख्रीष्टमस पर्व हर्षोल्लास्का साथ मनाइएको जानकारी नेपाल चर्च सम्बातदाताहरुबाट प्राप्त भएको छ। हरेक वर्ष झै यस वर्ष पनि नेपाल सरकारले ख्रीष्टीयनहरुलाई मात्र बिदा दिइएकोमा नेपाल ख्रीष्टीय समाजद्वार सार्वजानिक बिदा घोषणा गर्नलाई माग गरिएता पनि नेपाल सरकारद्वार सार्वजानिक बिदा भने दिइएन तर देशका केहि नगरपालिका एवं गाउँपालिकाहरुले स्थानिय रुपमा भने ख्रीष्टमसलाई सार्वजानिक बिदाको रुपमा बिदा दिएका छन्। यस वर्षको ख्रीष्टमसमा कोरोना भाइरसको कारणले ठुलो जम्घट गर्न नसके ता पनि ख्रीष्टीयनहरु तथा अन्य ख्रीष्टीयनका साथी भाइ, दिदी बहिनी, नातेदारी, इष्ट मित्रहरु मिलेर घरघरमा र कुनै कुनै ठाँउमा चर्चमा ख्रीष्टमस मनइयो।
Facebook Comments
Category: News & Events