खनियाबास गाउपालिकामा क्रिसमस विदा !
काठमण्डौ- पौष ९ गते २०७७, डिसेम्बर २५ का दिन बाग्मती प्रदेश दार्खा धादिङ खनियाबास गाउँपालिकामा ख्रीष्टमसको अवसरमा सार्वजानिक विदाको सुचना प्रकाशित गरिएको छ। खनियाबास गाउपालिकाको कार्यलयबाट प्रकाशित सुचना यसप्रकार छ। ईसाइ धर्मवालम्बीहरुको महान पर्व क्रिसमसको पावन अवसरमा यस खनियाबास गाउँ कार्यपालिकाको निर्णय अनुसार मिती २०७७ पौष १० गते शुक्रबार एक (१) दिनका लागी यस गाउँपालिका क्षेत्र भित्ररहेका सम्पूर्ण सरकारी कार्यालयहरु, बिध्यालयहरु, बैक तथा वित्तीय संस्थाहरु र अन्य संघसंस्थाहरुमा सार्वजानिक विदाहुने व्यहोरा सम्वन्धित सबैको जानकारीको लागी यो सुचना प्रकाशन गरिएको छ।
Facebook Comments
Category: News & Events