डिसेम्बर २५ तारिख धरानउपमहानगर पालिकामा सार्वजानिक विदा
काठमण्डौ- पौष ९ गते २०७७, डिसेम्बर २५ का दिन धरानउपमहानगर पालिकामा सार्वजानिक विदाको गरिएको सुचना प्रकाशित भएको छ। धरान उपमहानगरपालिकाको नगरकार्यपालिका कार्यलयको सुचना अनुसार। मिती २०७७ पौष ९ गते बसेको कार्यपालिकाको बैठकबाट इसाई धर्मवालम्बीहरुको महान पर्व ख्रिष्टमस डे २०२० को अवसरमा मिती २०७७ पौष १० गते शुक्रबारको दिन सार्वजानिक विदा दिने निर्णय भएकोले उक्त एक दिन धरान उपनगरपालिका नगर क्षेत्रमा सार्वजानिक विदा दिइएको छ। साथै इसाई धर्मवालम्बीहरुको महान पर्व ख्रिष्टमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण इसाई धर्मवालम्बी नेपालीहरुमा सुस्वास्थ्य, सुख, शान्ती र समृध्दी सहित उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरिएको छ।
Facebook Comments
Category: News & Events