• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, October 15, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पर्यटकीय क्षेत्र ढंगै गाउँबासीले कानुन आफै बनाए

by Sarju Rijal
June 10, 2013
in NC Photos, News & Events

Dhangai Gaunमुलुकमा राम्रो र हाम्रो कानुन बन्न नसकेको बेला जिल्लाका उत्तरी भेगमा रहेको खुदीका नागरिकले आफनो कानुन आँफै बनाएकाछन। खुदी गाँउ बिकास समितीमा रहेको पर्यटकीय ढंगै गाउँबासीले एक वर्षसम्म परिवर्तन नहुने गरि आफ्नो गाउँको कानुन आफैले बनाएका हुन्।
प्रत्येक बर्षजस्तै यस वर्षपनि गाँउसभाले गाउँको नयाँ कानुन जारी गरेको हो। गाउँसभाले गाउँघरमा प्रयोग गरिने मानापाथी, सेरधानी तथा दैनिक ज्यालादारीको मुल्य तोक्नुको साथै गाउँमा नयाँ नितिनियम बनाएको छ। खुदी-३ ढंगैका गाउँबासीको गाउँभेलाले अन्नपात, तरकारी, मासु, दुधघ्यु, मजदुर ज्याला आदिको दरभाउ तोकेको छ। गाउँमा आयोजना गरिने कार्यक्रम, बस्तुभाउको नियन्त्रण, चरन क्षेत्र निर्धारण लगायतको नियम पनि बनाएको छ।
गाउँ सभाले डकर्मी तथा सिकर्मीहरुको दैनिक ज्याला बृद्धि गरेको छ। उनीहरुको ज्याला २५० बाट बढाएर तीनसय पुर्याइएको हो। त्यही काम गर्ने मजदुरको दैनिक ज्याला अन्यन्त्र पाँचसयदेखि एकहजार सम्म छ। ढुङ्गा फुटाउने काम गर्ने मजदुरलाई आफ्नै सामाग्री सहित आएमा तीनसय र सामाग्रीविना आए २५० रुपैयाँ ज्याला तोकिएको छ। यस्तै अन्नबालीमा प्रतिपाथी १ सय रुपैँया कामय गरिएको छ। हलगोरुको प्रतिदिन ३ सय, साधारण काम गर्ने मजदुरको दैनिक ज्याला एकसय तोकिएको छ।
गाउँ सभाले खसीबोकाको मासु एकधार्नीको नौसय रुपैयाँ, बाख्राको धार्नीको सातसय, भैंसीको एकधार्नीको पाँचसय रुपैयाँ तोकिएको छ भने मरेका, भीरबाट लडेका पसुको मासुको मुल्यभने कम तोकिएको छ। धान, मकै, कोदो एक धार्नीको एकसय रुपैयाँ, घ्यू मानाको ३ सय, रक्सी एक बोटलको ४० रुपैयाँ र छ्याङ ८० रुपैयाँ तोकिएको छ। यस्तै, राडीपाखी, बख्खु, स्याखु, डोका नाम्ला आदिको मुल्य पनि तोकिएको छ।
यो नियम अर्को बर्षो गाउँसभा नबसेसम्म लागु हुनेछ। यो अबधीमा नियम विपरित कसैले आफुँखुसी मुल्य तोक्न पाउने छैनन् र नियम तोडेमा एकहजार जरिवाना गर्ने गाउँसभाले निर्णय गरेको स्थानिय मनाशुलु युवाक्लबका सदस्य तिलप्रसाद गुरुङले बताए।
देशमा जथाभावी रुपमा बढ्दै गएको मुल्यबृद्धि र भएको कानुनको पालना हुन नसकीरहेको अबस्थामा लमजुङको ढंगैगाउँबासीले देखाएको बाटो अनुसरणिय हुनसक्छ। वडा नागरिक मञ्चका अध्यक्ष सुनबहादुर गुरुङको अध्यक्षतामा गाउँका बुद्धिजिवि, बुढापाका, बाबा तथा आमा समूह, युवाक्लब आदिको सहभागितामा निति निर्माण गरिएको हो। शुक्रबार रितिथिति सभा बसेर बस्तुभाउ, भेडाबाख्राको चरनक्षेत्रको निर्धारण गर्ने गुरुङले बताए।
लमजुङका प्रायः गुरुङ गाउँहरुमा आफ्नो गाउँको कानुन तथा नितिनियम गाउँले आफैंले निर्माण गर्ने प्रचलन छ। पर्यटकिय गाउँ भुजुङमा पनि बर्षौसाल भदौमा भदौसभा बसेर गाउँको कानुन निर्माण गर्ने चलन छ।
समून्द्री सतहबाट १ हजार ६ सय ३४ मिटर उचाईमा रहेको ढंगै गाउँमा ९० घरधुरी रहेको छ। प्राकृतिक रुपमा मनोरम उक्त गाउँ ग्रामिण पर्यटकिय गाउँका रुपमा विकास हुँदै छ। ढंगैबाट सूर्यास्त र सूर्योदयका साथै विभिन्न हिमश्रृङ्खलाहरु देख्न सकिन्छ। उक्त गाउँबाट नागवेली बगेको मर्स्याङ्दी र खुदी खोलका साथै सदरमुकाम बेसीसहर र अन्य विभिन्न गाउँहरु देख्न सकिन्छ। गाउँमा गुरुङ संस्कृतिको घाँटु, सोरठी, घ्याब्रीङ, पच्यूं, सेका, झाउरे, कृष्णचरित्र जस्ता साँस्कृतिक कार्यक्रमहरु हेर्न सकिने छ। उक्त गाउँपुग्नकालागि दुइवटा बाटो रहेका छन्। खुदीबाट तरापुहुँदै र भुलभुलेबाट टुनीखर्क काभ्रेहुँदै ढंगै पुग्न सकिन्छ। खुदी र भुलभुलेबाट करिब २ घण्टामा पुग्न सकिने ढंगैगाउँसम्म मोटरबाटोपनि पुगेको छ।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In