नेपाल नर्सिङ संघकी पुर्व अध्यक्ष विष्णु राईको निधन

[ 0 ] May 4, 2020 |

काठमाडौं- बैशाख २०,  नेपाल नर्सिङ संघकी पुर्व अध्यक्ष विष्णु राईको ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । घरमै भएको बेला कुर्सीबाट लडेर टाउकोमा चोट लागेपछि उहाँलाई वीर अस्पतालमा उपचारको लागि लगिएको थियो।
लामो समय देखि दुईवटै मिर्गौला फेल भई डाइलाइसिस गर्दै आउनुभएकी  विष्णु राईको उपचारका क्रममा निधन भएको छ। राई मधुमेहको रोगबाट पनि पिडित हुनुहुन्थ्यो।

विष्‍णु राई नर्सिङ संघको १३ औं अध्यक्ष हुनुहुन्थ्यो साथै ललितपुर नर्सिङ कलेजकी प्रमुख समेत हुनुहुन्थ्यो । ५७ वर्षदेखि नर्सिङ पेशामा सेवारत हुनुहुन्थ्यो।

विष्णु राई नेपालमा पहिलो ख्रीष्‍टियन नेपाली नर्स हुनुहुन्थ्यो। साथै नेपाल विश्वविद्यालय ख्रीष्टिय विद्यार्थी संगति (NBCBS) को परामर्श समितिको अध्यक्ष भएर सेवा पुर्‍याउनुभएको थियो।

लामो समयदेखि NBCBS परामर्स समितिको सदस्यको रूपमा साथै वि‍‌‌.सं. २०७० साउन २७ गतेदेखि NBCBS को परामर्श समितिको अध्यक्षको रूपमा  सेवा पुर्‍याइ राख्नुभएको जानकारी एनविसिविएसका महासचिव रामकुमार लामाले बताउनु भएको छ। लामोसमयदेखि ख्रीष्टियन विद्यार्थी सम्मेलनहरूमा वचनबाट उत्साह दिदै पनि आउनुभएको थियो। विष्णु राई नेपाली ईसाई मण्डली धोबिघाटको सदस्य हुनुहुन्थ्यो।

ख्रीष्टियन विधिअनुसार, आजै उहाँको पार्थिव शरीरको अन्त्यष्टी तिलगंगामा भएको छ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4