विष्णु राईको विर अस्पतालमा उपचार हूँदै

[ 0 ] May 3, 2020 |

२१ वैशाख ०७७ । काठमाडौं ।

गत मंगलबार नक्खुस्थित आफ्नै घरमा अचानक लडेपछि नेपालकी पहिलो नर्स (स्वास्थ्यकर्मी) विष्णु राईको विर अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

नेपाली इसाई मण्डली धोविघाट चर्चका एल्डर घनश्याम दाहालका अनुसार गत मंगलबार बागडोलस्थित घरभित्र हिडनेक्रममा अचानक लडेपछि उपचारका लागि विष्णु राईलाई पाटन अस्पताल लगिएको थियो । पाटन अस्पतालले राईलाई विर अस्पताल रिफर गरेपछि गत मंगलबारदेखि उहाँको विर अस्पतालको भेन्टिलेटरमा उपचार भई रहेको छ ।

एल्डर घनश्याम दाहालले विर अस्पतालबाट आज अपराह्न रेडियो उपहारसँग कुरा गर्दै एल्डर विष्णु राई घरमा अचानक लडेपछि उहाँको थप उपचारको लागि हाल विर अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेको छ–उहाँले भन्नुभयो ।

एल्डर दाहालका अनुसार ७७ वर्षिया स्वास्थ्यकर्मी राई केहि अहिना अघि दुई ओटा मृगौला फेल भई विएण्डवि अस्पतालमा डायलिसिस गराई रहनु भएको थियो । उहाँलाई सुगर, प्रेसर र मुटुको पनि समस्या छ।

यस अघि सामाजिक संजालमा विष्णु राईको असमायिक निधन भन्ने खबर झुठो भएको एल्डर दाहालले जानकारी गराउनु भयो । उहाँले विष्णु राईको पछिल्लो स्वास्थ्य स्थितिमा सुधार आओस भन्नका लागि प्रार्थना गरिदिन हुनु सवैमा अपिल गर्नु भएको छ ।

फाइल तस्बिरः विश्वास थापा फेसवुक ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4