ख्रीष्टियान अनलाइन टेलिभिजनको संयोजनमा ११० घरधुरीलाई खाद्यान्न सहयोग

[ 0 ] April 27, 2020 |

१५ वैशाख ०७७ । ललितपुर ।

Kumar Singh Bist

Kumar Singh Bist

लकडाउन लम्बिएपछि दैनिक गुजारा गर्न अप्ठयारोमा परेका ज्याला मजदूरी गरि खाने विपन्न परिवारका १ सय १० घरधुरीलाई अमेरिकास्थित ख्रीष्टियान अनलाइन टेजिभिजनको संयोजनबाट उठेको आर्थिक सहयोगमा खाद्यान्न वितरण गरिएको छ ।

कोरोना भाइरसको सक्रमण फैलिन नदिन नेपाल सरकारले एक महिना लामो समयदेखि लकडाउन गरि राखेको अवस्थामा दैनिक ज्याला मजदूरी गरी खाने विपन्न परिवारका सदस्यहरुलाई खाद्यान्न जुटाउन अमेरिकास्थित ख्रीष्टियान अनलाइन टेलिभिजनले अमेरिकाभरमा भएका नेपालीभाषी चर्चहरुलाई आर्थिक सहयोगको लागि आव्हान गरेको थियो ।

फलस्वरुप प्राप्त १ लाख २० हजार ९ सय १० रुपैयाँबाट उपहार मिडिया र तुरही मिडियाको समन्वयमा काठमाडौंका विभिन्न स्थानमा गई ११० घरधुरीलाई खाद्यान्न वितरण गरिएको हो भने अति आवश्यक परेका तीन परिवारलाई केही नगद रुपैयाँ पनि उपलब्ध गराइएको हो ।

कोभिड १९ विश्वव्यापी महामारीले निम्त्याएको संकटको अवस्थामा नेपालमा भएका विपन्न परिवारका सदस्यहरुलाई ख्रीष्टियान अनलाइन टेलिभिजनको संयोजनमा आर्थिक सहयोग उठाएर खाद्यान्न सहयोग गर्नु हामीले हाम्रो कत्र्तव्य ठानेर यो अभियान संचालन गरेका हौ ख्रीष्टियान अनलाइन टेलिभिजनका फिलिप राईले तुरहीसँग कुरा गर्दै भन्नुभयो–‘यो अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण चर्चका सदस्यहरुलाई पनि धन्यवाद छ’ ।

ललितपुरस्थित कोन्ज्योसोम गाउपालिका वडा नं.३ खोर्सानीबारीका विपन्न परिवारका ६० घरधुरी र काठमाडौंका विभिन स्थानका ५० घरधुरीलाई राहतस्वरुप खाद्यान्न वितरण गरिएको हो । राहतस्वरुप प्रत्येक परिवारलाई १५ किलो चामल, १ किलो नुन, १ किलो दाल, १ पोका स्वायबिन, १ पोका तेल र १ थान साबुन वितरण गरिएको हो ।

राहत वितरण कार्यक्रम यही वैशाख ११ गते सम्पन्न भएको हो । उक्त राहत वितरण कार्यक्रम कोन्ज्योसोम गाउपालिका वडा नं.३ का वडा अध्यक्ष तिलक भोम्जनको वाहुलीबाट खाद्यान्न वितरण गरिएको हो । खाद्यान्न वितरणकाक्रममा अध्यक्ष भोम्जनले महासंकटको अवस्थामा विपन्न परिवारका सदस्यहरुलाई खाद्यान्न सहयोग गर्नुहुने अमेरिकाका विभिन्न चर्चका सदस्यहरु र ख्र्रीष्टियान अनलाइन टेलिभिजनलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उक्त दिन वडा नं.३ अन्र्गतका त्यस भेगका दस ओटा गाउँबाटका ६० घरधुरीले खाद्यान्न पाएको कुरा तुरही मिडियाका सुनिलराज लामाले बताउनु भयो ।

उक्त राहत वितरण कार्यक्रमका लागि तुरही मिडियाबाट सुनिलराज लामाले समन्वय गर्नु भएको थियो भने स्वयंसेककोरुपमा मिलन मोक्तान लगायत अन्य ७ जनाले सहयोग गर्नुभएको थियो भने उपहार मिडियाको तर्फबाट कुमारसिंह विष्टले संयोजन गर्नुभएको थियो ।
Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4