म्याग्दीका चर्चहरु राहत वितरणमा सक्रिय

[ 0 ] April 26, 2020 |

प्रकाश बानिया । म्याग्दी । १४ वैशाख ०७७ ।

कोभिड १९ को महामारीको विषम परिस्थिति रोकथामका लागि नेपाल सरकारले विगत एक महिनादेखि लकडाउनले गर्दा अत्यन्तै खाँचोमा परेका दैनिक ज्याला मजदुरी गर्ने, एकल महिला, बिरामी, बृद्धा विपन्न पचासी घरपरिवारलाई राहत वितरण गरेको छ ।

लामो समयदेखि देशभर जारी रहेको लकडाउनका कारण काम गरी आर्थिकोपार्जन गर्न नपाई दैनिक छाक टार्न पनि गाह्रो परेका दैनिक ज्याला मजदुरी गरि खाने विपन्न परिवारका ८५ घरपरिवारलाई प्रकाश बानियाको पहलमा विभिन्न चर्च तथा व्यक्तिहरूबाट आर्थिक संकलन गरी म्याग्दी र पर्वतको विभिन्न ठाउँहरूमा यो महामारीले सृजना गरेको लकडाउनबाट प्रभावित बनेका परिवारलाई खाधान्न वितरण गरेको दर्शन मण्डली बेनी म्याग्दीका पास्टर सूर्य तिलिजाले बताउनु भयो ।

उक्त राहत वितरणमा कार्यमा आर्थिक निकै अभाव भई केही रकम पसलमा तिर्न बाकी रहेको र आफुहरूसंग अझै ३० परिवार सम्पर्कमा रहेको तर आफुहरूसंग आर्थिक नभएको कारण मनकारी मनलाई सहयोग गरिदिनको लागि प्रकाश बानियाले अनुरोध पनि गर्नुभयो ।

Facebook Comments

Category: News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4