ज्ञानी पाठशालाद्वारा राहतस्वरुप १ लाख ४४ हजार रुपैयाँको खाद्यान्न सहयोग
६ वैशाख ०७७ । काठमाडौं ।
कैलाली टिकापुरस्थित ज्ञानी पाठशाला (स्कूल)ले दैनिक ज्याला मजदूरी गरि खाने तथा विपन्न परिवारका सदस्यहरुलाई खाद्यान्नको लागि टिकापुर नगरपालिकालाई १ लाख ४४ हजार ८ सय रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।
गत चैत्र ३० गते ज्ञानी पाठशालाले खाद्यान्न सामग्री किनेर टिकापुर नगरपालिकालाई उपलब्ध गराएको कुरा ज्ञानी पाठशालाका संस्थापक मदनजंग शाहले बताउनु भयो ।
लकडाउन लम्बीएपछि टिकापुर नगरपालिकाले त्यस भेगका विपन्न परिवारका सदस्यहरुलाई खाद्यान्न वितरणको लागि त्यहाँका नागरिकलाई आर्थिक सहयोग गर्न आव्हान गरेपछि ज्ञानी पाठशालाले टिकापुर नगरपालिकालाई उक्त खाद्यान्न सामग्री किनेर उपलब्ध गराएको हो ।
ज्ञानी पाठशालाकी प्रिन्सिपल शोभा सोफिया रानी शाहले टिकापुर नगरपालिकाका प्रमुख तपेन्द्र्रबहादुर रावललाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गर्नु भएको हो । ज्ञानी पाठशालाबाट १ लाख ४४ हजार ८ सय रुपैयाँ बराबरको खाद्यान्न सामग्री टिकापुर नगरपालिकालाई उपलब्ध भएपछि टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले ज्ञानी पाठशालालाई पत्रद्धारा नै धन्यवाद दिनु भएको छ । उक्त खाद्य सामग्री टिकापुर नगरपालिकाले त्यस भेगका ज्याला मजदूरी गरि खाने विपन्न परिवारका सदस्यहरुलाई वितरण गर्ने जनाएको छ ।
Facebook Comments
Category: News & Events