ऋृतुहरूले हर्षित बनाउछन्त

सबै कुराका लागि समय छ, र आकाशमुनि सबै कार्यकलापको बेला छ:
Ecclesiastes 3:1
हिउँदमा हिमाली भेगमा सँधै हिउँ पर्ने भएपनि अन्य पहाडि क्षेत्रहरूमा अत्याधिक चिसो भएपछि मात्रै पर्ने गर्छ। यो वर्ष भने विभिन्न क्षेत्रमा बाक्लो हिउँ परेको छ। हिमाली भेगका कृषकहरू
अन्न बाली सप्रिनेभयो भनेर खुबै रमाएका छन् । चिसोको कारण हिमाली भेगहरूमा त्यत्तिकै जनजीवन कष्टकर भएपनि हर्ष पनि छ। हिमाली भेगभन्दा अन्य क्षेत्रमा बस्नेहरूलाई भने हिउँमा रमाउन, खेल्न धेरैलाई मन पर्छ। काठमाडौंको फुल्चोकीमा यस वर्ष बाक्लो हिउँ पर्यो। हिउँ खेल्न जानेहरूको भींड देख्नेहरू सबै अचम्मित पनि भएका छन्। पृथ्वीमा सबैलाई प्रकृतिसँग रमाउन मन पर्छ, प्रकृति वा ऋृतुहरूले मानिसलाई साह्रै आनन्दित बनाउछन्।
बाइबलमा उत्पत्ति १:३१ मा वर्णन गरिए अनुसार, परमेश्वरले पृथ्वी र पृथ्वीका सबै थोकहरू बनाएर हेर्नुभयो उहाँलाई सुन्दर लाग्यो र साह्रै राम्रो थियो। पृथ्वी अद्भुत तरिकाले बनाइएको छ। पृथ्वीका सबै प्राकृतिक वस्तुहरू उदेकका छन्। पछिल्लो समय पृथ्वीमा बढ्दो जनसंख्या, आधुनिकिकरण र प्रविधिको विकासले वातावरणमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा भने केहि चुनौति पनि थपिएको छ।
पृथ्वीका सबै नियमअरूको सिमा राखिदिने परमेश्वर हुनुहुन्छ। ऋृतुहरूलाई चलाउने पनि परमेश्वर नै हुनुहुन्छ। बाइबलमा भजसङ्ग्रह ७४:१७ मा यसरी वर्णन गरिएको छ।
पृथ्वीका सबै साँधसिमाना तपाईंले नै लगाउनुभएको हो।
तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनुभएको हो।
Psalms 74:17
Category: Articles, Bible Study & Teaching, NC Photos