• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अरेबियामा एक सुधारकको उदयः पर्याप्त सकारात्मक लक्षण

by NC Reporter
September 3, 2018
in Articles, world

अरेबियाका राज कुमार मोहमद बिन सलमान बिन अब्दुलाजिज अल साउद (Mohammad bin Salman bin Abdulaziz Al Saud) जसलाई एमबिएस भनेर पनि चिनिन्छ, प्रथम उपप्रधान मन्त्री, आर्थिक तथा विकास ममला परिषद्का अध्यक्ष, अनि रक्षा मन्त्रीका रूपमा समेत काम गर्दैछन्। भावी साउदी राजा तथा वर्तमानमा यति धेरै नेतृत्व र निर्णायक भूमामा रहेको कारण राजकुमार सलमानको व्यक्तित्व, नीति रणनीति तथा उदार अभिव्यक्तिहरूले एक कठोर इश्लामिक शासन प्रणाली अन्तर्गतको साउदी अरेबियालाई तुलनात्मक रूपमा निकै उदार र खुल्ला व्यवस्थातर्फ लैजाने सम्भावना बलियो देखिँदै छ। जुन २०१७ मा राजा सलमानले बिन सलमानलाई राजकुमारका रूपमा नियुक्त गरे लगत्तै, उनको प्रभाव र शक्ति बढेको महसुस गरिएको थियो। यसैकारण त रसियाका राष्ट्रपति पुटिनदेखि अमेरिकी राष्ट्रपति ट्रम्पसम्म राजकुमार सलमानको भेटघाट र छलफल भइसकेको छ।

उनका सुधारत्मक कार्यको चर्चा गर्दा धार्मिक प्रहरीको अधिकार कटैति तथा साउदी महिलाहरूले कार चलाउन पाउने स्वतन्त्रता त पर्छन् नै, साथै साउदी अरेबियामा महिला गायकद्वारा पहिलो सार्वजनिक सांगीतिक प्रस्तुति अनि महिलालाई प्रवेश अनुमति दिन रंगशाला जस्ता टोकेनिजम मात्र नभएर व्यापक रूपमा कार्य स्थलमा महिलाहरूको प्रवेश मुख्य हो।

तथापि, एउटा गधा डोर्याएर हिँडेका बाबुछोराको कथामा झैँ, सकारात्मक काम गर्दागर्दै पनि कुनै न कुनै वा हरेक बाहानामा आलोचाना हुँदोरहेछ। यसकारण पश्चिमा कथित उदारवादी तथा मानव अधिकारवादीहरूले (जो क्रिश्चियनहरूप्रति नरम व्यवहारलाइ मन पराउँदैनन्) राजकुमार सलमानको जमेरै आलोचना गरेका छन्। जस्तैः मानव अधिकारकर्मीहरूको पक्राउ र यातना, यमनमा हस्तक्षेप, कतार तथा लेबननसँग कुटनीतिक संकटमा वृद्धि अदिका आधारमा उनको आलोचना हुनेगरेको छ।

मध्य पूर्व (हाम्रो देशबाट त मध्य पश्चिम, तर हरेक कुरालाई आआफ्नो तरिकाले व्याख्या गर्दा विश्वव्यापी बुझाइमा अडचन उत्पन्न हुनेहुँदा, आम रूपमै प्रयुक्त) मा निराशाजनक द्वन्द्व, इश्लामिक शक्तिहरू बिचकै कटुता, इजराएललाई समूल नामेट गर्ने अरबीहरूको प्रयास, समग्रमा मानव अधिकार, विशेष गरी महिला अधिकार र स्वतन्त्रताको नाजुक हालत विचार गर्दा, राजकुमार सलमानका सुधार र उदारवाद समग्र विश्वका लागि आ शाको कारण बन्नुपर्छ, बन्न सक्छ।

“हामी पहिले कुनै समय अपनाएको मार्गतर्फ फर्कंदैछौँ –  एक मध्यमार्गी इश्लाम जुन विश्व र सबै धर्मका लागि खुल्ला छ। हामी सामान्य जीवन जिउन चाहन्छौँ, जहाँ हाम्रो धर्म र हाम्रा परम्पराहरू बद्लिन्छन्, ताकि हामी विश्वसँगै सहअस्तित्वमा रहन सकौँ र विश्वको विकासको भाग बन्न सकौँ,” अगस्ट ३१ मा ३३ वर्ष लाग्दैगरेका राजकुमार सलमानले हालसालै राजधानी रियाधमा लगानीकर्ताहरूका लागि आयोजित एक सम्मेलनमा भनेका छन्।

एकातिर उनि पर्याप्त मात्रामा लचिलो नभएको आलोचना गर्नेहरू छन् भने, अर्कोतिर उनी बढि नै खुकुलो भएको, इश्लामिक परम्परा र मर्यादा तोड्न उद्धत रहेको, वाशिङ्टनसँग सहकार्य गर्न तयार भएको भनी इश्लामिक जडसूत्रवादीहरूले पनि उनको विरोध गरेका छन्। अइएसअइएसले साउदी अरेबियामा आक्रमण गर्ने धम्की दिएको छ भने, यमनले १०० भन्दा बढी मिसाइल आक्रमण गरेको छ।

संक्षेपमा राजकुमार सलमानका केही महत्वपूर्ण सुधारात्मक कदमहरू यस प्रकार छन् जसलाई कम आँक्न वा अनदेखा गरिरहन मिल्दैनः

  • २४ जुन २०१८ मा महिलाहरूलाई गाडी चलाउन वैधानिक अनुमति, १,२०,००० साउदी महिलाले लाईसेन्सका लागि निवेदन गरिसेका छन्, भने २०२० सम्मा ३० लाख महिला चालक हुने अनुमान गरिएको छ।

  • अब साउदी महिलाहरूले स्टेडियममै बसेर फुटबल तथा अन्य खेल हेर्न पाउनेछन्।
  • अबाया नामक लामो कालो कपडा लगाउन अनिवर्य नरहने।
  • महिलाहरूका लागि जिम्नासियम र फिटनेस सेन्टरहरू खुल्दै।
  • महिलाहरू सैन्य तथा गुतप्तचर सेवामा सामेल बन्न सक्ने।
  • ३५ वर्षपछि मूभी थिएटरहरू वैधानिक रूपमै सञ्चालन गरिँदै।
  • अन्तरराष्ट्रिय कलाकारहरूद्वारा कन्सर्टहरू गर्न अनुमति।
  • पर्यटकहरूका लागि महँगो टुरिस्ट भिषा हटाएर सामान्य दस्तुरमै टुरिस्ट भिषा।
  • २०३० सम्ममा तेलमाथिको एकल निर्भरता हटाएर अन्य स्रोतसाधनको विकास गरिने।
  • भ्रष्टाचार विरोधी अभियान अन्तर्गत सरकारलाई ठगेर लाने अधिकृतहरूबाट १०० अरब डलर बराबरको रकम असुल उपर।
  • लाल सागरको किनारैकिनार भविष्य उन्मुख नयाँ शहर (futuristic new city) निर्माणका लागि ५०० अरब डलरको प्रतिबध्दता जनाइसकिएको, जसले साउदी अरेबियालाई इजिप्ट र जोर्डनसँग जोड्नेछ साथै उच्च प्रविधिको व्यापार व्यवसाय र नयाँ रोजगारी सृजना गर्नेछ।
  • विश्व तथा क्षेत्रिय शान्तिका लागि इश्लाम होइन तर इरानचाहिँ खतरा रहेको भनी राजकुमार सलमानले स्पष्ट रूपमा बताउने आँट गर्नु।
  • साउदी अरेबियाले गत साल मात्र इश्लामिक अतिवादी सोच र तर्कको प्रतिरोध गर्नका लागि “अतिवादी चिन्तन विरूद्धको विश्वव्यापी केन्द्र” (Global Center for Combating Extremist Ideology) सञ्चालनमा ल्याएको छ।
  • मार्चमा अमेरिका भ्रमणको क्रममा राजकुमार सलमानले यहूदी तथा क्याथोलिक अगुवाहरूसँग एक भेटघाट आयोजना गरेका थिए, जुन आफैँमा विरलै देखिने कदम थियो। Jerusalem Post ले रिपोर्ट गरेअनुसार, राजकुमार सलमानले अमेरिकन इजरेल पब्लिक अफेयर्स कमिटी, अमेरिकी यहूदी कमिटी, प्रमुख यहूदी संघसंस्थाका अध्यक्षहरू लगायतसँग भेटघाट र छलफल गरेका थिए। रिपोर्टअनुसार, “उक्त भेटले सबै मानिसहरूको साझा सम्बन्ध, त्यसमा पनि विशेषगरी धार्मिक विश्वासका मानिसहरूको बिचको सम्बन्धमा सहिष्णुता, सहअस्तित्व, तथा सबै मानव जातिको उज्जवल भविष्यका लागि सहकार्यको महत्वलाई जोड दिएको थियो।”
  • एक यहूदी राष्ट्र राज्यका रूपमा इजराएललाई अफ्नै भूमिमा अस्तित्वमा रहने अधिकार भनी घोषणा गरेर राजकुमार सलमानले विश्वलाई नै चकित तुल्याएका थिए।

स्मरणरहोस्, अरब तथा अफ्रिकाका मुश्लिम राष्ट्रहरूमा समेत इजराएलप्रति गहिरो घृणा भाव जगाइनछ र जनाइन्छ। यस्तो परिवेशमा, राजकुमार सलमानले मुश्लिम र क्रिश्चियन अगुवाहरूमाझ पटक पटक अन्तरधार्मिक भेटघाट र छलफल चलाईसकेका छन्। जुन अफा एक अत्यन्ते सकारात्मक पहल हो भन्ने कुरामा दुइमत कदाचित हुन सक्दैन।

असहिष्णुताको पर्याझैँ बनेको इश्लामिक विश्व र दिनहुँ हत्या हिँसाको खबरको केन्द्रमा रहेको मध्यपूर्वमा यसरी एक सुधारवादि र उदारवादी राजनेता, भविष्यका साउदी राजाको उदय हुनु विश्व्का लागि नै एक सुखद खबर हो।

साउदी अरेबियालाई फेरि क्षेत्रिय शक्तिका रूपमा उभ्याउने उनको चालका रूपमा पनि कतिपयले लिएका छन् भने २००१ को सेप्टेम्बर ११ मा अमेरिकको वल्ड ट्रेड सेन्टरमा यात्रुबाहक विमान ठोकाएर गरिएको हमलामा संलग्न अधिकांश आतंकवादीहरू साउदी अरेबियाकै भएको र तिनीहरूलाई राजसंस्थाबाट सहायता पुगेको भन्ने अमेरिकी गुप्तचर विभागको रिपोर्ट पनि अनदेखा गर्न मिल्दैन। तथापि, कुनै पक्षले पनि पुष्ट प्रमाण वा दावी प्रस्तुत नगरेको, अनि विगत केही वर्षयता साउदी अरेबियाले  अपनाउँदै आएको उदारवादी नीति हेर्दा, नकारात्मक भन्दा सकारात्मक पक्ष निकै बढी देखिएका छन्।

यसरी सामान्यता कुनै सुधार वा उदारवादको सम्भावना नरहने, कसैले त्यस्तो आवाज उठाएमा उसमाथि हत्या हिंसा गरिने अरब देशमा त शान्ति र सहिष्णुता अनि सहअस्तित्वको पक्षमा साहसिलो नेतृत्व देखा पर्दैछ, जनताले त्यो कुरा ग्रहण गर्दैछन् भने, हामीकहाँ भने एकल धार्मिक पन्थ वा असहिष्णुताको पक्षमा आवाज उठाउनु आफैलाई धेरै पछाडि लैजान खोज्नु हो। यसर्थ, शान्ति, विकास र सहअस्तित्वको नारालाई कार्यमा रूपान्तर गर्ने हो भने सबै आस्था मत र दृष्टिकोणलाई समान रूपमा अभ्यास गर्न पाउने र व्यक्त गर्न पाउने आधारभूत मानव अधिकारको सम्मान र संरक्षण गरिनुपर्छ। हाम्रो असहिष्णुता त भ्रष्टाचार, बलात्कार, अपहरण र असुली जस्ता सामाजिक कानुनी नैतिक विकृतिका विरूद्धमा पो हुनुपर्ने हो। हामी नेपालीले पनि अरेबियाका राजकुमार सलमानबाट केही प्रेरणा र चुनौती ग्रहण गर्ने हो कि ?

– विदुर अधिकारी

 

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In