ललितपुर- भदौ १०, एन.सि.एफ नेपालका नवनियूक्त महासचिव एल्डर सेर ए.सी.ले विशेष स्वागत तथा बिदाई कार्यक्रमका बीच आज पदभार ग्रहण गर्नुभएको छ। कुसुन्ति स्थित एन.सि.एफ नेपालको कार्यालयमा आयोजित स्वागत तथा बिदाई कार्यक्रममा नवनियूक्त महासचिव सेर ए.सी.ले एनसिएफ नेपालका अध्यक्ष पास्टर हनोक तामाङबाट नियुक्ति पत्र ग्रहण गर्नुभएको छ। महासचिव सेर ए.सी.ले पदभार ग्रहण गरिसकेपछि बोल्ने क्रममा, अग्रज पास्टर गुरूजनहरूसँग मिलेर सेवा गर्ने अवसर पाएकोमा खुसी प्रकट गर्नुभएको थियो। साथै धेरै अग्रज तथा सहपाठीहरूले यस संस्थालाई माथि उकास्न आफुमाथि भरोसा र आशा राख्नुभएकोले प्रार्थनासहित केही नयाँ सोच र उद्देश्यका साथ जिम्मेवारी लिएको महासचिव सेर ए.सी.ले वताउनु भएको थियो । यसमा सबैको प्रार्थना र सहयोगको अपेक्षा गर्नुभएको थियो। सोही अवसरमा मण्डलीको आशाअनुरूप आफुले गर्नुपर्ने निम्न कार्यहरू पनि बताउनुभएको थियो:
मण्डली भ्रमण र उत्साह प्रदान
सेवकाइका विभागहरूको सही व्यवस्थापन विभागीय समिति गठनमा सहायता – युवा तथा दिदीबहिनी
मासिक प्रार्थना बुलेटिन प्रकाशनसहकार्य तथा एकताका लागि पहल मण्डलीको संवैधानिक हकका लागि पैरेवी
मण्डली समुदाय सँगसँगै प्रक्रियाको प्रयोग सुसमाचारका नयाँ तरिका र प्रयोगहरूको खोजी।
स्वागत कार्यक्रममा बोल्ने क्रममा एनसिएफ नेपालका अध्यक्ष पास्टर हनोक (सुर्य बहादुर बल) तामाङले लामो समयदेखि रिक्त रहेको पदमा महासचिव पाएकोमा खुसी प्रकट गर्नुभएको थियो। सोही अवसरमा निवर्तमान उपमहासविच डा. के.बि. तामाङलाई बिषेश धन्यवाद दिंदै एनसिएफ नेपालमा विगत तीन वर्षदेखि का.मु. तथा उपमहासचिवको रुपमा सेवा गरी संस्थालाई पुर्याउनु भएको योगदानको सम्मान गर्दै कदरपत्र प्रदान गर्नुभएको थियो । डा. तामाङलाई विशेष धन्यवाद दिदै बिदाई गरिएको थियो।
स्वागत कार्यक्रममा विभिनन्न संघ संस्थाहरूबाट उपस्थित पाहुनाहरूले नवनियूक्त महासचिव सेर ए.सी.लाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा डा. सिमोन पाण्डेले बाइबलबाट उत्साह दिनुभएको थियो।
कार्यक्रमको शुरूको प्रार्थना केन्द्रिय उपाध्यक्ष रेभ बी.बी कार्कीले गर्नुभएको थियो भने कार्यक्रम संचालन एनसिएफ नेपालका कार्यसमितिका सहसचिव रेभ. हिमालराई ज्यूले गर्नुभएको थियो । नवनियुक्त महासचिवको स्वागत समापन पछि आफ्नो कार्यकक्षमा गई पदभार ग्रहण गर्दै मण्डली सदस्यताको प्रमाणपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
Discussion about this post