• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 31, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा १० युवा सम्मानित

by Sarju Rijal
August 13, 2018
in NC Photos, News & Events

 

तस्बिर: परिवर्तनखबर

काठमाडौं- साउन २७,  “युवाका लागि सुरक्षित वातावरण” भन्ने नाराका साथ नेपालमा पनि अन्तराष्‍ट्रिय युवा दिवस विशेष समारोहोको आयोजना गरी राष्ट्रिय सभागृहमा सम्पन्‍न भएको छ।  युवाका सवालहरूलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघले सन् १९९९ देखि अगष्‍ट १२ लाई अन्तराष्‍ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेदेखि सन् २००० देखि हरेक वर्ष अगष्‍ट १२ मा अन्तराष्ट्रिय दिवस मनाउँदै आएको छ। सन् २०१०–०११ लाई संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय युवा वर्षका रूपमा मनाउने घोषणा गरेपछि Our Year, Our Voice भन्ने नारामा केन्द्रित भएर युवा सम्वाद र आपसी समझदारी (Youth Dialogue & Mutual Understanding) भन्ने नाराका साथमा सन् २०१० को अन्तर्राष्ट्रिय युवा दिवस र नेपाल युवा वर्ष मनाइएको थियो । त्यस्तै नेपालमा सन् २००४ देखि यसको शुरुआत भएको हो। उक्त अवसरमा युवा संस्थाहरूको पहलमा पहिलो पटक अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको थियो ।

सन् २०१८ अन्तराष्‍ट्रिय युवा दिवसको मूल औपचारिक कार्यक्रम राष्ट्रिय सभागृहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को अध्यक्षता र माननीय उप-प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको छ।  कार्यक्रम सुरू हुनुभन्दा अघि सरकारी तथा गैरसरकारी संस्थाहरूले आआफ्नो पहिचान झल्काउने व्यानर र नेपाल प्रहरीको व्याण्डबाजा सहित भृकुटीमण्डप देखि शहिदगेट सुन्धारा रत्‍नपार्क हुँदै सभागृह पुगेको थियो।  युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री मोहनकृष्‍ण सापकोटाले स्वागत र प्रमुख अतिथिबाट पानसमा दिप प्रज्वलन गरी उद्‍घाटन गरिएको थियो। कार्यक्रममा राष्‍ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष श्री माधवप्रसाद ढुङ्गेलले युवा परिषदका गतिविधि र भावि योजनाका बारेमा प्रस्तुति गर्नुभएको थियो।

कार्यक्रममा संयुक्त राष्ट्र संघका प्रतिनिधिको रुपमा यु एन डि पी का कन्ट्रि डाइरेक्टर वारेन्ड मेयरले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रसंघको तर्फबाट शुभकामना सन्देश दिनुभएको थियो । यसै गरी पूर्व युवा तथा खेलकुद मन्त्री माननीय कमला रोकाया र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले समेत शुभकामना मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा राष्ट्रिय युवा परिषदको वार्षिक प्रकाशन “युवा दर्पण” को विमोचन पनि भएको थियो। यहि अवसरमा युवा तथा खेलकुद मन्त्रालयबाट दश जना युवा प्रतिभा तथा उद्यमीहरुलाई जनही रु. एकलाख र सम्मान पत्र सहित पुरस्कृत भएका थिए ।

विभिन्न विधाबाट छानिएका ४० वर्ष उमेर समूह भित्रका १० प्रतिभावान युवाहरुलाई उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले जनही नगद रु एक लाख सहित सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा पुरस्कृत हुने व्यक्तिहरुमा क्रमश: काठमाडौं स्वयंसेवक शिक्षक विनोद शाही, इलाम वेतवाँस युवा उद्यमी दिवस श्रेष्ठ, धनुषा कृषि यन्त्र निर्माण बैज्ञानीक अमर मण्डल, चितवन प्यारा मोटर निर्माण गरी उडाएका युवा वैज्ञानिक सरोज चेपाङ, गुल्मी सुरक्षित महिनावारी अभियन्ता गंगा खड्का, जुम्ला कला संस्कृति र साहित्य अभियन्ता गोविन्द नेपाली, जागृति वाल तथा युवा सरोकार नेपालका अध्यक्ष तथा नवलपरासी वाल क्लबको संस्थागत विकास र युवा सशक्तीकरणका अभियान्ता तिलोत्तम पौडेल, तनहुँ कृषि उद्यमी/बजारीकरण/कृषि टेलिभिजन च्यानल सञ्चालक तेजविक्रम थापा, कैलाली व्यवसायिक केरा खेतीको विकास उद्यमी गोमा अधिकारी र कास्की अपाङ्गताको क्षेत्रमा क्रियाशिल अभियन्ता शर्मिला वि.क. सम्मानित भएका थिए ।

यसै गरी राष्टिय युवा परिषदबाट आयोजित युवा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत वक्तृत्वकला र गीत लेखन प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने निम्न युवालाई पुरस्कृत गरिएको थियो । 
१ रोजिना आचार्य क्षेत्री कास्की वकृत्वकला
२ समिरविक्रम राना सुर्खेत वकृत्वकला
३ विपना सापकोटा पर्वत वकृत्वकला
४ प्रमिला सुवेदी कोइराला भोजपुर गीत लेखन
५ अंसु वालिङ् राई धनकुटा गीत लेखन
६ अप्सरा घिमिरे रामेछाप गीत लेखन

पुरस्कार वितरणको अन्तमा पुरस्कृत युवाहरुको तर्फबाट कैलालीका युवा उद्यमी श्री गोमा अधिकारी र जागृति वाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडैलले बोल्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि उप-प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले युवा दिवका अवसरमा संपूर्ण युवाहरुलाई बधाइ र शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले युवा नै देश निर्माणको आधारशिला भएकोले युवाको सार्थक परिचालनबाट मात्र सुमृद्ध नेपाल र सुखी नेपाली अभियान पुरा गर्न सकिने कुरा बताउनुभयो। 
कार्यक्रमको अन्तमा औपचारिक कार्यक्रमका अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मन्तव्य सहित पहिलो सत्रको कार्यक्रम समापन गर्नु भएको थियो ।

दोस्रो सत्रमा साँस्कृतिक कार्यक्रम र युवा संवाद कार्यक्रम संगसंगै अगाडि बढेको थियो । साँस्कृतिक कार्यक्रमको संयोजन तथा सञ्चालन प्रख्यात हास्य कलाकार राजा राजेन्द्र पोखरेलले गर्नु भएको थियो भने युवा संवादको प्रथम सत्रको सञ्चालन एस डि जी स्टुडियोका अध्यक्ष श्री निरज न्यौपानेले गर्नु भएको थियो । त्यसैगरी दोस्रो सत्रको युवा संवाद कार्यक्रमको सञ्चालन आयोनका अध्यक्ष श्री हिमाल महतले गर्नुभएको थियो । युवा संवादमा सहभागी वक्ताका रुपमा युवा संघ नेपालका अध्यक्ष रमेश कुमार पौडेल राजपा युवा संगठनका रञ्जितकुमार सिंह र नेविसंघका नेतृ झलमाया वि.क. हुनुहुन्थ्यो । त्यसैगरी दोस्रो शेसनको युवा संवाद कार्यक्रमका वक्ताहरुमा Youth Advocacy Nepal का अध्यक्ष नरेन्द्र खतिवडा युवा अधिकारकर्मी डा. पुकार मल्ल¸युवा उद्यमी लोचन बस्नेत¸ सञ्चारकर्मी सविता शर्मा, महेन्द्र थापा र आरती झा रहनुभएको थियो ।
कार्यक्रमको अन्तमा साँस्कृतिक कार्यक्रमको अन्तमा प्रशिद्ध गायक तथा लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष वद्री पङ्गेनी उत्तम खाती प्रिया कालीकोटे विश्व नेपाली आदि कलाकारहरु रहनु भएको थियो ।

उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले तिलोत्तम पौडेललाई सम्मानपत्र वितरण गर्दै।

 

 

Related Posts

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026
नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026
काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित :  राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

October 29, 2026
चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

October 29, 2026

Discussion about this post

ताजा सामाग्री

मौसम पूर्वानुमान महाशाखाको चेतावनी: चक्रवात ‘अर्णव’ को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने

October 31, 2026

    १४ कात्तिक २०८३, शनिबार काठमाडौं: बङ्गालको खाडीमा विकसित भई भारतको तटीय क्षेत्र हुँदै उत्तरतर्फ अघि बढेको चक्रवात ‘अर्णव’...

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा

October 30, 2026

  १३ कात्तिक २०८३, शुक्रबार काठमाडौं: इजरायलमा हालै सम्पन्न भएको आमनिर्वाचनको प्रारम्भिक तथा आधिकारिक नतिजाले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्यलाई फेरि...

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित :  राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन

October 29, 2026

    १२ कात्तिक २०८३, बिहीबार काठमाडौं :नेपाल प्रिमियर लिग (एनपिएल) मा साविकको विजेता जनकपुर बोल्ट्सले पहिलो जित निकाल्ने क्रममा...

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त

October 29, 2026

१२ कात्तिक २०८३, बिहीबार भारतको पूर्वी तटीय क्षेत्रमा आएको शक्तिशाली चक्रवात अर्नब का कारण आन्ध्र प्रदेशमा ठूलो जनधनको क्षति भएको...

Recent Posts

  • मौसम अपडेट: चक्रवात ‘अर्णव’को प्रभावले आज वर्षा र हिमपात, आइतबारदेखि सुधार हुने
  • नेतान्याहुको गठबन्धन बहुमतबाट टाढा: इजरायलमा नयाँ सरकार गठन संकटमा
  • काठमाण्डु गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सको सानदार जित : राहुल यादव र मोइन अलीको उत्कृष्ट प्रदर्शन
  • चक्रवात ‘अर्नब’को प्रभाव: आन्ध्र प्रदेश र ओडिसामा जनजीवन अस्तव्यस्त
  • कामना सेवा विकास बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा १७ प्रतिशतले बढ्यो

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In